राजनिती

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्नबाट रोके मुलुक असफल : दाहाल

पोखरा, १६ फागुन। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्नबाट रोके मुलुक असफल बन्ने चेतावनी दिएका छन्। क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले म·लबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो चेतावनी दिएका हुन्। प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानु नै मुलुकको आवश्यकता भएको भन्दै उनले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार नै एकमात्र उत्तम विकल्प… पुरा पढौ

युवा सङ्घमा ओली पक्षको वर्चस्व निर्वाचित पदाधिकारीको सपथ काठमाडौंमा गरिने

बुटवल, १६ फागुन। एमाले भ्रातृ स·ठन युवा सङ्घ नेपालको आठौं राष्ट्रिय महाधिवेशनबाटबाट नयां’ नेतृत्व चयन गर्दै बुटवलमा भेला भएका प्रतिनिधि पर्यवेक्षक घर फर्किएका छन्। निर्धारित समयभन्दा दुर्इ दिन ढिलो गरी सकिएको महाधिवेशनबाट अध्यक्षलगायतका अधिकांश पदमा केपी ओली पक्षधर विजयी भएका छन्। पार्टीअध्यक्ष झलनाथ खनालनिकट मानिने निरज आचार्यलाई एक सय ३२ मतले पछि पार्दै महेश बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।… पुरा पढौ

प्रधानन्यायाधीशको बारेमा विशेष इजलाशले फैसला गर्ने, चुनावी सरकारको टुङगो आज

काठमाडौं, १३ फागनु। बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनगर्ने तयारीविरुद्ध परेको रिटमाथि आगामी २४ गते सवोर्च्च अदालतको विशेष इजलाशमा सुनुवाइ हुने भएको छ। न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले गम्भीर संवैधानिक प्रश्न भएको भन्दै रिटमाथि आगामी २४ गते विशेष इजलाशमा पुनः सुनुवाइ गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिने तयारी सम्बन्धमा आगामी २२ गतेसम्म लिखित जवाफ पठाउन विपक्षीका नाममा आदेशसमेत… पुरा पढौ

प्रधान न्यायाधीशको विकल्प धेरै छन् : गौतम

बागलुङ, १३ फागुन। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मुलुकको राजनीतिक निकासको लागि प्रधानन्यायाधीशको विकल्प नभएको भन्दै शीर्षनेताहरू यस विषयमा सहमत भएको बताएका छन्। उनले दलहरू तयार हुने हो भने प्रधानमन्त्रीको विकल्पको लागि धेरै व्यक्ति भएको बताए। प्रेस चौतारी नेपाल बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले एमाओवादी र काङ्ग्रेसले एकले अर्कोलाई नस्वीकारेको कारणले गर्दा राष्ट्रपतिले स्वयं प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव… पुरा पढौ

युवा सङ्घको महाधिवेशन सुरु चुनावमा केन्द्रित हुन कार्यकर्तालाई एमालेको निर्देशन निर्वाचनका लागि सबै बिकल्प खुल्ला : खनाल

बुटवल ११ फागुन।  अब चुनावको विकल्प नभएको नेकपा एमालेका शीर्ष नेताहरूले बताएका छन्। उनीहरूले अब कुनै पनि बाहनाबाजीमा चुनावलाई प्रभावित गर्न खोजे त्यसको सशक्त भण्डाफोर गर्ने चेतावनी दिएका छन्। पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालको आठौं राष्ट्रिय महाधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक दल बाहिरको नेतृत्वलाई विधिको बिडम्बना भए पनि चाँडो निर्वाचनको आवश्यकता भएको र यसको… पुरा पढौ

प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिए आन्दोलनः बार

काठमाडौं, ११ फागनु। नेपाल बार एशोसिएसनले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने तयारीप्रति आपत्ति जनाएको छ। प्रमुख दलका शीर्ष नेताहरूसँग शुक्रबार सिंहदरवारमा भएको छलफलमा बार पदाधिकारीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरिए स्वतन्त्र न्यायापालिकाको सिद्धान्त समाप्त हुने भन्दै त्यसो नगर्न सुझाव दिएका हुन्। छलफलपछि बार अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दनुभयो।… पुरा पढौ

चुनावी सरकार गठनबारे शीर्षनेता र कानुन व्यवसायीबीच छलफल

काठमाडौँ, १० फागनु। प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्दा आइपर्ने संवैधानिक एवं कानुनी जटिलताबारे प्रमुख दलका शीर्षनेताहरूले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो भएको छलफलमा झण्डै दुर्इ दर्जन कानुन व्यवसायीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न संवैधानिकरुपमा देखापर्ने बाधा अड्चन फुकाएर अघि बढन सकिने धारणा राखे। उनीहरूले स्वतन्त्र न्यायालयमा भने कुनै पनि प्रकारको हस्तक्षेप गर्न नहुने… पुरा पढौ

प्रधानन्यायाधीशको नाममा तीव्र मतभेद

काठमाडौँ, ९ फागुन। प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन सहमति जनाएका दलहरूभित्रै यस विषयमा तीब्र मतभेद देखिएको छ। लामो समयसम्म सहमतिको सरकारका लागि प्रयास गरेका प्रमुख दलले बढ्दै गएको राजनीतिक अविश्वासका कारण पछिल्लो समय प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर जान सहमत भएका थिए। मधेसी मोर्चासहित प्रमुख चार दलका नेताहरूले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन मन्जुरी जनाएपनि ती दलभित्र भने यस… पुरा पढौ

प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार गठन अमान्य -वैद्य

काठमाडौँ, ९ फागुन। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा गठन गर्न लागेको सरकार अन्तरिम संविधानको मर्म बाहिर भएकाले आफ्नो दलले स्वीकार नगर्ने बताए। काठमाडौ बुधबार आयोजित पत्रकार अन्तक्रिर्या कार्यक्रममा अध्यक्ष वैद्यले मुलुकको वर्तमान अवस्था अत्यन्त गम्भीर रहेको औँल्याउँदै प्रधानन्यायाधीशलाई सरकार प्रमुखमा ल्याउन बाहृय शक्तिको चलखेल रहेको छ भने। अध्यक्ष वैद्यले मुलुकमा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाई राष्ट्रियता, जनमत,… पुरा पढौ

सहमतिको प्याकेजप्रति प्रधानन्यायाधीश असन्तुष्ट शीर्षनेताहरूले सामूहिक भेट गर्ने

काठमाडौं, ८ फागुन। प्रमुख चार दलले सहमतिका लागि तयार गरेको प्याकेजका कतिपय बुँदामा प्रधानन्यायाधीश खिलराज रेग्मीको गम्भीर असहमति रहेपछि दलहरूको सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी प्रभावित भएको छ। सहमतिको मस्यौदा प्रस्ताव तयार पार्न गठित कार्यदलले बुझाएको अधिकाँश बुँदामा सहमति भइसकेको भन्दै प्रमुख चारदलले म·लबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरेका थिए। दलहरूको सहमतिलाई राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठकमार्फत् अनुमोदन गर्ने तयारीसमेत… पुरा पढौ