राजनिती

तमु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु, दाहालले भने-‘अब त्रुटि गर्दिनँ, गरेर देखाउँछु

पोखरा, ७ भदौ।एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई बहुमत दिएर एकल रूपमा सरकार चलाउन दिए गरेर देखाउने बताएका छन्। कसैको वैशाखीमा नभइ जनताको बलबाट बलियो सरकार बनाउने र १० वर्षभित्र विकास गरेर देखाउने उनको भनाइ छ। दुर्इ पटकसम्म एमाले र मधेशी मोर्चाको वैशाखीमा सरकार चलाउनु पर्दा पार्टीले चाहे जति गर्न नसकेको उल्लेख गर्दै उनले बहुमत दिएर आफ्नो पार्टीलाई एकलरूपमा… पुरा पढौ

वाईसीएलको अर्को रूप अन्नपूर्ण ब्रिग्रेड घोषणा

पोखरा, ७ भदौ।एमाओवादीले संविधानसभाको निर्वाचनलाई केन्द्रित गर्दै वाईसीएलकै अको संस्करणका रूपमा उत्पादन क्षेत्रमा लगाउने भन्दै अन्नपूर्ण उत्पादन ब्रि्रेड घोषणा गरेको छ । तमुवान् राज्यअन्तर्गतका जिल्लाहरूमा काम गर्नका लागि भन्दै शुक्रबार दाहालसहितका शीर्षनेताहरूको उपस्थितिमा युवा दस्ता सार्वजनिक गरेको हो। ब्रि्रेडको जिम्मा यसअघि वाईसीएल, कास्कीको नेतृत्व सम्हालिसकेका सचिवालय सदस्य दीपक कोइरालालाई दिइएको छ। अध्यक्ष दाहालले ब्रि्रेडमा आवद्ध युवाहरूलाई कृषि उत्पादनमा लगाउनेमात्र नभइ आगामी… पुरा पढौ

युवासंघको विवादले एमाले नेतृत्वमा मतभेद

काठमाडौ, भदौ ३।युवा संघको विवादलाई लिएर नेकपा एमालेको नेतृत्वमा फेरि मतभेद चुलिएको छ। संघको विवादलाई दिएर अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीवीचको विवाद चुलिएको हो। सोमबार राजधानीमा भएको कार्यक्रमहरुमा दुबै नेताले एकअर्काविरुद्ध अभिव्यक्ति दिएपछि एमालेमा विवाद उत्कर्षमा पुगेको संकेत मिलेको हो। अध्यक्ष खनालले युवा सङ्घभित्र अराजकता, अनुशासनहीनता र गुण्डागर्दी देखिएको भन्दै रोक्न पार्टीले पहल गर्ने जानकारी दिए। सोमबार आफ्नै… पुरा पढौ

सरकार र ३३ दलीय मोर्चा वार्ता स्थगित

काठमाडौं, २ भदौ।निर्वाचनको विरोध गरिरहेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र सरकारबीच आइतबार हुने भनिएको वार्ता अचानक स्थगित भएको छ। सरकारले गृहकार्यका लागि समय नपुगेको बताएपछि वार्ता स्थगित भएको बताइएको छ। आइतबारको वार्तामा मोर्चाले राखेको मागमा सरकारले आफनो आधिकारिक धारणा पेश गर्ने अपेक्षा गरिएको थियो। दिउँसो तीन बजे वार्ता गर्ने भनिए पनि सरकारका तर्फबाट अन्तिम समयमा आएर वार्ता स्थगित गर्न… पुरा पढौ

सहमति नभए संविधानसभामा मतदान गरी संविधान जारी गरिने : दाहाल

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचन भएको पाँच महिनासम्म पनि सहमतिमा संविधान नलेखिए छैटौं महिनामा मतदानको माध्यमबाट निर्वाचन लेखिने बताएका छन्। उनले दलहरूबीच पाँच महिनाभित्र सहमति गरिने र सहमति नभए संविधानसभाबाटै मतदान गरी संविधान निर्माण गरिने उल्लेख गरेका हुन्। तोकिएको मितिमै चुनाव हुनेमा सबैलाई विश्वस्त हुन आग्रह गर्दै उनले संविधानसभा गठन भएको एक वर्षमै संविधान लेख्न दलहरूबीच सहमति… पुरा पढौ

अध्यक्षको निर्देशन सबैले मान्नुपर्छ : नेता नेपाल

पोखरा, २ भदौपूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीराजनीतिमा अध्यक्षको निर्देशन सबैले पालना गर्नुपर्ने बताएका छन्। पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीको प्रथम साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। एमाले पद्धतिमा चल्ने पार्टीभएको उल्लेख गर्दै उनले भने-'पार्टीअध्यक्षको निर्देशन सबैले मान्नैपर्छ।’ हालै भएका युवा सङ्घका भेलाहरूप्रति इ·ति गर्दै यस्तो टिप्पणी गरेका हुन्। पार्टीको बैठक नवसेको अवस्थामा अध्यक्षको निर्देशन नै… पुरा पढौ

उच्चस्तरीय समिति संयोजकमा कोइराला, वैद्यसँग छलफल

काठमाडौ, १ भदौ। उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व शनिबारबाट नेपाली काँग्रेसले सम्हालेको छ। चारदलकै शीर्षनेताहरूले हरेक महिना पालैपालो समितिको संयोजकको जिम्मेवारी सम्हाल्ने सहमतिअनुसार शनिबारबाट कोइराला संयोजक बनेका हुन् । यसअघि साउन महिनाभर एकीकृत नेकपा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल समितिको संयोजक रहेका थिए। दाहाल संयोजक बनेका बेला समितिले उपेन्द्र यादव नेतृत्वको मोर्चासँग चुनावमा भाग लिने सहमति गरेको थियो। बैद्य माओवादी र संघीय समाजवादी… पुरा पढौ

मतदाता नामावली दर्ता पुनः सुरू

मतदाता नामावलीमा छुटेकाहरूका लागि निर्वाचन आयोगले शनिबारदेखि पुनः नामावली दर्ता सुरू गरेको छ। असार मसान्तसम्म पहिलो चरणमा मतदाता नामावली संकलन गरेको आयोगले झण्डै ५० लाख मतदाता छुटेपछि दोस्रो चरणमा एक हप्ताका लागि पुन मतदाता नामावली संकलन गरेको हो। निर्वाचन कार्यतालिकामा असर नगर्ने गरी शनिबारदेखि ७ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावली सम्वन्धी विशेष कार्यक्रम सञ्चालन गरेको छ। पुनः नामावली… पुरा पढौ

आदिवासीले आफ्नो शक्तिको पहिचान गर्नुपर्छ : गुरुङ

पोखरा, १ भदौ।नेपाल लोकतान्त्रिक महासंघ कास्की क्षेत्र नं. २ स्तरीय कार्यकर्ता भेला शनिबार पोखरामा सम्पन्न भयो। भेलामा बोल्दै प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासीको माग के हो, कुन-कुन माग पूरा भयो र बाँकी माग पूरा गर्न के गर्नुपर्दछ भन्ने बुझ्नु जरुरी रहेको बताए। आदिवासीहरुले आफ्नो शक्तिको पहिचान गर्नुपर्ने, अरुको पछि लाग्न नहुने धारणा राख्दै प्रमुख… पुरा पढौ

कम्युनिष्ट र प्रजातान्त्रिक शक्तिको मिलनविन्दु नै अहिलेको निकास : चन्द

बेसीसहर, १ भदौ।नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले प्रजातान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिबीचको मिलनविन्दुबाट निस्कने निष्कर्ष नै अहिलेको निकास भएको बताएका छन्। नेकपा-माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको प्रथम जिल्ला सम्मेलन उद्घाटनका लागि शनिबार सदरमुकाम बेसीसहर पुगेका चन्दले क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालमा रहेका प्रजातान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिबीच साझा मिलन विन्दुमा जान आवश्ययक रहेको बताए। नेकपा… पुरा पढौ