राजनिती

असन्तुष्ट सबै दललाई वार्ताका लागि पत्राचार, संविधानसभाको पहिलो वर्षमै संविधान लेख्ने प्रतिबद्धता

काठमाडौं, २ साउन।प्रमुख दलका शीर्षनेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन प्रक्रियाको बिरोधमा रहेका नेकपा-माओवादीलगायतका दलहरूलाई वार्ताका लगि औपचारिक पत्र पठाएको छ। समितिको कार्यालय नयाँबानेश्वरमा बुधबार बिहान बसेको बैठकले वार्ताका लागि माओवादीलगायतका असन्तुष्ट दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको थियो।  बिहीबारदेखि नै वार्ता गर्ने गरि असन्तुष्ट दललाई पत्राचार गरिएको बताइएको छ। नेकपा माओवादीले ३३ दलीय गठबन्धनका सहयात्री दललाई समेत वार्तामा बोलाउनुपर्ने अडान राखेपछि संयन्त्रले… पुरा पढौ

समितिको पत्रको व्यहोराप्रति माओवादीको असहमति

नेकपा-माओवादीले उच्चस्तरीय राजनीतिक समितिले पठाएको पत्रको व्यहोराप्रति असहमति जनाएको छ। उच्चस्तरीय समितिको संयोजकको रूपमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई आज पत्र पर्ठाई वार्तामा आउन आग्रह गरेका थिए। पत्रमा माओवादीसहित आन्दोलनमा रहेका दलहरूलाई वार्तामा आउन आग्रह गर्दै मङ्सिर ४ गतेका लागि निर्धारित संविधानसभाको निर्वाचन प्रक्रिया यथावत रहने गरी वार्तामा आउन आग्रह गरिएको थियो। माओवादी सचिव देव… पुरा पढौ

निर्वाचनप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिताका लागि क्रियाशील बन्न आग्रह

कीर्तिपुर, २ साउन। मन्त्रिपरिषद्का अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति खिलराज रेग्मीले निर्वाचनप्रति सकारात्मक हुँदै रचनात्मक सहभागिताका लागि क्रियाशील बन्न आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयको ५४ औँ वाषिर्क दिवसका अवसरमा बुधबार यहाँ आयोजित विश्वविद्यालय सभाको वाषिर्क दिवस बैठक एवम् कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक स्थायित्वका लागि संविधानसभाको निर्वाचन अपरिहार्य भएको बताए। अध्यक्ष रेग्मीले निर्वाचनको सफलताका लागि विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीलगायत… पुरा पढौ

मङ्सिरमा चुनाव नभए देश अफ्गानिस्तान बन्ने खतरा : कोइराला

काठमाडौं, १ साउन।नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले आगामी मङ्सिरमा चुनाव नभए मुलुक अफगानिस्तान बन्ने खतरा रहेको बताएका छन्। मुलुकलाई अफ्गानिस्तान बनाउनबाट बचाउन जुनसुकै हालतमा मङ्सिरमै चुनाव गर्नुपर्ने उनको भनाइ छ। नेपालका लागि चिनियाँ राजदूत हु चुन्थाइसँग मङ्गलबार बिहान भएको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति कोइरालाले मङ्सिरमा पनि चुनाव नभए नेपालमा बाह्य चलखेल थामि नसक्नु हुने बताएका हुन्। मङ्सिरको चुनावलाई सफल… पुरा पढौ

मङ्सिरमै निर्वाचन सम्पन्न गर्नु अनिवार्यः नेताहरू

प्रमुख दलका नेताहरूले निर्धारित समयमै चुनाव सम्पन्न गराउनुपर्ने बताएका छन्। मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले चुनावमा असहमति जनाउने दलहरूलाई समेत निर्वाचनमा आउने वातावरण निर्माण गरिनुपर्ने पनि बताए। कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तोकिएको मितिमै निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै प्रजातन्त्रमा अद्यावधिक निर्वाचनको महत्व हुने हुँदा आफ्नो पार्टीले सो मूल्य र मान्यताविपरीत कसैसँग सम्झौता नगर्ने बताए।  यस्तै नेकपा एमालेका… पुरा पढौ

एमाओवादी विवादलाई थाती राख्दै चुनावी तयारीमा जुट्ने

काठमाडौं, १ साउन।एमाओवादीले तत्काललाई पार्टीभित्रका विवादलाई थाती राखी चुनावी प्रचार-प्रसारलाई तीव्रता दिने भएको छ। पार्टीकेन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी, विभिन्न विभाग र राज्य समिति इन्चार्जसहितको सामूहिक छलफलले पार्टीभित्र उत्पन्न पदीय विवादलाई तत्काललाई थाती राख्दै चुनावी तयारीमा जुट्ने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता अग्नी सापकोटाले अहिलेको मुख्य मुद्दा आन्तरिक विवादभन्दा पनि चुनाव भएकाले तत्काललाई विवादलाई थाती राखी चुनावी तयारीमा लाग्ने निर्णय… पुरा पढौ

बजेट कार्यान्वयनमा पूर्ण ध्यान दिन्छौं: अर्थमन्त्री, कार्यान्वयनमा समस्या छः पूर्व अर्थमन्त्रीहरू

काठमाडौं, ३१ असार।अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आगामी आर्थिक वर्षको बजेट प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि ठोस कार्ययोजना तयार गरिएको बताएका छन्। आइताबार सार्वजनिक गरिएको आगमी आर्थिक वर्षको बजेट बारे थप जानकारी दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले योजनाबद्ध ढङ्गले बजेट कार्यान्वयन गर्न कार्यदल बनाइएको जानकारी दिए। उनले कार्यदलले म·लबारदेखि नै काम थाल्ने बताए। राज्यकोषमा आर्थिक दायित्व बढाउनेखालका… पुरा पढौ

निर्वाचनका लागि नाम दर्ता गराउने समय सकिएपछि अदालतबाट आदेश

काठमाडौँ, ३१ असार। संविधानसभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन  निर्धारण गरिएको आज अन्तिम दिन गैरनेपालीलाई मताधिकार नदिन माग गर्दै दायर रिट निवेदनमा अन्तरिम आदेश जारी भएको छ। न्यायाधीश सुशीला कार्कीको एकल इजलासले नेपाली नागरिकताको प्रमाणपत्र नलिएका गैरनेपालीलाई मतदानमा सहभागी गराउनका लागि आयोगले गरेको व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न नगराउन सो आदेश जारी गरेको हो। आदेशमा दुवै पक्षलाई छलफलमा बोलाउन… पुरा पढौ

विवाद भएर पद त्याग गरेको होइन : उपाध्यक्ष डा. भट्टराई

काठमाडौँ,३१ असार।एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफूले पार्टीभित्र विवाद उत्पन्न भएका कारण पदत्याग गरेको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्। पदत्याग फिर्ता लिनका लागि दबाब दिन डा. भट्टराईकै निवास सानेपा पुगेको अखिल -क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीसमक्ष उनले पार्टीभित्र विधि बसाल्न र नेपाली राजनीतिमा देखिएको पदलोलुप प्रवृत्ति ठीक छैन भन्ने देखाउन पद त्याग गरेको हो भने। उनले पार्टीभित्र कुनै… पुरा पढौ

दीर्घाकालीन असर पर्ने निर्ण नभएको रेग्मीको स्पष्टोक्ति

काठमाडौं, ३१ असार।मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकारले राष्ट्रलाई दीर्घकालीन असर पार्ने कुनै निर्ण नगरेको स्पष्टिकरण दिएका छन्। रेग्मीले आगामी दिनमा समेत त्यस्ता निर्ण नहुने स्पष्ट गरेको अध्यक्षका पे्रस सल्लाहकार बिमल गौतमले बताए। निर्वाचन सम्पन्न गर्न गठन भएको वर्तमान सरकारले सीमा बाहिर गएर दीर्घाकालीन असर पर्ने निर्ण गरेको भन्दै उच्चस्तरीय राजनीतिक समितिका नेताहरूले असहमति जनाएपछि अध्यक्ष रेग्मीले यस्तो स्पष्टिकरण दिएका हुन्।… पुरा पढौ