राजनिती

संवैधानिक परिषद्द्वारा निर्वाचन आयोगमा पदाधिकारी सिफारिस

काठमाडौं, ८ चैत। संवैधानिक परिषद्ले निर्वाचन आयोगलाई पूर्णता दिने निर्णय गर्दै आयोगका प्रमुखलगायत आयुक्तहरू नियुक्त गर्न राष्ट्रपतिसमक्ष सफारिस गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा नीलकण्ठ उप्रेतीलाई नियुक्त गर्न सिफारिस गरेको छ। यसैगरी आयुक्तहरूमा अयोधीप्रसाद यादव, दोलखबहादुर गुरुङ, रामभक्त पिभि ठाकुर र इला शर्मालाई सिफारिस गर्ने निर्णय गरेको बैठकपछि मन्त्रिपरिषद्का प्रवक्ता एवं सूचना तथा… पुरा पढौ

एमाओवादीद्वारा निर्वाचन तयारी सुरु घोषणापत्र र उम्मेदवार छनौट समिति गठन

काठमाडौं, ७ चैत। एकीकृत नेकपा माओवादीले आगमी असारमा हुने भनिएको संविधानसभाको निर्वाचनको तयारी सुरु गरेको छ। निर्वाचनको तयारीस्वरूप एकीकृत माओवादीले पार्टीको घोषणापत्र तयार गर्न र उम्मेदवार छनौटका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। पार्टीकेन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले चुनावी घोषणापत्र तयार गर्न उपाध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा र उम्मेदवार छनौटका लागि महासचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा समिति गठन गरिएको प्रवक्ता अग्नी सापकोटाले… पुरा पढौ

कोइरालाको तेस्रो स्मृति दिवसमा कार्यकर्तालाई प्रशिक्षण ‘काङ्ग्रेसलाई पहिलो पार्टीबनाउन अन्तरविश्वासको खाँचो’

पोखरा, ७ चैत। नेपाली काङ्ग्रेसलाई अबको निर्वाचनमा एक नम्बरको पार्टीबनाउनका लागि नेता तथा कार्यकर्ताबीच अन्तरविश्वासको खाँचो रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन्। लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्व.गिरिजाप्रसाद कोइरालाको तेस्रो स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं.४ ले बुधबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्याक्रममा बोल्ने वक्ताहरूले अन्तरघातका कारण पार्टीपछि परेकोले अबको चुनावमा अन्तरविश्वासको खाँचो रहेको बताएका हुन्। पहिलाको… पुरा पढौ

पार्टीअध्यक्षको निर्देशनविपरीत अनेरास्ववियुको वैठक सुरु

पोखरा, ७ चैत। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको निर्देशनविपरीत अनेरास्ववियुको २१ औं राष्ट्रिय सम्मेलन मूल आयोजक समितिको बैठक बुधबारदेखि कास्कीको लुम्लेमा सुरु भएको छ। केही विद्यार्थी नेताहरूले सम्मेलन मूल आयोजक कमिटीको गठनलाई खारेजीको माग गर्दै पार्टीमुख्य कार्यालय अगाडि अनसन वसेका थिए। पार्टीका अध्यक्ष खनालले मुल आयोजक कमिटीको सम्पूर्ण गतिविधि रोक्नका लागि लिखित निर्देशन दिएपछि उक्त अनसन तोडिएको थियो। तर पार्टीका… पुरा पढौ

चुनावमा सेना परिचालनः उपसभापति पौडेल

हेटौंडा, ७ चैत। नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी संविधानसभा चुनावमा सेना परिचालन हुने बताएका छन्। बुधबार हेटौंडामा आयोजित दुर्इ दिने पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पौडेलले कार्यकर्तालाई निर्धक्क भएर चुनावी अभियानमा लाग्न निर्देशनसमेत दिए। ‘अब सेना ब्यारेकभित्र थुनिएर बस्दैन’-उनले भने-’चुनावमा हिंसा-आतड्ढ हुन नदिन सेना गाउँगाउँमै परेड खेल्छ।’ उनले एमाओवादीतर्फ लक्षित गर्दै विगतमा जस्तो कसैले धम्क्याउने, तर्साउने र चुनाव… पुरा पढौ

निर्वाचनका लागि बजेट अभाव हुन्न : मन्त्री कोइराला

काठमाडौँ, ६ चैत। नवनियुक्त अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आगामी संविधानसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। म·लबार अर्थ मन्त्रालयमा पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक वृद्धिदर बढाउने आफ्नो मूल उद्देश्य हुने जानकारी दिनुभयो। पूरक बजेटको तयारीमा मन्त्रालय लागिसकेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षको बजेट बनाउने गृहकार्य पनि प्रारम्भ भइसकेको बताए। निजी… पुरा पढौ

‘रेग्मीको नेतृत्वमा बनेको सरकार असंवैधानिक’

पोखरा, ६ चैत। संयुक्त आन्दोलन परिचालन समिति कास्कीले खिलराज रेग्मी नेतृत्वमा बनेमा सरकार असंवैधानिक निर्दलीय र राष्ट्रघाती भएको भन्दै तत्काल राजीनाको माग गरेको छ। साना दलहरूले देशव्यापीरूपमा आयोजना गरिएको विरोध कार्यक्रमअन्तरगत बुधबार पोखरामा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताले रेग्मीको नेतृत्वमा सरकार बन्नु भनेको असंवैधानिक भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे। नागरिक समाजका प्रतिनिधि तथा अधिवक्ताहरूको सहभागितामा रहेको सो कार्यक्रममा उनीहरूले… पुरा पढौ

सरकारको नेतृत्व गरेसम्म प्रधानन्यायाधीशको पद निलम्बनमा

काठमाडौ चैत ५। सवोर्च्च अदालतले खिलराज रेग्मी अन्तरिम मन्त्रीपरिषदको अध्यक्ष रहुञ्जेल प्रधानन्यायाधीशको पद निलम्बन गर्न आदेश दिएको छ। न्यायाधीश गिरिशचन्द्र लालको एकल इजालसले रेग्मी चुनावी मन्त्रीपरिषदको अध्यक्ष बहाल रहुञ्जेल प्रधानन्यायाधीशको पद क्रियाशील नरहने फैसला गरेको हो। एउटै व्यक्ति दुर्इवटा पदमा बस्न नमिल्ने भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालले दायर गरेको रिटको सुनुवाइ गर्दै सवोर्च्च अदालतले प्रधानन्यायाधीशको पद निलम्बन गरेको… पुरा पढौ

आठ मन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता

काठमाडांै, ५ चैत। मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सोमबार आठ जना पूर्वप्रशासकहरूलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका छन्। ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमतिअनुसार अध्यक्ष रेग्मीले आठ जना मन्त्री थप गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्। जसअनुसार शंकर कोर्इरालालाई  अर्थ, वाणिज्य र उद्योग, उमाकान्त झालाई उर्जा, विज्ञान र सिचाइ मन्त्रालय, रिद्धिबाबा प्रधानलाई महिला बाललालिका र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसैगरी, विद्याधर… पुरा पढौ

निर्वाचनमा राज्य संयन्त्रका सबै ध्यान केन्द्रित हुनेछ : अध्यक्ष रेग्मी

काठमाडौं, ४ चैत। अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन नै सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले त्यसलाई अघि बढाउन पूरै राज्य संयन्त्रको ध्यान केन्द्रित रहेको बताएका छन्। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष रेग्मीले चुनावका बारेमा निर्वाचन आयोगमा अहिले रहेका कर्मचारीसँग तीव्ररूपमा छलफल भइरहेको तथा सम्पूर्ण कर्मचारी संयन्त्र समेत निर्वाचनमा केन्द्रित रहेको बताएका हुन्। मन्त्रिपरिषद्को विस्तारसँगै आयोगका आयुक्तको… पुरा पढौ