राजनिती

नेकपा एकीकृतले संविधानसभा निर्वाचन बहिस्कार गर्ने

पोखरा, २० साउन।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गर्ने भएको छ। नेकपा (एकीकृत) तमुवान राज्य समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताइएको हो। एकीकृतले पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न देशका विभिन्न सहरमा पत्रकार सम्मेलनको आयोजना गर्ने केन्द्रीय कार्यक्रम तय गरेको थियो। केन्द्रीय समिति बैठकले रामसिंह श्रीषको संयोजकत्वमा केन्द्रीय सङ्र्घर्ष समिति गठन गरेको छ।… पुरा पढौ

नेकपा-माओवादीलाई जनताले बहिस्कार गर्छन् : नेता श्रेष्ठ

पोखरा, २० साउन।एनेकपा माओवादीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले नेकपा-माओवादीले दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गरे माओवादीलाई जनताले बहिस्कार गर्ने चेतावनी दिएका छन्। कास्की क्षेत्र नं. ३ मा संविधानसभा निर्वाचनको लागि परिचालन समितिको संयोजकको रूपमा खटिएर आएका नेता श्रेष्ठले पार्टीका पद र प्रतिष्ठाको विवाद नरहेको जिकिर गरे। उनले भने-'पद्धति र प्रक्रियाको लागि पार्टीका छलफल चलेको हो।’ उनले कार्यदिशा अनुसारको स·ठन निर्माण हुन… पुरा पढौ

माओवादीलाई तेस्रो पत्र पठाउने समितिको निर्णय

काठमाडौँ, १९ साउन। उच्चस्तरीय राजनीतिक समितिको शनिबारको बैठकले नेकपा-माओवादीसहितका ३३ दललाई वार्ताको लागि तेस्रो पत्र पठाउने निर्ण गरेको छ। पछिल्लो समय माओवादीसहितका राजनीतिक दल र समितिमा रहेका दलका शीर्ष नेताहरूबीच भएको वार्ताको निष्कर्षबमोजिम ३३ दलीय गठबन्धनलाई वार्ताका लागि पुनः पत्र लेख्ने बैठकले निर्ण गरेको हो। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलगायतले छलफलका क्रममा व्यक्त गर्नुभएको भावनालाई समेटेर पत्र लेख्न उच्चस्तरीय राजनीतिक समितिका… पुरा पढौ

असन्तुष्ट दलसँग बेग्लाबेग्लै उच्चस्तरीय वार्ता हुने

काठमाडौँ, १८ साउन।उच्चस्तरीय राजनीतिक समितिमा रहेका चार राजनीतिक शक्तिले निर्वाचनबारे फरक दृष्टिकोण राख्दै आएका अरू दलसँग बेग्लाबेग्लै वार्ता गर्ने भएका छन्। समितिको शुक्रबारको बैठकले चुनावलाई सकारात्मक रूपले हर्र्ने दलले उठाएका मागलाई उदारताका साथ सम्बोधन गरेर निर्वाचनमा सहभागी गराउने कार्यमा सहजता होस् भन्ने दृष्टिकोणले समितिमा रहेका दल र निर्वाचनबारे भिन्न धारणा राख्दै आएका दलबीच बेग्लाबेग्लै वार्ता गर्ने निर्णय गरेको हो। आगामी… पुरा पढौ

नेपालको चुनाव शान्तिपूर्वक हुने मूनको विश्वास

काठमाडौ, १८ साउन। संयुक्तराज्य अमेरिकाको साताव्यापी भ्रमणमा हाल अमेरिकामा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संयुक्त राष्ट्रसङ्घका महासचिव बान-की मूनबीच राष्ट्रसङ्घको प्रधान कार्यालय, न्यूयोर्कमा भेटवार्ता भएको छ। राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका अनुसार भेटका अवसरमा नेपालमा लोकतन्त्र, शान्ति प्रक्रिया र संविधानसभाको आगामी निर्वाचनका विषयमा मुख्यरूपमा छलफल भएको थियो। भेटमा अध्यक्ष खनालले नेपालमा आगामी मङ्सिर ४ गतेको… पुरा पढौ

उपराष्ट्रपति झा पोखरामा

पोखरा, १८ साउन।उपराष्ट्रपति परमानन्द झा शुक्रबार पोखरा आएका छन्। उपराष्ट्रपति झाको पोखरा आगमनलाई लिएर पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ। जोर्ज जोन शिक्षा प्रतिष्ठानको १७ औ साधारणसभाको अवसरमा हुने शिक्षासेवीको सम्मान तथा छात्रवृत्ति वितरण समारोहको उद्घाटनका लागि उनी अघिल्लो दिन नै यहाँ आइपुगेका हुन्। शनिबार बिहान साढे ११ बजे पृथ्वीनारायण क्याम्पसमा परिसरमा हुने सो कार्यक्रममा उनले क्लक टावरको पनि उद्घाटन… पुरा पढौ

लेखनाथका मुख्य तीन संस्थामा निर्वाचनको चहलपहल

लेखनाथ, १८ साउन।लेखनाथ नगरपालिकाभित्र रहेका मुख्य तीन संस्था लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्था र लेखनाथ सामुदायिक लायन्स अस्पतालमा चुनावी सरगर्मी बढेको छ। भदौ महिनाभित्र हुने ती संस्थाका लागि अध्यक्ष को हुने भन्नेबारेमा होडबाजी चलेको छ। जसको जनमानसमा चर्चा परिचर्चा उत्तिकै चल्न थालेको छ। विषेशगरी लेखनाथ उद्योग वाणिज्य सङ्घको भदौको २८ र २९… पुरा पढौ

अखण्ड नेपाल पार्टीकास्कीको सङ्गठन विस्तारको क्रम जारी

पोखरा, १८ साउन।अखण्ड नेपाल पार्टीकास्कीको सङ्गठन विस्तारको क्रममा क्षेत्र नं. १ अन्तर्गत लेखनाथ नगरपालिकाको वडा नं. १ को प्रथम वडा अधिवेशन शुक्रबार सम्पन्न भएको छ। वडा अधिवेशनले मोति गिरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा धर्मदत्त पौडेल, महिला उपाध्यक्ष निर्मला बस्नेत, सचिवमा तेजप्रसाद भण्डारी, सहसचिवमा प्रकाश बस्नेत, सहकोषाध्यक्षमा ज्योति बस्नेततथा सदस्यमा भीमबहादुर रोका, लोकबहादुर कुमाल,… पुरा पढौ

आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक, उम्मेदवारी दर्ता असोज १० गते

काठमाडौं, १७ साउन।निर्वाचन आयोगले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले बिहीबार एक सूचना प्रकाशित गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रमअनुसार प्रत्यक्ष निर्वाचनतर्फ दुर्इ सय ४० वटा निर्वाचन क्षेत्रमा उम्मेदवार दर्ता गराउन असोज १० गतेको तिथि तोकेको छ। समानुपातिक प्रणालीतर्फ उमेदवारको बन्द सूची पेश गर्ने कार्यक्रम असोज ७ गतेका… पुरा पढौ

संविधान संशोधन प्रस्ताव अस्वीकार

नेकपा एमालेले समानपातिक तर्फको सिटसङ्ख्या बढाउन मधेसी मोर्चाले गरेको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको छ। मोर्चाको प्रस्तावले मङ्सिर ४ को चुनाव प्रभावित हुने भन्दै एमालेले प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो। कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बिहीबार बसेको एमाले स्थायी समिति बैठकले चुनावको तयारी अघि बढिसकेको अवस्थामा समानुपातिकतर्फको सिट सङ्ख्या बढाउन नसकिने निर्णय गरेको हो। संविधान संशोधनको झमेलामा लाग्दा मङ्सिरको… पुरा पढौ