राजनिती

कास्कीका सबै सिट जित्छौं: वाम गठबन्धन

पोखरा, १७ मंसिर। वाम गठबन्धनले कास्कीका सबै ९ वटै सिट जित्ने दाबी गरेको छ। वाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समिति कास्कीले आइतवार साँझ पोखरामा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा गरी ९ मा ९ वटै क्षेत्र जित्ने दाबी गरेको हो। गठबन्धनले २ कम्युनिस्ट पार्टीनेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएर एकतासम्म पुग्ने भनेपछि नेता,… पुरा पढौ

देश बनाएर देखाउन बाँकी छ : ओली

चितवन, १७ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन मिलेर देश बनाउँछन् भन्ने देखाउन बाँकी रहेको बताएका छन्। संयुक्त वाम गठनबन्धन चितवनले पश्चिम चितवनको माडीमा आइतवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले दाहाल र आफू मिलेर देश बनाउने संकल्प गरेकाले यसलाई साथ दिन आग्रह गरे। दुर्इ पार्टीमिल्दा पनि दुर्इ चार हजार मतले होइन, भारी… पुरा पढौ

नयाँ शक्ति संयोजक भट्टराईले मागे राप्रपाका पाण्डेलाई भोट

चितवन, १७ मंसिर। नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई भोट मागेका छन्। चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डेलाई भोट माग्न आइतवार भट्टराई चितवन आएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वाम गठबन्धनबाट उम्मेदवार रहेको सो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन भट्टराई आएका हुन्। आइतवार भरतपुरमा आयोजित आसन्न निर्वाचनमा लोकतन्त्रवादी… पुरा पढौ

सुरक्षा प्रभावकारी बनाऊःआयोग

काठमाडौं, १४ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा मतदाताले निर्भीकतापूर्वक मतदान गर्ने वातावरण निर्माणका लागि सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । निर्वाचन प्रचार प्रसारका क्रममा बम विष्फोट र उम्मेदवारकेन्द्रित आक्रमणले निरन्तरता पाउँदै गइरहेको बेला निर्वाचन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो । अज्ञात समूहको बम विष्फोट र आक्रमणबाट दाङमा एक… पुरा पढौ

वाम गठबन्धनको प्रदेशस्तरीय सभा

पोखरा, १४ मंसिर । वाम गठवन्धन निर्वाचन परिचालन कमिटि कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेससभा निर्वाचन क्षेत्र नं १ को आयोजनामा माछापुच्छ्रे गाउँपालिका वडा नं ८ को खोराकोमुखमा शुक्रबार बृहत् चुनावी सभा हुने भएको छ। सभालाई एमाले सचिव पृथ्वीसुव्वा गुरुङ तथा माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले सम्वोधन गर्ने चुनाव प्रचार प्रसार समितिका संयोजक दीपक पौडेलले जानकारी दिए। उक्त सभालाई  दुवै… पुरा पढौ

कास्की क्षेत्र १ का काँग्रेस उम्मेदवार

प्रदेश राजधानी लेखनाथमा राख्छु २०३२ सालमा साविक थुम्की गाविसमा जन्मिएका जीवन परियार कमजोर परिवारमा हुर्केका हुन्। दलित गाउँको सामाजिक परिवेशमा जन्मे हुर्केका उनको बाल्यकाल अत्यन्तै कहालीलाग्दो थियो। जानेबुझेदेखि राजनीतिमा लागेका परियार सामाजिक हिसाबले पनि स्थापित छन्। २०४६ सालको जनआन्दोलनसँगै नेपाल विद्यार्थी संघको संगठनमा रहेर राजनीतिमा प्रवेश गरेका उनी चुनौतीपूर्ण संघर्ष पार गर्दै हाल नेपाली काँग्रेसका सक्रिय सदस्यको रुपमा कार्यरत छन्।… पुरा पढौ

हिन्दू राष्ट्रका लागि जनमतसंग्रह : केसी

पोखरा, १४ मंसिर। नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार तथा उद्योगपति सूर्यबहादुर केसीले जनमतसंग्रहबाट हिन्दू राष्ट्र स्थापना गराउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय परोपकार ज्येष्ठ नागरिक मिलन केन्द्र दीवा सेवाद्वारा पोखरामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले संविधानसभाको सुझाव संकलनका बेला ९० प्रतिशत नेपाली जनताको हिन्दू राष्ट्र राख्नुपर्ने माग हुँदाहुँदै पनि देशलाई धर्म निरपेक्ष बनाइएकोमा आपत्ति समेत व्यक्त गरे। हिन्दू राष्ट्र राख्ने वा… पुरा पढौ

गाउँ नफर्किनेलाई भोट दिँदैनौं

पोखरा, १४ मंसिर। पोखरा २१ निर्मलपोखरीका स्थानीयले चुनावका बेला भोट माग्न आउनेलाई यसपालि भोट नदिने बताएका छन्। पटकपटक चुनाव जिताएर पठाए पनि सांसद फर्केर जनताको समस्या सम्बोधन नगरेको भन्दै उनीहरुले भोट नदिने बताएका हुन्। घरदैलोका क्रममा निर्मलपोखरी पुगेका काँग्रेस उम्मेदवारलाई स्वागत गर्दै उनीहरुले दुर्इ पटक एमालेलाई विजयी गराएर कुनै परिवर्तन नभएको गुनासो गरे। उनीहरुले यसपालीको चुनावमा काँग्रेसका उम्मेदवार देवराज चालिसे… पुरा पढौ

कम्युनिष्टलाई कसैले पत्याउँदैन

पोखरा, १३ मंसिर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन्। कम्युनिष्टलाई स्वदेशी मात्र होइन विदेशीले समेत नपत्याउने भन्दै मुलुकको समृद्धि काँग्रेसले मात्र गर्ने बताए। पोखरामा बुधबार आयोजित काँग्रेसको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताए। कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उनले त्यस्तो बेला कसरी समृद्धि… पुरा पढौ

देश र जनता मेरो सवोपरी देशमा २०४६ सालको पहिलो जनआन्दोलन चल्दै गर्दा दीपक ११ बर्षका थिए। २०३५ सालमा जन्मिएका उनी ११ बर्षपुग्दा नपुग्दै राजनीतिमा छिरिसकेका थिए। आन्दोलन नै उनको पहिलो राजनीतिक यात्राको थालनी थियो। गोरखाको मसेलमा जन्मिएर २०४७ मा परिवारसँगै चितवन बसाईसरेपनि उनी उतै हुर्केका थिए। तर राजनीतिले उनलाई चितवनमा मात्रै सीमित गरेन। धेरै मेहिनत र प्रयासपछि कास्कीमा कोइरालाको उम्मेदवारी… पुरा पढौ