राजनिती

तीन दिनभित्र निर्वाचनको मिति घोषणा हुने

काठमाडौं, १२ जेठ।सरकारले तीन दिनभित्र संविधानसभा निर्वाचनको मिति घोषणा गर्ने भएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका प्रमुख राजनीतिक दलका नेता र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबीच तीन दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको बैठकले निर्वाचन कानुनमा सहमति गरी तीन दिनभीत्र चुनावको मिति घोषणा गर्ने सहमति भएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी… पुरा पढौ

असन्तुष्ट दललाई सहमतिमा ल्याउन प्रधानन्यायाधीशको राजीनामा : कोइराला

नेपाली काङ्ग्रेसका सभापति सुशील कोर्इरालाले नेकपा माओवादी र फोरम नेपालसहितका प्रमुख पार्टीनिर्वाचनमा सहभागी हुने सुनिश्चित भए मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पद त्याग्न तयार हुनुपर्ने बताएका छन्। आइतबार आफ्नै निवासमा पत्रकारहरूको टोलीसँग कुरा गर्दै सभापति कोर्इरालाले असन्तुष्ट पक्षहरू निर्वाचनमा आउँछन् भने रेग्मी प्रधानन्यायाधीशको पदबाट राजिनामा दिन तयार हुनुपर्ने दोहोर्‍याएका हुन्। कोइरालाले उच्चस्तरीय राजनीतिक समिति र मन्त्रिपरिषद् अध्यक्षबीचको छलफलमा पनि आफूले… पुरा पढौ

मधेशी दलबीच चुनावी एकता प्रयास सुरु, महतोको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौ, ११ जेठ।आसन्न संविधानसभा निर्वाचनमा मोर्चावन्दी बनाएर जाने बिषयमा मधेशवादी दलहरुले गृहकार्य सुरु गरेका छन्। मधेशी दलहरुबीच तराईका एजेण्डामा सहकार्य गर्ने सैद्धान्तिक सहमति भए पनि मुख्य दलहरुले खासै रुची भने देखाएका छैनन्। मधेशी दलको एकता अभियानस्वरुप तमलोपाले शनिबार राजधानीमा मधेशी दलका नेताहरुको लागि चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा तराई मधेश अभियानका जेपी गुप्ता, समाजवादी लोकतान्त्रिक पार्टीका शरदसिंह भण्डारीलगायत थिए।… पुरा पढौ

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया छिट्टै सुरू हुन्छ : मन्त्री श्रेष्ठ

पोखरा, ११ जेठ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया छिट्टै सुरू हुने बताएका छन्। पोखरा उद्योग बाणिज्य संघको आयोजनामा शनिबार आयोजित स्वागत तथा छलफल  कार्यक्रममा बोल्दै उनले यही सरकारको पालामा विमानस्थल निर्माण प्रक्रिया सुरू हुने बताए। मन्त्री श्रेष्ठले भने -’अहिले ठेकेदार कम्पनीले पोखरा विमानस्थल निर्माणको खर्चबारे अध्ययन गर्दैछ, हाम्रो एक टोली पनि चीनमा… पुरा पढौ

इन्जिनियरिङमा वृहत् अखिल फोर्स गठन

पोखरा, ११ जेठ।अनेरास्ववियु, इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरले वृहत् अखिल फोर्स भेला सम्पन्न गरेको छ। क्याम्पसभित्र हुने विकृति, विस·ति र गलत क्रियाकलापको भण्डाफोर र खबरदारीका लागि उक्त भेलाको आयोजना गरिएको हो। युवा सङ्घ नेपाल केन्द्रिय कमिटी सदस्य एवं निवर्तमान कास्की जिल्ला अध्यक्ष दर्शन लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम महेश थापाको अध्यक्षतामा भएको थियो। करिब एक सय ५० जना युवा… पुरा पढौ

बुद्ध जयन्तीमा लुम्बिनीमा विशेष समारोह, निर्वाचनको वातावरण बनाउन सरकार लागिपरेको रेग्मीको दाबी

बुटवल, ११ जेठ। चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन कानूनमा छिटो सहमतिमा आउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। विगतमा संविधानसभाले संविधान बनाउन नसकेको कुरालाई मध्यनजर गर्दै अबको निर्वाचनका लागि गम्भीर हुन पनि उनले दलहरूलाई आग्रह गरे। २५५७ औं बुद्ध जयन्तीका अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै चुनावी मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले संविधानसभाको निर्वाचनलाई व्यवस्थापकीय कुशलताका साथ सम्पन्न… पुरा पढौ

पूर्वसभासद मियाँको हत्याबारे छानविन गर्न आयोग गठन, विरोध प्रदर्शन जारी

काठमाडौ, ९ जेठ।सरकारले पूर्वसभासद् सदरूल मियाँ हकको हत्याबारे छानविन गर्न सवोर्च्च अदालतका पूर्वन्यायाधीश ताहिर अलि अन्सारीको अध्यक्षतामा तीन सदस्यीय न्यायीक आयोग गठन गरेको छ। आयोगमा नायव महान्यायाधिवक्ता सूर्यप्रसाद कोर्इराला र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिनकरशमशेर राणा छन्। राणा यसअघि गठित छानविन समितिका संयोजकसमेत हुन्। हत्यालगत्तै छानविन समिति गठन भए पनि मियाँका आफन्त र समर्थकले उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै… पुरा पढौ

अत्याचारको निकासका लागि काँग्रेसको नेतृत्व आवश्यक : सुजता

गल्याङ, ९ जेठ। नेपाली काँग्रेस केन्द्रीय सदस्य सुजता परियारले देशमा बढ्दै गएको र अन्याय-अत्याचारको निकासका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक भएको बताएकी छिन्। नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं ३ को आयोजनामा भएको अन्तरक्रियामा बोल्दै परियारले काँग्रेस नेतृत्व नभएका कारण लोकतान्त्रिक संविधान बन्न नसकेको दाबी गर्दै आगामी चुनावमा भारी बहुमत ल्याएर विजयी हुन सकेमा मुलुकमा शान्ति र संविधान दुबै आउने दाबी… पुरा पढौ

काङ्ग्रेस एमालेद्वारा पूर्वसहमतिअनुरुप चुनाव गराउन मन्त्रिपरिषद् अध्यक्षको ध्यानाकर्षण

काठमाडौं, ८ जेठ।नेपाली काङ्ग्रेस र नेकपा एमालेले ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेशअनुसार संविधानसभाको चुनाव गराउन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको ध्यानकर्षण गराएका छन्। बुधबार साँझ अध्यक्ष रेग्मीलाई भेटेर काग्रेस र एमालेका शीर्षनेताहरूले ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउलाई संशोधन गरे चुनाव हुन नसक्ने आफूहरूको निष्कर्षबारे जानकारी गराएका हुन्। संविधानसभा सदस्य सङ्ख्या चार सय ९१… पुरा पढौ

संविधानसभाको निर्वाचनमा गाउँ-गाउँबाट तयारीमा जुटौं : अधिकारी

लेखनाथ, ८ जेठ।नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य खगराज अधिकारीले अब हुने संविधानसभाको निर्वाचनलाई सार्थक रूप दिन गाउँ-गाउँबाट तयारीमा जुट्नका लागि सबैमा आग्रह गरेका छ्न। शहीद कृष्ण भुजेलको १७ औ स्मृति दिवसको अवसर पारेर नेकपा एमाले लेखनाथ नगर कमिटीले बुधबार लेखनाथ नगरपालिकाको वडा नं ४ खरानेफाँटमा गरेको कार्यक्रममा बोल्दै अधिकारीले सो कुरा बताएका हुन्। उनले शहीद कुनै पाटी विशेषको नभई सम्पूर्ण राष्ट्रको… पुरा पढौ