राजनिती

काङ्ग्रेस महासमिति बैठक आजबाट

काठमाडौं, २५ चैत।नेपाली काङ्ग्रेसको बहुप्रतीक्षित महासमिति बैठक सोमबारबाट नवलपरासीमा सुरु हुँदैछ। महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको नेपाली काङ्ग्रेसले जनाएको छ । महासमिति भेलाको उद्घाटन सदरमुकाम परासीमा र बन्दसत्र त्रिवेणीधाममा हुने काङ्ग्रेसले जनाएको छ।भेलामा सहभागी हुन काङ्ग्रेस सभापति सुशील कोइरालासहित अधिकांश केन्द्रीय नेता नवलपरासी पुगेका छन्। सदरमुकाम परासीमा काङ्ग्रेसले गर्ने आमसभाको तयारीका लागि निकै सि'गारिएको छ। काङ्ग्रेसले परासीमा शक्ति प्रदर्शनसहित… पुरा पढौ

रेग्मी सरकारले निर्वाचन गराउन नसक्ने : गुरुङ

स्याङ्जा, २५ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टीनेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले चार दलीय महाराजहरूको निर्देशनमा बनेको खिलराज रेग्मी सरकारले निर्वाचन गराउन नसक्ने बताएका छन्। पार्टीको जिल्ला मुख्यालय प्रगतिनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने-'चुनाव गराउन होइन, अन्तर्राष्ट्रिय समुदायलाई देखाउन रचिएको षड्यन्त्र हो।’ आफ्ना आसेपासेलाई राजनीतिक, कूटनीतिक र संवैधानिक नियुक्ति दिलाउने र आफ्नो स्वार्थ पूरा गराउन कर्मचारीलाई सत्ता सुम्पेको आरोप लगाउ'दै महामन्त्री गुरुङले… पुरा पढौ

काङ्ग्रेस केन्द्रीय समितिमा राजनीतिक प्रस्तावबारे छलफल

काठमाडौं, २२ चैत।काङ्ग्रेस केन्द्रीय सदस्यहरूले निर्वाचनमा जानुपूर्व पार्टीभत्रको विवाद टुङ्गयाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्। पार्टीलथालिङ्ग अवस्थामा रहेको भन्दै उनीहरूले यथास्थितिमा चुनावमा गए काङ्ग्रेसले पराजय व्यहोर्नुपर्ने बताएका हुन्। काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा आसन्न महासमिति बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमाथिको छलफलमा काङ्ग्रेस नेताहरूले पार्टीभत्रको विवाद टु·याएपछि मात्र निर्वाचनमा भिड्न सकिने बताएका हुन्। यसअघि उपसभापति रामचन्द्र पौडेलले बुधबारको बैठकमा राजनीतिक प्रस्ताव र महामन्त्री… पुरा पढौ

निर्वाचनबारे सर्वदलीय बैठक, एक प्रतिशतको सीमामा विवाद

आगामी संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ एक प्रतिशतको सिलिङ राख्ने बिषयमा विघटित संविधानसभाका दलहरूबीच विवाद देखिएको छ। चुनावी सरकारको आहृवानमा भएको छलफलमा विघटित संविधानसभाका अधिकांश दलले एक प्रतिशतको सीमा राख्न नहुने बताएका हुन्। एकीकृत माओवादीलगायत अधिकाँश साना दल सीमाको विपक्षमा देखिए पनि नेपाली काङ्ग्रेस र एमालेलगायतका दलहरूले प्रावधान आवश्यक रहेको बताएका थिए। बैठकमा माओवादी प्रतिनिधि कृष्णबहादुर महराले नियमित संसद्को निर्वाचन… पुरा पढौ

राष्ट्रपतिद्वारा निर्वाचनको वातावरण बनाउन दलहरूसँग आग्रह

काठमाडौं, १७ चैत। राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा निर्वाचनको वातावरण बनाउन प्रमुख दलका शीर्ष नेताहरूसँग आग्रह गरेका छन्। मधेसी मोर्चा र प्रमुख तीन दलका शीर्षनेताहरूलाई शनिबार राष्ट्रपति भवन शीतल निबास बोलाएर उनले यस्तो आग्रह गरेका हुन्। राष्ट्रपतिले कतिपय दलले सरकार गठन र निर्वाचन प्रक्रियाको विरोध गरेकोले निर्वाचनको वातावरण बन्न नसकेको भन्दै सबै दललाई सहमतिमा ल्याएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेको… पुरा पढौ

असन्तुष्ट दलहरूलाई निर्वाचनमा सहभागी हुन आ≈वान

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकार गठनप्रति असन्तुष्ट राजनीतिक दलहरूलाई संविधानसभाको आउँदो निर्वाचनमा सहभागी हुन आÞवान गरेका छन्। रिपोर्टर्स क्लबको १५ औँ वाषिर्कोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले निर्वाचन नै एकमात्र वैधानिक लोकतान्त्रिक प्रक्रिया भएकाले यसमा सामेल हुन सबै दललाई आग्रह गरे। इतिहासले सुम्पेको जिम्मेवारीका रूपमा आफू मन्त्रिपरिषद्को अध्यक्ष हुनुपरेको उल्लेख गर्दै रेग्मीले सरकारको एकमात्र अभिष्ट निर्वाचन सम्पन गर्नु भएकोले… पुरा पढौ

एमालेको वडास्तरीय भेला सम्पन्न

पोखरा, १७ चैत। नेकपा एमाले वडा कमिटी वडा नं. १ पोखराको वडास्तरीय भेला तथा अनेमसङ्घ वडा नं.१ को छैटौं वडा सम्मेलन शनिबार सम्पन्न भएको छ। भेलामा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य जगत विश्वकर्माले देश समावेशी र समानुपातिक सिद्धान्तका आधारमा अगाडि बढाएर लैजाने काम नेकपा एमालेको काँधमा आएकोले नेकपा एमाले सबैलाई समेटेर लाने कुरामा सचेत रहेको बताए। कार्यक्रममा… पुरा पढौ

निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल, कानुनी जटिलता हटाउन आग्रह

काठमाडौं, १५ चैत। निर्वाचन आयोगले संविधानसभा निर्वाचनको तयारीबारे मुख्य दलका प्रतिनिधिहरूसँग बिहीबार छलफल गरेको छ। राजधानीको कान्तिपथस्थित आयोगको कार्यालयमा भएको छलफलमा चुनावका लागि बाधा अड्काउ फुकाउ र राजनीतिक सहमतिको कार्यान्वयनबारे छलफल भएको हो। बैठकमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक ऐनहरूको संशोधनको बारेमा छलफल भएको जनाइएको छ। बाधा अड्काउ फुकाउसम्बन्धी अध्यादेश पारित भए पनि त्यसमा व्यवस्था भएअनुसार ऐन संशोधनलगायत कानुनी अड्चन… पुरा पढौ

नेकपा माओवादीले निर्वाचन हुन नदिने , मुलुकमा खतरनाक ‘कु’ भयो : गुरुङ

पोखरा, १५ चैत। नेकपा-माओवादीका सचिव देव गुरुङले चार दलले मुलुकमा सबैभन्दा खतरनाक ‘कु गरेको आरोप लगाएका छन्। प्रधानन्यायाधीश नेतृत्वको सरकार गठन गर्नका लागि चार दलबीच भएको सहमति सबैभन्दा खतरनाक ‘कु भएको उनको भनाइ थियो। ‘विगतमा दलीय पद्धति र लोकतन्त्रलाई कुठाराघात गर्न ‘कु हुने गरेको थियो’-उनले भने-’तर अहिले चार दलले नै मुलुकलाई नै सिध्याउनका लागि संवैधानिक र राजनीतिक ‘कु गरिरहेका छन्।’… पुरा पढौ

अब हुने संविधानसभाको निर्वाचन खतरनाक : सिंह

पोखरा, १४ चैत नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आउँदो संविधानसभाको निर्वाचन निकै खतरनाक हुने बताएका छन्। सङ्घीयताको विषयलाई लिएर मुलुकमा जातीय र क्षेत्रीय व्रि्रहको अवस्था सृजना भएकाले अबको निर्वाचन निकै खतरनाक हुने उनको भनाइ थियो। ‘अबको निर्वाचन पहिलेको जस्तो सरल हुने छैन’- उनले भने-’मधेस, जातीय र क्षेत्रीय मुद्दाले निर्वाचनमा गम्भीर समस्या निम्त्याउने छ।’ मधेस, जातीय र क्षेत्रीय मुद्दाको शक्ति… पुरा पढौ