राजनिती

प्रमुख दलद्धारा कात्तिक मसान्तसम्ममा निर्वाचन गर्न प्रस्ताव

काठमाडौ, ३० चैत।प्रमुख चारदलका शीर्षनेता सम्मिलित उच्चस्तरिय राजननीतिक संयन्त्रले कात्तिक मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने गरी नयाँ मिति घोषणा गर्न सरकारलाई आग्रह गर्ने भएको छ। निर्वाचनका लागि कात्तिक २८ गतेको दिन उपयुक्त हुने निष्कर्ष निकाल्दै संयन्त्रले सोही मितिमा चुनाव गर्न सरकारलाई सुझाव दिने अनौपचारिक निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समिति सचिवालयमा शुक्रबार बसेको संयन्त्रको बैठकले असारमा निर्वाचन गर्ने… पुरा पढौ

राजनीतिक संयन्त्रको दायरा फराकिलो बनाउँछुः : सभापति कोइराला

नेपाली काग्रेसका सभापति सुशील कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रमुख चार दलबाहेकका दललाई समेत सहभागि गराइने बताउनुभएको छ। आगामी महिनाबाट राजनीतिक समितिको नेतृत्व आफूले आउने र त्यसपछि चारदलीय संयन्त्रको दायरा फराकिलो बनाउने बताएका हुन्। राजधानीमा पत्रकारहरूसँग कुरा गर्दै सभापति कोइरालाले राजनीतिक समितिको नेतृत्व आफूमा आएपछि नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गरेर निर्वाचनमा ल्याउन… पुरा पढौ

काङ्ग्रे्रस महासमिति बैठक सम्पन्न राजनीतिक प्रतिवेदन परिमार्जन गर्न समिति गठन

काठमाडौं, २९ चैत।१६ बुँदे घोषणापत्र जारी गर्दै नेपाली काङ्ग्रेसको महासमिति बैठक नवलपरासीमा बिहीबार सम्पन्न भएको छ। बैठकले उपसभापति रामचन्द्र पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्न एक समिति गठन गरेको छ। महासमिति बैठकमा प्राप्त भएका सुझावलाई समेत अध्ययन गरी त्यसका आधारमा परिमार्जन गर्नेगरी बैठकबाट राजनीतिक प्रस्ताव पारित भएको छ। महासमिति बैठकमा पौडेलको प्रस्तावमा निकै आलोचना भएपछि बैठकबाटै अन्तिम रूप दिन… पुरा पढौ

चुनाव रोकिँदैनः दाहाल

पोखरा, २९ चैत।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनलाई अवरोध गर्न खोज्दैमा नरोकिने बताएका छन्। जुनसुकै हालतमा पनि अब चुनाव हुने उनले बताए। वैद्य समूहको नेकपा-माओवादीलगायतका केही दलले चुनावको विरोध गरिरहेकोमा त्यो विरोध नेपाली जनताको चाहनाविपरीत रहेको उनको भनाइ थियो। चुनाव नचाहने प्रतिक्रियावादी शक्तिले उचालेर चुनावी गतिविधिको अवरोध गर्न उक्साइएको उनले आरोप लगाए। ‘कसैले चाहेर पनि अब चुनाव रोकिँदैन’-पोखरामा… पुरा पढौ

‘कुमार खड्काको नेतृत्वमा क्षत्रीको नयाँ पार्टी

वालिङ, २९ चैत।क्षत्री समाज नेपालका अध्यक्ष प्रा.डा.दिलबहादुर क्षत्रीले वर्तमान केन्द्रीय महासचिव कुमार खड्काको नेतृत्वमा क्षत्रीहरूको नयाँ पार्टीखुल्ने बताएका छन्। क्षत्री समाज जिल्ला कार्यसमिति स्याङ्जाले बिहीबार बयरघारीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले आगामी बैशाखको तेस्रो साता खड्काको नेतृत्वमा नयाँ पार्टीखुल्ने बताएका हुन्। उनले नयाँ पार्टीको नाम राष्ट्रिय अखण्डता झल्कनेखालको हुने पनि उद्घोष गरे। उनले भने-’अहिलेका दलहरूले राष्ट्र, राष्ट्रियता र… पुरा पढौ

आर्थिक विकास र औद्योगिक प्रवर्द्धनमा दलहरूको प्रतिबद्धता

काठमाडौं, २८ चैत।मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मुलुकको आर्थिक विकासका साथै उद्योग व्यवसायको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य माहासङ्घको ४७ औँ वाषिर्क साधारणसभामा उनले औद्योगिक विकासका लागि सरकारीस्तरमा गर्नुपर्ने कुनै पनि काम बाँकी नराख्ने दृढता व्यक्त गरे। उद्योग वाणिज्य माहासङ्घले तयार पारेको प्रतिबद्धता पत्रमा प्रतिबद्धता जनाउँदै अध्यक्ष रेग्मीले बन्द, हडताल हुन नदिन र शान्तिसुरक्षाको प्रत्याभूतिका लागि… पुरा पढौ

आफ्नो पार्टीको नेतृत्वमा मात्रै मुलुकले सफलता पाउने काङ्ग्रेस नेताहरूको दाबी

परासी, २६ चैत। नेपाली कांग्रेसका नेताहरूले संविधानसभाको निर्वाचनमार्फत् काँग्रेसकै नेतृत्वमा मात्रै मुलुकले सफलता पाउने दाबी गरेका छन्। नवलपरासीमा सोमबारबाट सुरू भएको महासमिति बैठकको परार्सीमा आयोजित उद्घाटन समारोहमा बोल्दै काँग्रेस नेताहरूले एकताबद्ध ढंगबाट अघि बढी अबको निर्वाचनमा पार्टीलाई बुहमत हासिल गराउने प्रतिबद्धतासमेत गरेका छन्। सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले कम्युनिष्टहरूजस्तो काँग्रेसले सिद्धान्तमा सम्झौता नगर्ने दाबी गर्दै महासमिति बैठकले काँङ्ग्रेसलाई… पुरा पढौ

रेग्मी सरकार कठपुतली र नपुंसक : थापा

पोखरा, २६ चैत।राष्ट्रिय प्रजातन्त्र पार्टीनेपालका अध्यक्ष कमल थापाले खिलराज रेग्मी नेतत्वको सरकार कठपुतली र नपुंसक भएको आरोप लगाएका छन्। अध्यक्ष थापाले सोमबार पोखराबाट नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राज्य कायम राख्न हस्ताक्षर संकलन अभियानको उद्घाटनपछि यस्तो विचार व्यक्त गरेका हुन्। अभियान एक महिनासम्म नेपालका हरेका गाउँ र घरमा पुर्‍याउने राप्रपाले जनाएको छ। आफ्नो पार्टीले संविधानसभाको विघटनपछि पहिलो पटक प्रधानन्यायाधीश नेतृत्वको… पुरा पढौ

असारमा चुनाव गर्न माओवादी नै तयार छैन : खनाल

काठमाडौं, २५ चैत।नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी नै तयार नभएकोले असारमा निर्वाचन हुने सम्भावना कमजोर बनेको बताएका छन्। एमाओवादीले असार पहिलो साता नै चुनाव चाहेको भए फागुन ३० गतेभन्दा अगावै सहमतिका आउनुपर्ने उनको भनाइ छ। आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष खनालले असारमा निर्वाचन नभए मङ्सिरमा निर्वाचन हुन नदिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको धम्की आपत्तिपूर्ण भएको… पुरा पढौ

काङ्ग्रेस महासमिति बैठक आजबाट

काठमाडौं, २५ चैत।नेपाली काङ्ग्रेसको बहुप्रतीक्षित महासमिति बैठक सोमबारबाट नवलपरासीमा सुरु हुँदैछ। महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको नेपाली काङ्ग्रेसले जनाएको छ । महासमिति भेलाको उद्घाटन सदरमुकाम परासीमा र बन्दसत्र त्रिवेणीधाममा हुने काङ्ग्रेसले जनाएको छ।भेलामा सहभागी हुन काङ्ग्रेस सभापति सुशील कोइरालासहित अधिकांश केन्द्रीय नेता नवलपरासी पुगेका छन्। सदरमुकाम परासीमा काङ्ग्रेसले गर्ने आमसभाको तयारीका लागि निकै सि'गारिएको छ। काङ्ग्रेसले परासीमा शक्ति प्रदर्शनसहित… पुरा पढौ