राजनिती

एमाओवादीले मुलुकको नेतृत्व लिन्छ : प्रचण्ड

काठमाडौँ, ८ वैशाख।एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदा दिन मुलुकको नेतृत्व आफ्नो पार्टीे लिने भएकाले सोहीअनुसार अगाडि बढ्न विद्यार्थीलाई निर्देशन दिएका छन्। आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकलाई सक्षम र दीर्घकालिक नेतृत्व दिन सक्षम एमाओवादी मात्रै भएको दाबी गरे। एमाओवादीको शीर्ष नेतृत्वको हैसियतले आफूले हालै गरेको चीन भ्रमणले पनि नेपालको आर्थिक,… पुरा पढौ

एमाओवादीले न संविधान न पार्टीबँचायो : अधिकारी

पोखरा, ८ वैशाख।नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पूर्व सभासद् रविन्द्र अधिकारीले एनेकपा माओवादी न संविधान, न पार्टीबँचाउन सकेको बताएका छन्। नेकपा एमाले कास्की क्षेत्र नं.३ को ‘गाउँ टोलमा नेकपा एमाले’ एक महिने अभियान अन्तर्गत शनिबार कृस्ती गाविसमा वृहत् जनसभा उनले सो कुरा बताएका हुन्। जनसभामा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सृजना शर्माले नेकपा एमालेको सिद्धान्त र विचार हेरेर जनता… पुरा पढौ

दोष लुकाउन राष्ट्रपतिलाई कु को आरोप : महत

पोखरा, ७ वैशाख।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले पूर्वप्रधानमन्त्री एवं एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो दोष लुकाउन राष्ट्रपतिबाट कु को प्रयास भएको भन्ने आरोप लगाएको बताएका छन्। उनले पूर्वप्रधानमन्त्री भट्टराईको राष्ट्रपतिबाट चार पटकसम्म मुलुकमा कु गर्न खोजिएकोभन्ने भनाइ आफ्नो असफलता र राजनीतिक अपराध लुकाउने प्रयास भएको भन्दै हास्यास्पद भएको टिप्पणी गरे। राष्ट्रपतिमाथि लगाइएको त्यस्तो आरोप राष्ट्रपतिको मर्यादामा आँच… पुरा पढौ

अहिलेकै अवस्थामा मङ्सिरमा चुनाव असम्भव : केसी

पोखरा, ७ वैशाख।राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभासद् सूर्यबहादुर केसीले यही अवस्था रहिरहे मङ्सिरमा पनि निर्वाचन नहुने ठोकुवा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीर राष्ट्रिय जनशक्ति पार्टीकास्कीको संयोजनमा केसीले शनिबार नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै केसीले राजनीतिक दलहरू विदेशीको इशारामा चल्ने भएकोले पनि मङ्सिरमा चुनाव नहुने शड्ढा बढेको बताए। दलहरूले राजनीतिक दलका प्रतिनिधिभन्दा पनि… पुरा पढौ

एमालेले एक्लै बहुमत ल्याउँछ : नेता अधिकारी

पोखरा, ६ वैशाख।नेकपा एमाले गण्डकी अञ्चल इन्चार्ज खगराज अधिकारीले आगामी संविधानसभाको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्। एमालेनिकट पेसागत महासङ्घ नेपालले आयोजना गरेको गण्डकी अञ्चल स्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने-’नेकपा एमाले एक्लै बहुमत ल्याउन सक्ने अवस्थामा छ।’ देशमा अहिले चुनाव हुन नदिने षड्यन्त्र भइरहेको भन्दै उनले मुद्दा मिल्नेसँग चुनावी तालमेल हुन सक्ने… पुरा पढौ

एमालेले भोटका लागि विकाउ काम गर्दैन – पूर्वसभासद अधिकारी

पोखरा, ३१ चैत।पूर्वसभासद रवीन्द्र अधिकारीले नेकपा एमालेले भोटका लागि कहिल्यै पनि विकाउ खालको काम नगर्ने दाबी गरेका छन्। नववर्ष २०७० सालको अवसरमा नेकपा एमाले विशेष नगर इलाका कमिटि क्षेत्र नं ३ ले शनिबार आयोजना गरेको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम बोल्दै उनले सो कुरा बताएका हुन्। उनले माओवादीले सुकुम्वासी समाधानको लागि परिचयपत्र दिने वहानामा भोटका लागि वाहियातको राजनीति र विकाउ… पुरा पढौ

प्रमुख दलद्धारा कात्तिक मसान्तसम्ममा निर्वाचन गर्न प्रस्ताव

काठमाडौ, ३० चैत।प्रमुख चारदलका शीर्षनेता सम्मिलित उच्चस्तरिय राजननीतिक संयन्त्रले कात्तिक मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने गरी नयाँ मिति घोषणा गर्न सरकारलाई आग्रह गर्ने भएको छ। निर्वाचनका लागि कात्तिक २८ गतेको दिन उपयुक्त हुने निष्कर्ष निकाल्दै संयन्त्रले सोही मितिमा चुनाव गर्न सरकारलाई सुझाव दिने अनौपचारिक निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समिति सचिवालयमा शुक्रबार बसेको संयन्त्रको बैठकले असारमा निर्वाचन गर्ने… पुरा पढौ

राजनीतिक संयन्त्रको दायरा फराकिलो बनाउँछुः : सभापति कोइराला

नेपाली काग्रेसका सभापति सुशील कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रमुख चार दलबाहेकका दललाई समेत सहभागि गराइने बताउनुभएको छ। आगामी महिनाबाट राजनीतिक समितिको नेतृत्व आफूले आउने र त्यसपछि चारदलीय संयन्त्रको दायरा फराकिलो बनाउने बताएका हुन्। राजधानीमा पत्रकारहरूसँग कुरा गर्दै सभापति कोइरालाले राजनीतिक समितिको नेतृत्व आफूमा आएपछि नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गरेर निर्वाचनमा ल्याउन… पुरा पढौ

काङ्ग्रे्रस महासमिति बैठक सम्पन्न राजनीतिक प्रतिवेदन परिमार्जन गर्न समिति गठन

काठमाडौं, २९ चैत।१६ बुँदे घोषणापत्र जारी गर्दै नेपाली काङ्ग्रेसको महासमिति बैठक नवलपरासीमा बिहीबार सम्पन्न भएको छ। बैठकले उपसभापति रामचन्द्र पौडेलले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्न एक समिति गठन गरेको छ। महासमिति बैठकमा प्राप्त भएका सुझावलाई समेत अध्ययन गरी त्यसका आधारमा परिमार्जन गर्नेगरी बैठकबाट राजनीतिक प्रस्ताव पारित भएको छ। महासमिति बैठकमा पौडेलको प्रस्तावमा निकै आलोचना भएपछि बैठकबाटै अन्तिम रूप दिन… पुरा पढौ

चुनाव रोकिँदैनः दाहाल

पोखरा, २९ चैत।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनलाई अवरोध गर्न खोज्दैमा नरोकिने बताएका छन्। जुनसुकै हालतमा पनि अब चुनाव हुने उनले बताए। वैद्य समूहको नेकपा-माओवादीलगायतका केही दलले चुनावको विरोध गरिरहेकोमा त्यो विरोध नेपाली जनताको चाहनाविपरीत रहेको उनको भनाइ थियो। चुनाव नचाहने प्रतिक्रियावादी शक्तिले उचालेर चुनावी गतिविधिको अवरोध गर्न उक्साइएको उनले आरोप लगाए। ‘कसैले चाहेर पनि अब चुनाव रोकिँदैन’-पोखरामा… पुरा पढौ