राजनिती

दैलेखमा एमाओवादी र विपक्षीबीच झडप, दुर्इ दर्जन बढी घाइते

काठमाडौं, १० माघ। सत्तारूढ एकीकृत माओवादी र विपक्षी दलका कार्यकर्ताबीच दैलेख सदरमुकाममा झडप भएको छ। झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीसहीत दुवै पक्षका गरी दुर्इ दर्जनबढी घाइते भएका छन्। पत्रकार डेकेन्द्र थापाका हत्यारामाथिको कारबाही प्रभावित गर्न खोजेको भन्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका विपक्षी दल र जिल्ला अधिवेशनमा सहभागी भएका एमाओवादी कार्यकर्ताबीच झडप भएको हो। झडप नियन्त्रणका क्रममा प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार… पुरा पढौ

प्रतिपक्षको सत्तामोह नै सहमतिको बाधक : शेरचन निर्वाचन गराउने लाइसेन्स काङ्ग्रेससँग छैन : पोखरेल

पर्वत, १० माघ। एनेकपा माओवादीका नेता अमिक शेरचनले प्रतिपक्षी दल काङ्ग्रेस, एमालेबाट प्रधानमन्त्रीको कुर्चीबाहेक अन्य एजेण्डा नल्याउँदा दलहरुबीच सहमति हुन नसकेको बताएका छन्। एनेकपा माओवादी पर्वतको दोस्रो अधिवेशनको बुधबार कुश्मामा उद्घाटन गर्दै शेरचनले एमाओवादीले सबैलाई मान्य हुने प्रस्ताव गरिरहँदा पनि विपक्षी दलहरु सधैँ प्रधानमन्त्रीकै कुर्चीबाहेक अन्त आँखा नलगाउँदा अर्को संविधानसभा निर्वाचन अनिश्चित भएको बताए। ‘कुर्चीलाई पहिलो प्राथमिकता राखेर दलहरुबीच सहमति… पुरा पढौ

विपक्षीले सरकारविरुद्ध आज थप आन्दोलन घोषणा गर्ने

काठमाडौं, ९ माघ। नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायत विपक्षी दलहरूले सरकारविरुद्ध बुधबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएका छन्। विपक्षी नौ दल सम्बद्ध कार्यदलको म·लबार बसेको बैठकले सरकार विरुद्ध राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो। कामचलाउ सरकारका जनविरोधी, राष्ट्रविरोधी र तानाशाही एवं सर्वसत्तावादी क्रियाकलापविरुद्ध पूर्व निर्धारित विरोधका कार्यक्रम सफल बनाउनेबारे छलफल भएको काङ्ग्रेस पार्टीकार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। काङ्ग्रेस… पुरा पढौ

सर्वसत्तावादी चिन्तन नत्यागे एमाओवादी आफै समाप्त हुन्छः कोइराला

काठमाडौं, ९ माघ। नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीले सर्वसत्तावादी चिन्तन नत्यागे आफै समाप्त भएर जाने चेतावनी दिएका छन्। कोइरालाले अन्य दललाई नधम्क्याउन एमाओवादीलाई चेतावनी दिँदै सक्ने भए फेरि जङ्गल फर्किएर देखाउन चुनौती दिए। नेपाली काङ्ग्रेस चितवनले म·लबार आयोजना गरेको कार्यक्रममा कोइरालाले माओवादीले सर्वसत्तावाद लाद्ने मानसिकता बिसर्न सकेन भने उसको हालत राणा, पञ्चायत र राजतन्त्रको जस्तो हुने दाबी… पुरा पढौ

‘दाहाल प्रधानमन्त्री बन्ने कुरा ठट्टा मात्रै’

काठमाडौं, ९ माघ। एकीकृत माओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीअध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने अभिव्यक्ति ठट्टा मात्रै भएको दाबी गरेका छन्। अध्यक्ष दाहालमा अहिले प्रधानमन्त्री बन्ने लालसा नभएको प्रधानमन्त्री भट्टराईको जिकिर छ। ताप्लेजुङ सदरमुकाम फुङलिङमा मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराइले अध्यक्ष दाहालको भनाइ केवल ठट्टा मात्र भएकोले गम्भीरतापूर्वक लिनु नपर्ने बताएका हुन्। यसअघि गोरखामा सोमबार आयोजित कार्यक्रममा… पुरा पढौ

सहमति च्यात्ने प्रचण्डको अभिव्यक्तिप्रति काङ्ग्रेस, एमालेद्वारा आपत्ति

काठमाडौं, ८ माघ। नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले सहमति च्यातेर जनतामा जाने प्रचण्डको धम्कीको कुनै औचित्य नभएको बताएका छन्। प्रेस युनियन चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति सड्ढेत गर्दै माओवादीले शान्ति सम्झौता च्यातेर जाँदैमा कुनै असर नगर्ने दाबी गरे। सभापति कोइरालाले लोकतन्त्रका लागि आफूहरू कसैसँग सम्झौता नगर्ने बताए। आधिकारिकरूपमा प्रस्ताव नआए पनि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री… पुरा पढौ

एमाले कास्की क्षेत्र नं १ को अध्यक्षमा पंगेनी

लेखनाथ, ८ माघ। नेकपा एमाले कास्की क्षेत्र नं १को दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि टिकाराम पंगेनीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत गठित गरिएको समितिको उपाध्यक्षमा उमा परियार, सहसचिवमा पसबहादुर बस्तोला रहेका छन् भने सचिव पदका लागि भएको निर्वाचनमा बालकृष्ण गुरुङ निर्वाचित भएका हुन्। खुल्ला सदस्यतर्फ भएको मतदानमा दीपक कोइराला, नगेन्द्र लामिछाने र खड्कबहादुर रानाभाट निर्वाचित भएका… पुरा पढौ

एमाओवादी जनआन्दोलनको उपलव्धि समाप्त पार्ने षड्यन्त्रमा : काङ्ग्रेस

काठमाडौं, ७ माघ। नेपाली काङ्ग्रेसले एकीकृत माओवादी जनआन्दोलनबाट प्राप्त उपलव्धिलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको बताएको छ। माओवादीको सर्वसत्तावादको’ विरोधमा दलहरूले सुरु गरेको आन्दोलनलाई सशक्त पार्ने निर्णय समेत काङ्ग्रेस ले गरेको छ। काङ्ग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले माओवादी सत्ता पनि नछाड्ने र चुनावमा पनि नजाने निरड्ढुश, सर्वसत्तावादी बनेको भन्दै उसलाई आन्दोलनको बलबाटै परास्त गर्नुपर्ने बताए। बैठकपछि पत्रकारहरूसँग… पुरा पढौ

एमाओवादी कास्कीको पाँचौँ एकता सम्मेलन सुरु निर्वाचनका लागि तयार नभए विगतका सम्झौता च्यातिदिन्छौ : दाहाल

पोखरा, ६ माघ। एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरू निर्वाचनमा जानका लागि तयार नभए विगतमा भएका सम्झौताहरू च्यातिदिने चेतावनी दिएका छन्। अझै पनि दुर्इ-तीन दिनभित्र निर्वाचनका लागि सहमति हुन सके जेठ महिनामा निर्वाचन सम्भव हुने बताउँदै उनले सहमति र सम्झौताका लागि माओवादीले देखाएको लचकतालाई कमजोरी ठानिए नयाँ व्रि्रोहको अवस्था सृजना हुने बताए। उनले एनेकपा माओवादीले निर्वाचनका लागि छिटो सहमति… पुरा पढौ

आन्दोलनबाटै सरकार ढाल्ने विपक्षी दलको चेतावनी

काठमाडौं, ६ माघ। काङ्ग्रेस, एमालेलगायतका विपक्षी दलहरूले आन्दोलनको बलबाटै सरकार परिवर्तन गर्ने दाबी गरेका छन्। युद्धकालमा माओवादी कार्यकर्ताले हत्या गरेका पत्रकार डेकेन्द्र थापाका हत्यारामाथि कानुनी कारबाही गराउन दबाब दिने भन्दै दैलेख सदरमुकामबाट सुरु गरेको आन्दोलनलाई विपक्षी दलले तेस्रो जनआन्दोलनको समेत संज्ञा दिएका छन्। दलहरूको आन्दोलनका क्रममा शनिबारबाट विपक्षी दलले आन्दोलन सुरु गरेको हो। विरोधसभामा एमाले उपाध्यक्ष बामदेव गौतमले निरड्ढुश बन्दै… पुरा पढौ