राजनिती

सत्ता हस्तान्तरण गर्न देउवा आतुर

चितवन, ११ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्। सौराहामा मंगलबार आयोजित हात्ती महोत्सव उद्घाटन गर्दै उनले सम्पूर्ण प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताएका हुन्। उनले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउँदै निर्वाचनले नेपाली काँग्रेसलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास… पुरा पढौ

वाम एकता प्रक्रिया अन्योल

काठमाडौं, ११ पुस। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धनसँगै पार्टीएकता हुने बताए पनि एकता प्रक्रियामा अन्योलता देखिएको छ। एकता प्रक्रिया ढिला हुँदै गएपछि विभिन्न आशंका तथा अड्कलबाजी चलिरहेका बेला दुवै पार्टीका शीर्ष नेताबीच मंगलबार छलफल हुने तय भए पनि त्यसो नहुँदा आशंकालाई थप प्रशय मिलेको हो। दुवै दलका पार्टीनेता राजधानी बाहिर रहेका कारण एकता संयोजन समितिको बैठक बस्न… पुरा पढौ

अध्यादेशमा दलको लर्डाई

काठमाडौ, १० पुस । राष्ट्रिय सभा गठनको अध्यादेशलाई लिएर प्रमुख दलहरुबीच रहेको मतभेद थप चुलिँदै जाँदा यसलाई दलहरुले प्रतिष्ठाको विषय बनाएपछि निकासमा थप जटिलता उत्पन्न भएको छ । राष्ट्रपति कार्यालयमा अड्किएको अध्यादेश फिर्ता गराउने र जारी गराउनेबारेमा काँग्रेस र एमालेले प्रतिष्ठाको विषय बनाएपछि सहमतिको सम्भावना न्यून हुँदै गएको हो । अध्यादेशलाई लिएर सत्तारुढ नेपाली काँग्रेसले आफ्नो सबै भातृ संगठनमार्फत आन्दोलनको चेतावनी नै दिएको… पुरा पढौ

दुर्इ साताभित्र नयाँ सरकार : राई

पोखरा, १० पुस। अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण कास्कीको छोम्रोङमा शुरु भएको छ। अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन ब्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा सोमबार शुरु महोत्सव १५ गतेसम्म चल्नेछ। 'पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा ल्होसार पर्व सर्न्दर्भ पारेर महोत्सवको दोसो चरण ल्होसार विशेष कार्यक्रमरुपमा मनाइएको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित… पुरा पढौ

पछाडि जाने ठाउँ छैन : दाहाल

चितवन, ९ पुस। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टीएकताका लागि पछाडि जाने ठाउँ नै नभएको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आइतवार भरतपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदका लागि बधाई तथा स्वागत कार्यक्रममा बोल्दै दाहालले पछाडि फर्किने पुल भत्काएर आएकाले पछाडि फर्किने ठाउँ नरहेको बताए। 'हामीले पुल भत्काएर अगाडि बढेका… पुरा पढौ

अध्यादेशबारे राष्ट्रपतिद्वारा राजनीतिक परामर्श

काठमाडौं ९ पुस। राष्ट्रिय सभा गठन अध्यादेशमा दलहरुवीच सहमति कायम नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्शलाई त्रि्रता दिएकी छन्। राजनीतिक दल र कानून व्यवसायीहरुसँग लगतार परामर्शमा रहेका राष्ट्रपति भण्डारीले आइतावार मधेश केन्द्रीत दल संघीय समाजवादी फोरमका शीर्ष नेताहरुसँग छलफल गरेकी हुन्। दलहरुसँग परामर्शका क्रममा रहेका राष्ट्रपतिले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गरेकी हुन्। शीतल निवासमा… पुरा पढौ

एमाले-माओवादी एकताको आन्तरिक तयारीमा

काठमाडौं, ६ पुस। निर्वाचन सकिएपछि सबैको चासो वामएकता कहिले हुने भन्नेमा केन्द्रित भइरहेको बेला वाम गठबन्धनका घटक नेकपा एमाले र माओवादी  केन्द्र पार्टिएकताको गृहकार्यमा जुटेका छन्। कतिपयले वाम पार्टिे एकता हुनेमै शंका व्यक्त गरिरहेको बेला दुवै दलका शीर्ष नेताले पार्टिएकता भएरै छाड्ने दोहोर्‍याउँदै ती दल आन्तरिक तयारीमा पनि जुटेका छन्। एकताको गृहकार्यका लागि माओवादी केन्द्रले गत सोमबार नै बैठक राखेर… पुरा पढौ

अध्यादेशले राष्ट्रपति चेपुवामा

काठमाडौ ५ पुस। राष्ट्रियसभा गठन अध्यादेश विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी सरकार र वाम गठबन्धनको चेपुवामा परेकी छन्। सरकारका प्रवक्ताले पत्रकार सम्मेलन नै गरेर अध्यादेश नरोक्न सार्वजनिक रुपमा आग्रह गरेको भोलिपल्ट बुधबार वाम गठबन्धनका शीर्ष नेताले राष्ट्रपतिलाई भेटेरै अध्यादेश जारी नगर्न आग्रह गरेपछि राष्ट्रपति थप चेपुवामा परेकी हुन्। दुवै पक्षको दबाबका कारण राष्ट्रियसभा गठन प्रक्रिया झन् अन्योलमा परेको छ। वाम… पुरा पढौ

एमाले उम्मेदवारले बुझाए खर्च विवरण

नवलपरासी, ५ पुस। नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) बाट निर्वाचित नेकपा एमालेका उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन्। यहाँ प्रतिनिधिसभाका २  र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेकोमा एमालेले प्रतिनिधिमा १ र प्रदेशसभा सदस्यमा २ स्थानमा जित हात पारेको थियो। प्रतिनिधिसभा सदस्यमा नवलपुर क्षेत्र २ बाट निर्वाचित तिलक महत, प्रदेशसभा सदस्यमा नवलपुर निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित रोशनबहादुर गाहा र… पुरा पढौ

एकता र सरकार गठन सँगै : माओवादी

काठमाडौं, ३ पुस। वाम गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टीकतासँगसँगै हुनुपर्ने जनाएको छ। निर्वाचनलगत्तै पार्टीकता हुने उद्घोषका साथ चुनावी तालमेल गरेका दुर्इ घटकमध्ये नेकपा एमालेले सरकार गठनपछि मात्र पार्टीकता गर्ने भन्ने धारणा सार्वजनिक भइरहेको बेला माओवादी केन्द्रले यसबारेमा आफ्नो औपचारिक धारणा बनाएको हो। चुनावपछि पार्टीकता गर्ने गरी एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए। पार्टीार्यालय पेरिसडाँडामा… पुरा पढौ