राजनिती

मतपेटिका फुटाएकोप्रति निर्वाचन आयोगको आपत्ति

नेकपा-माओवादीले निर्वाचन बहिस्कार अभियानको उद्घोष गर्दै नमुना मतपेटिका फुटाएकोप्रति निर्वाचन आयोगले गम्भीर आपत्ति जनाएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेकाले यस्ता क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ। 'निर्वाचन बहिस्कार गर्ने नाममा नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले मतपेटिका फुटाएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’-आयोगका प्रवक्ता वीरबहादुर राईद्वारा जारी बिज्ञप्तीमा भनिएको छ-'जनताको अधिकारलाई मूर्तरूप दिने अभियानमा कुनै… पुरा पढौ

मङ्सिरमै निर्वाचन हुनेमा भारत विश्वस्त : नेपाल

काठमाडौं, १३ साउन।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी मङ्सिर ४ मा निर्वाचन हुनेमा भारत आश्वस्त रहेको बताएका छन्। नेपालको समस्या नेपालीबाटै समाधान हुनुपर्ने उनको भनाइ छ। पाँच दिन लामो भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले घोषित मितिमै निर्वाचन होस् भन्ने भारतीय शुभेक्षा रहेको बताएका हुन्। नेता नेपालले आफ्नो भारत भ्रमण सद्भाव अभिवृद्धिका लागि… पुरा पढौ

मतपेटिकामा घन हानेर शहीदको सपना फुटाएको दाहालको आरोप

काठमाडौं, १२ साउन।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा- माओवादीले संविधानसभा चुनावको नमुना मतपेटिकामा घन हानेर महान शहीदहरूको सपना फुटाएको आरोप लगाएका छन्। काभ्रेमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधानसभा माओवादीले नै ल्याएको र त्यसैको लागि दशौं हजारले बलिदान दिएकोले संविधानसभाको निर्वाचन असफल बनाउन नहुने बताए। नेकपा-माओवादीको केही दिनअघिको निर्वाचन बहिस्कार अभियानका क्रममा संविधानसभाको चुनावको नमुना मतपेटिका घनले हानेको फुटाएको… पुरा पढौ

निर्वाचन नभए घायल अन्तरिम संविधान पनि मूर्च्छा पर्छ : आचार्य

पोखरा, १२ साउन।पुनरावेदन अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्यले संविधानसभाको निर्वाचन नभए अध्याादेशद्वारा घायल अन्तरिम संविधान पनि मुर्च्छा पर्न सक्ने बताएका छन्। मानव अधिकार तथा शान्ति समाज कास्कीको १५ औं साधारणसभाको शनिबार उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले निर्वाचन लोकतन्त्रको निर्विकल्प अ· भएको बताए। मानव अधिकार, शान्ति, विकास र न्याय कहिल्यै भुल्न नहुने कुरा भएको उल्लेख गर्दै उनले अब बन्ने संविधानमा भोकाहरूले… पुरा पढौ

अखण्ड युवा मञ्च नेपाल गठन

पोखरा, १२ साउन।अखण्ड नेपाल पार्टीको भातृसङ्गठनको रूपमा 'अखण्ड युवा मञ्च नेपाल’ गठन गरिएको छ। देशैभरिका युवाहरूको पोखरामा भएको भेलाले अखण्ड युवा मञ्च नेपाल गठन गरेको हो। भेलाले हिमाल खड्काको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ। मञ्चको वरिष्ठ उपाध्यक्षमा हरि थापा, महिला उपाध्यक्षमा दया बराल, सचिवमा द्वरीका कार्की र कोषाध्यक्षमा भेषबहादुर अधिकारी रहेका छन्। अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुमार… पुरा पढौ

एमाले नेता नेपाल र भारतीय प्रधानमन्त्री सिंहबीच भेट, तोकिएकै समयमा निर्वाचन गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, ११ साउन।भारतले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नका लागि सक्दो सहयोग गर्ने बताएको छ। भारत भ्रमणमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच शुक्रबार नयाँदिल्लीमा भएको भेटवार्तामा भारतले यस्तो बताएको हो। भेटमा द्विपक्षीय सम्बन्ध र नेपालमा हुन गइरहेको दोस्रो संविधानसभाको निर्वाचनको विषयमा छलफल भएको थियो। भेटमा प्रधानमन्त्री सिंहले आगामी संविधानसभा निर्वाचनमा भारत सक्दो सहयोग… पुरा पढौ

चुनावलाई मितव्ययी बनाउन आग्रह

विभिन्न राजनीतिक दलका शीर्ष नेताले निर्वाचनलाई मितव्ययी र भड्किलो तथा खर्चिलो हुनबाट जोगाउनुपर्ने बताएका छन्। युवा सङ्घले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दलका नेताहरूले आगामी निर्वाचनलाई भड्किलो हुन नदिने बताएका हुन्।  एकीकृत माओवादीका नेता वर्षमान पुनले मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको संविधानसभा निर्वाचनलाई कुनै पनि शक्तिले बिथोल्न नसक्ने बताए। उनले चुनावलाई मर्यादित र व्यवस्थित बनाउन दलका नेताहरूले खर्चको मितव्ययी… पुरा पढौ

तेस्रोलिङ्गी समुदायलाई चुनाव लाग्यो, रूपन्देहीमा तीन जना उम्मेदवारको नाम र्सार्वजनिक

बुटवल, ११ साउन।राजनीतिक दलहरू संविधानसभाको निर्वाचन गर्ने र नगर्ने विषयमा चरम विवादमा फसिरहेको बेला यौनिक तथा लैगिक अल्पसङ्ख्यक भने निर्वाचनमा होमिएका छन्। उनीहरूले आफ्नो समुदायको तर्फबाट उम्मेदवारको नाम नै र्सार्वजनिक गरेर प्रचार-प्रसारमा उत्रिएका हुन्। निर्वाचन गराउने दायित्व बोकेका ठूला भनिएका दललाई पनि चुनाव हुनेमा आशंका भैरहेका बेला तेस्रो लिङ्गीहरू भने आफ्ना उम्मेदवारलाई मत माग्नसमेत सुरु गरेका छन्। उनीहरू आफ्नो छुट्टै… पुरा पढौ

सहमति भए संयन्त्र खारेज गरी सरकार हेरफेर गर्न सकिने शीर्ष तीन दलको प्रतिबद्धता

काठमाडौं, १० साउन।प्रमुख तीन दलका शीर्षनेताहरूले मङ्सिर ४ गते घोषणा भएको निर्वाचन सम्पन्न गर्न नेकपा माओवादीलगायतका दलहरू सहमत भए उच्चस्तरीय संयन्त्र विघटनलगायतका माग पूरा गर्न सकिने बताएका छन्। नेताहरूले असन्तुष्ट दलहरूको अन्य मागमा समेत छलफल गरी सहमतिमा पुग्न सकिने भन्दै ती दलहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्। पेशागत सञ्जाल पापडको संयोजनमा बिहीबार प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काङ्ग्रेस… पुरा पढौ

नेकपा-माओवादीको चुनाव बहिस्कार आन्दोलन सुरु

नेकपा-माओवादीले मङसिर ४ को लागि घोषित संविधानसभा निर्वाचनको विरोधस्वरूप देशका विभिन्न जिल्लामा मतपेटिका फुटाएर बहिस्कारको औपचारिक घोषणा गरेको छ। खिलराज रेग्मी नेतृत्वको सरकारले आगामी मङ्सिर ४ मा दोस्रो संविधानसभा निर्वाचन गर्ने घोषणा गरेलगत्तै माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले समेत आन्दोलन गर्दै आएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा माओवादीका शीर्षनेताहरूले एकै समयमा मतपेटिका फुटाएर निर्वाचन बहिस्कारको साड्ढेतिक विरोध जनाएका हुन्। काठमाडौंको… पुरा पढौ