राजनिती

काँग्रेसका प्रभावशाली नेता पराजित

काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको जारी मतगणनाक्रममा वाम गठबन्धनको अग्रता थप फराकिलो हुँदै गएको छ । प्रतिनिधिसभातर्फका ५० क्षेत्रको मतपरिणाम सार्वजानिक हुँदा वाम गठबन्धनका एमाले ३० र माओवादी केन्द्रले ११ क्षेत्रमा जित हासिल गरेका छन् । काँग्रेसले ६ स्थानमा मात्र विजयी हासिल गरेको छ । शनिबार दिउँसो सार्वजानिक भएको मत परिणाममा नेपाली काँग्रेसका प्रभावशाली नेता समेत पराजित भएका छन् । यद्यपि… पुरा पढौ

मौन अवधि शुरू, अन्तिम दिन तीव्र प्रचार

काठमाडौं, १८ मंसिर । यही मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुको निर्वाचन प्रचारप्रसार सकिएको छ । सोमबार मध्यरातदेखि निर्वाचनको मौन अवधि शुरु भएसँंगै चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रम सकिएको हो । मौन अवधि शुरु भएपछि कुनै दलले चुनाव प्रचार गरेमा निर्वाचन कानुनविपरीत मानिने छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट… पुरा पढौ

राजधानीमा बम आतंक  

दलका उम्मेदवार निर्वाचन प्रचार प्रसारको अन्तिम तयारीमा जुटिरहँदा सोमबार राजधानीका विभिन्न स्थानमा विष्फोटक वस्तु फेला पर्ने र बम विष्फोट हुने घटना सार्वजानिक भएका छन् । बम विष्फोटबाट काँग्रेसका युवा नेता गगन थापासहित ११ जना घाइते भए भने अन्य दुर्इ स्थानमा पनि बम भएको आशंकामा सुरक्षाकर्मीले डिस्पोज गरेका छन् । सोमबार बिहान चुनाव प्रचारप्रसारक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालक्षित बम प्रहार भएको… पुरा पढौ

कास्की सबै केन्द्रमा पुगे सामग्री

पोखरा, १८ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि कास्कीका सबै मतदानस्थलमा सोमबार साँझसम्म निर्वाचन सामग्री पुगेका छन् । सुरक्षाकर्मीको मद्दतमा मतदान अधिकृत र कर्मचारी आवश्यक निर्वाचन सामग्री लिएर सम्बन्धित केन्द्रमा पुगेका हुन् । क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले सोमबार साँझसम्म कास्कीका १ सय ५० मतदानस्थलका ३ सय १७ मतदान केन्द्रमा सामग्री लिएर कर्मचारी पुगिसकेको जानकारी दिए । 'क्षेत्रीय… पुरा पढौ

पाल्पाका मतदानस्थलमै सामग्री

पाल्पा। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गराउन खटिएका मतदान अधिकृत सहित मतदान सामाग्री सबै मतदान केन्द्र्र पुगेका छन्। मतदानसँग सम्बन्धित ६४ प्रकारका सामाग्री कर्मचारी र सुरक्षाकर्मीको टोली दुर्इ सय ६६ मतदान केन्द्रहरुमा पुगेका हुन्। मतदाताको संख्या अनुसार ७ देखि ८ जना कर्मचारी खटाइएको छ। निजामती, स्थानीय तह र शिक्षक गरी १८ सय ७ कर्मचारीको व्यावस्थापन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा… पुरा पढौ

निर्वाचनका लागि सामग्री बुझ्दै कर्मचारी

नवलपुर, १८ मंसिर। जिल्ला निर्वाचन कार्यालय, नवलपुरले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामाग्री सम्बन्धित मतदानस्थल पठाएको छ। जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका कर्मचारी सोमबार साँझसम्म मतदानमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतसँग निर्वाचन सामाग्री पठाउन व्यस्त देखिन्थे। नवलपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा क्षेत्र छन्। प्रदेशसभा सदस्यको २ पदका लागि निर्वाचन क्षेत्र नंं १ मा ८ जना… पुरा पढौ

मतदान केन्द्र महिलाको जिम्मा

पोखरा, १७ मंसिर। कास्कीका चार मतदान केन्द्रको चुनाव गराउने जिम्मा महिला कर्मचारीलाई दिइएको छ। आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि कास्की क्षेत्र १ अन्तर्गत अमरसिंह नमूना विद्यालय, क्षेत्र २ अन्तर्गत पार्दी मावि र नवीन मावि तथा क्षेत्र ३ अन्तर्गत बाराही मावि मतदास्थलका कुल ४ मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ। कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका… पुरा पढौ

प्रचार प्रसारको आज अन्तिम दिन

काठमाडौं १७ मंसिर। पहिलो चरणमा मतदान भएका जिल्लाहरूको मतगनना मंसिर २१ गते दोस्रो चरणको मतदान सकिए लगत्तैबाट शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको मतगणना मंसिर २१ गते सँाझ पाँच बजेपछि शुरु हुने र दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि शुरु हुने प्रमुख निर्वाचन आयुक्त… पुरा पढौ

थापाको घर नजिक राखिएका दुर्इ बम डिस्पोज गरियो

पोखरा, १७ मंसिर। नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा  (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको बम निस्िक्रय गरिएको छ। आइतवार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको थियो। निलो जेब्रा झोला भरिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। दुर्इ वटा बमलाई एक घण्टाको अन्तरमा नस्ट गरिएको छ। एउटालाई १०:०३ बजे र अको १०: ४८ बजे डिस्पोज गरिएको हो। नेपाली… पुरा पढौ

स्वार्थसँग जोडिएको पार्टीवाम गठबन्धन हुन सक्दैन : श्रेष्ठ

पोखरा, १७ मंसिर।नेपाली काँग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले एमाले र माओवादीको गठबन्धनलाई 'वाम’ भन्न नसकिने तर्क गरेका छन्। उनले नेतृत्वको स्वार्थसँग जोडिएको यस्तो खाले गठबन्धनलाई 'वाम’ भनेर कुनै पनि हालतमा भन्न नहुने पनि बताएका हुन्। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आइतवार पोखरा-२५, हेमजाको मिलनचोकमा सम्पन्न कोणसभामा बोल्दै पार्टीका प्रमुख संचेतकसमेत रहेका श्रेष्ठले सो कुरा बताएका हुन। उनले नेपाली… पुरा पढौ