राजनिती

प्रमुख दलले निर्वाचन बिथोल्ने प्रपञ्च गरेको गुरूङको आरोप

पोखरा, ३ जेठ।राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङले मोहन वैद्यको नेतृत्वलाई सडकमा पठाएर प्रमुख दलले निर्वाचन बिथोल्ने प्रपञ्च गरिरहेको आरोप लगाएका छन्। गोर्खामा सोमबार आयोजित पार्टीकार्यकर्ताको अगुवा भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन्। संविधान नबनाई संविधानसभाको विघटन भएपछि निरस बनेका जनताहरू निर्वाचनको मिति घोषणा भएपछि उत्साहित भए पनि मुख्य दलहरू निर्वाचनप्रतिको प्रतिवद्धतामा आशंका देखिएको कारण जनता अभैm मर्माहित हुनुपरेको… पुरा पढौ

बन्दको प्रभाव पोखरामा पनि

नेकपा-माओवादीसहित ४२ दलले आइतबार आह्वान गरेको नेपाल बन्दको प्रभाव पर्यटकीय नगरी पोखरामा पनि पर्‍यो। बन्दका कारण पोखरा विश्वविद्यालयको परीक्षासमेत स्थगित हुन पुगेको छ। बन्दका कारण यहाँका शिक्षण संस्था, कलकारखाना, उद्योग, व्यवसाय, पसल सम्पूर्ण दिनभर बन्द रहे। बन्दको क्रममा पर्यटक, एम्बुलेन्स, शवबाहन, प्रेस, मानवअधिकार आयोग, कूटनीतिक आयोग र प्रहरीका सवारी चल्नमा छुट दिइए पनि अन्य सवारी चल्न नसक्दा सर्वसाधारण मर्कामा परे।… पुरा पढौ

निर्वाचन रोकिँदैनः गच्छदार

काठमाडौं, २ असार।उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कुनै दल सहभागी नहुँदैमा संविधानसभा निर्वाचन नरोकिने दाबी गरेका छन्। गच्छदारले केही दल सहभागी नभएकै कारण निर्वाचन नरोकिने बताएका हुन्। सुनसरीमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले असन्तुष्ट दलहरूलाई निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको बताए। असन्तुष्ट दलहरूको मागलाई सम्बोधन गर्ने उद्देश्यले थप छलफल गर्नकै लागि उच्चस्तरीय समितिको बैठक… पुरा पढौ

घोषित मितिमै संविधानसभा निर्वाचन हुन्छ : सचिव पोखरेल

काठमाडौँ, २ असार। नेकपा (एमाले) का सचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गतेका लागि घोषित संविधानसभाको निर्वाचन कानुन र विधिसम्मत भएकाले निर्धारित समयमै हुने बताएका छन्। उनले संविधानसभाको निर्वाचनमा बढीभन्दा बढी शक्तिहरूलाई सहभागी गराउनैपर्ने भएकाले निर्वाचनप्रति असन्तुष्ट शक्तिलाई सहमतिमा ल्याउन सरकारले जिम्मेवारीपूर्वक पहल गर्नुपर्ने बताए। प्रेस चौतारी नेपाल रासस शाखाको प्रथम अधिवशेनको अवसरमा आइतबार आयोजित 'निश्पक्ष निर्वाचनका लागि सरकारी मिडियाको… पुरा पढौ

अध्यक्ष रेग्मीद्वारा देशबासीका नाममा सम्बोधन, निर्वाचन सफल पार्न सबैमा अपिल

काठमाडौं, ३१ जेठ।अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले तोकिएको समयमै निर्वाचन हुनेमा शड्ढा नगर्न आग्रह गर्दै निर्वाचन सफल बनाउन सबैसँग अपिल गरेका छन्। सरकार गठनपछिको तीन महिनामा निर्वाचनको वातावरण बनेको दाबी गर्दै उनले निश्पक्ष निर्वाचन हुने विषयमा शड्ढा नगर्न आग्रह गरे। सरकार प्रमुखमा नियुक्त भएपछि शुक्रबार राष्ट्रको नाममा पहिलोपटक सम्बोधन गर्दै अध्यक्ष रेग्मीले संविधानसभाको निर्वाचनमा सहभागी हुन सबै दलसँग अपिल समेत… पुरा पढौ

निर्वाचन घोषणाको विरोधमा आन्दोलन घोषणा, वैद्यलाई म मिलाउँछु : देउवा

सरकारले निर्वाचन मिति घोषणा गरेपछि रुष्ट बनेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय गठबन्धनले निर्वाचन मिति घोषणाको विरोधमा आइतबार नेपाल बन्दको घोषणा गरेको छ। आन्दोलनरत दलहरूसँग परामर्श नगरि निर्वाचन मिति घेाषणा गरेको भन्दै मोर्चाले आन्दोलन घेाषणा गरेको हो।  सरकारी निर्णयको विरोधमा ३३ दलीय गठबन्धनले शुक्रबार साँझ राजधानीको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदशन सहीत आन्दोलन घोषणा गरेको हो। निर्वाचन मिति घोषणा पछिको परिस्थितिबारे… पुरा पढौ

नेपाल भारतको प्रयोगशाला : केसी

बुटवल, २९ जेठ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिका कारण भारतले नेपाललाई प्रयोगशालाका रूपमा उपयोग गरिरहेको बताएका छन्। ठूला भनाउँदा दलहरू भारतीय प्रभावमा परेका कारण नेपाल भारतको उपनिवेशजस्तै बन्न पुगेको उनले बताए। उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि भारतले निरन्तर अतिक्रमण गरिरहे पनि कुनै दल त्यसका विरुद्ध बोल्न नसकेको टिप्पणी गरे।नेता केसीले भारतले चौबीसै घण्टा हस्तक्षेप गरिरहँदा पनि चार दलले… पुरा पढौ

मुलुक अँध्यारो तर्फ : नेम्वाङ

काठमाडौँ, २८ जेठ। संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले संविधानले कल्पना नगरेको कुरामा दलहरू अघि बढेकाले मुलुक अहिले अँध्यारो सुरुङमा प्रवेश गरेको बताए।       विघटित संविधानसभाका निवर्तमान दलित सभासद्हरूद्वारा मंगलबार यहाँ आयोजित 'नयाँ संविधानमा दलितका मुद्दा र चुनौती’ विषयक अन्तरक्रियामा उनले अहिले मुलुकमा निर्वाचनको माहौल बनिनसकेको र यही अवस्थामा चुनावमा जाँदा विगतको जस्तो दुर्घटना हुनसक्ने सम्भावना रहिरहने उल्लेख गरे। नेपाली… पुरा पढौ

निर्वाचन कानुन बनाउने जिम्मा सरकारलाई

काठमाडौँ, २७ जेठ।उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा निर्वाचनसँग सम्बन्धित ऐन निर्माणको सम्पूर्ण जिम्मेवारी सरकारलाई दिएको छ। दलहरूबीच निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी कानुन, मत प्रतिशत सीमा -थ्ा्रेसहोल्ड), फौजदारी अभियोग लागेकाले निर्वाचनमा भाग लिन पाउने वा नपाउने, समावेशी समानुपातिक प्रतिनिधित्व तथा उम्मेदवारले निर्वाचनमा गर्ने खर्च लगायतका विषयमा सहमति नबनेपछि समितिले यसबारे टुङ्गो लगाउने जिम्मा सरकारलाई नै दिएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी… पुरा पढौ

राष्ट्रलाई दिशानिर्देश गर्ने काम बुद्धिजीवीहरूको हो-पूर्वआयुक्त प्याकुरेल

पोखरा, २७ जेठ।राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले मुलुकमा दिनप्रतिदिन दण्डहीनता बढ्दै गइरहेको र दण्डहीनताको कुरा उठाउँदा उठाउँदै आफू थाकिसकेको बताएका छन्। नेपाल प्राज्ञ मञ्चले सोमबार पोखरामा आयोजना गरेको नेपालको वर्तमान संकट समाधानमा बौद्धिक समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा व्यक्त गरेका हुन्। विद्वानहरूले आफ्नो वौद्धिकताको सही ढङ्गबाट प्रयोग गर्न नपाउँदा मुलुक अद्योगतितिर गइरहेको प्रस· औंल्याउँदै प्याकुरेलले… पुरा पढौ