राजनिती

निरन्तर मन्त्री, विकासको खडेरी

कास्की क्षेत्र नम्बर १ सँग एउटा गज्जबको इतिहास छ। पञ्चायतपछिका चुनावमा यो क्षेत्रबाट जितेका सबै सांसद मन्त्री बनेर निस्किएका छन्। जनताको मत लिएर काठमाडौं हानिएका नेता कहिलै पनि खाली हात फर्किएनन्। २०४८ सालमा चुनाव जितेका काँग्रेस नेता तारानाथ रानाभाट पञ्चायत ढलेपछि पहिलो पटक कास्कीबाट मन्त्री बने। २०५१ सालमा खगराज अधिकारीले चुनाव जिते, उतिबेला मन्त्री बन्न पाएनन्। तर उनै खगराज २०७०… पुरा पढौ

विन्दुको विजयी र्‍याली

पोखरा, २४ मंसिर।कास्कीमा नेपाली काँग्रेसबाट एकमात्र सिट जितेर पार्टीको साख जोगाएका विन्दुकुमार थापाले जितपछि मतदातालाई धन्यवाद दिएका छन् । जितको खुशीयालीमा आइतबार पोखराको चिप्लेढुंगाबाट विजयी र्‍याली निकालियो । उक्त क्रममा उनले मतदातालाई प्रति आभार व्यक्त गर्दै राजनीतिलाई आफूले पेसा नभै सेवाको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा तर्फ कास्की क्षेत्र २ -ख) बाट निर्वाचित काँग्रेसका विन्दुकुमार थापाले आगामी दिनमा समृद्धि र… पुरा पढौ

विद्यार्थी राजनीतिका बादशाह दोस्रो पटक सांसद

पोखरा, २४ मंसिर। खगराज अधिकारी विद्यार्थी राजनीतिका बादशाह हुन्। उनी एमालेका पुराना नेता तर उनको राजनीतिक सक्रियता सधैँ नयाँ। ५६ वर्षीय अधिकारी २०१८ सालमा कास्कीको बेगनासमा जन्मिए। सानै उमेरदेखि उनको चाख राजनीतिमा थियो। १४ वर्षको कलिलै उमेरमा उनले पार्टीसदस्यता लिए। त्यसपछि २०३७ सालमा उनी पूर्णकालीन कार्यकर्ता भएर लागे। त्यसअघि नै अधिकारी ०३६ सालमा अखिलको कास्की जिल्ला अध्यक्ष बने। पूर्णकालीन कार्यकर्ता… पुरा पढौ

किसानका छोरा सांसद बने

पोखरा, २४ मंसिर। कमजोर आर्थिक अवस्था, खाने लाउने चिन्ताले परिवारलाई सताउँथ्यो। भोकै स्कूल पुग्थे कहिले त रामजी। उनलाई चिनेकाहरु उनका दुःख केलाउन पनि मान्दैनन्। त्यति दयनीय जीवन बिताए उनले। १० कक्षासम्म पढ्दा खाली खुट्टा हिडेका उनी जनताका खुट्टामा जुत्ता चप्पल दिलाउन राजनीतिमा लागे। साविक पुम्दीभुम्दी गाविसस्थित डाँडाथोकमा २०२३ सालमा जन्मिएका रामजीप्रसाद बराल निम्नवर्गीय किसान परिवारका छोरा हुन्। गाउँकै महेश्वरी प्राविबाट… पुरा पढौ

प्रदीप पौडेल ५ मतअन्तरले पराजित

खैरेनीटार, २४ मंसिर । तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबै छ वटै क्षेत्रमा वाम गठबन्धनले बाजी मारेको छ । क्षेत्र १ मा प्रतिनिधिसभातर्फ काँग्रेसका वरिष्ठ नेता समेत रहेको उम्मेदवार रामचन्द्र पौडेललाई ६ हजार ८ सय २ मतअन्तरले पराजित गर्दै वामगठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठले जित हात पारेका छन् । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएका छन् भने पौडेलले २७ हजार ६ सय ९०… पुरा पढौ

चितवनको प्रतिनिसभामा एक र प्रदेशतर्फ चार स्थानमा वाम विजयी

चितवन, २४ मंसिर । चितवनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार जना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बाँकी प्रतिनिधिसभाका दुर्इ र प्रदेशसभाका दुर्इ स्थानमा पनि वाम गठबन्धनले नै अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. २ बाट नेकपा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन् । पोखरेलले ४४ हजार ६७० प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार… पुरा पढौ

पश्चिम नवलपरासीमा माओवादी केन्द्र कमजोर

नवलपरासी २५ मंसिर। प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीमा वामगठबन्धनमा माओवादी केन्द्रमात्र पराजित भएको छ। माओवादी केन्द्र पराजित भएको एक स्थानमा नेपाली काँग्रेसले जितेको छ भने अर्को स्थानमा काँग्रेस नै जित नजिक छ। पश्चिम नवलपरासीमा राजपाबाट असन्तुष्ट भएको हृदयश त्रिपाठी, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा त्रिपक्षीय वामगठबन्धन भन्दै चुनावी मैदानमा उत्रिएका थिए। दुर्इ प्रतिनिधिसभामध्ये १… पुरा पढौ

एमाले उपमहासचिव पौडेल विजयी

बुटवल, २४ मंसिर । रूपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा -एमाले) का उपमहासचिव तथा पूर्वर्अर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी भएका छन्। उनले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत… पुरा पढौ

हारेर पनि जितको अभिव्यक्ति दिनेहरू

काठमाडौँ, २४ मंसिर । सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरूले भन्ने गर्छन्-"जालझेल गरेर हराइयो।" नेपालमा राजनीतिक संस्कार र संस्कृतिको विकास हुन सकेको छैन। धाँधली, जालझेल तथा अनियमितताका आधारमा निर्वाचन जितेको जनाउँदै हार्नेले जित्नेलाई सत्तोसराप गर्ने संस्कृति हट्न सकेको छैन, जबकि संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका उम्मेदवारले हार्ने निश्चित भएपछि तुरुन्तै विजयीलाई बधाई दिने चलन छ। नेपालमा पनि केही नेता यस्ता देखिएका छन्,… पुरा पढौ

रवीन्द्रको ह्याटि्रक, वागीबीच बिन्दु विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको गत मंसिर २१ मा भएको मतदानको पछिल्लो नतिजामा कास्कीमा वाम गठबन्धनले वर्चस्व जमाएको छ । प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ गरी कुल ९ क्षेत्रमध्ये ८ वटै क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार जितउन्मुख हुँदा प्रदेशसभातर्फ नेपाली काँग्रेसले एउटामात्र क्षेत्र जित्दै 'क्लीन स्वीप’ हुनबाट जोगायो । शनिबारको अन्तिम परिणाममा कास्कीमा प्रतिनिधिसभातर्फ क्षेत्र २ र क्षेत्र ३ मा… पुरा पढौ