राजनिती

मुख्यमन्त्री भित्र्याउन सिंगारिँदै सिंहदरबार

पोखरा, १५ माघ । यतिबेला सरकारको ध्यान प्रदेश सरकार गठन र उनीहरुको व्यवस्थापनमा केन्द्रित छ । सबै प्रदेशका अस्थायी केन्द्रमा नयाँ संरचना अनुसारको सरकार भित्र्याउने चटारो उत्तिकै छ । मन्त्रालय (मिनी सिंहदरबार) र मन्त्रीका निवास सिंगारपटारमा कर्मचारीको पूरै बल परिचालित छ । पोखरा सबैले निर्विकल्प राजधानी मान्छन् । त्यसकै आडमा सरकारले यहाँका संरचना बढी स्थायी खालको बनाउँदैछ । सकेसम्म लामो समय फेरवदल नहुने गरी मन्त्रालय र क्वार्टर… पुरा पढौ

कामचलाउ सरकारका धमाधम महत्वपूर्ण निर्णय

काठमाडौं, १५ माघ । निर्वाचनबाट ताजा जनमत आएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले राष्ट्रिय महत्वका निर्णय गर्ने क्रम भने जारी नै छ । यसैक्रममा सोमबारको मन्त्रिपरिषद् बैठकले पनि सरकारी संस्थान खारेज गर्नेदेखि लिएर, शहीद घोषणा र अनलाइन निर्देशिका स्वीकृतसम्मका निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषिद् बैठकले नेसनल टे्रडिङ लिमिटेड खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घाटा चुलिँदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेसनल… पुरा पढौ

एमाले र माओवादी केन्द्रबीच प्रदेशमा नेतृत्व बाँडफाँडमा सहमति

काठमाडौँ, १४ माघ : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ। एमालेको संसदीय दलको कार्यालयमा पार्टीएकता संयोजन समितिद्वारा गठित कार्यदलको आइतबार बसेको बैठकले दुर्इ पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो। कार्यदलका सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले मुख्यमन्त्रीमा… पुरा पढौ

पार्टीएकता निष्कर्षतिर

काठमाडौं/नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टीएकतालाई शीघ्र निष्कर्षमा पुर्‍याउने सहमति गरेका छन्। ललितपुरमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा सो सहमति भएको हो। राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न समेत दुर्इ पार्टीका अध्यक्ष तयार भएका हुन्।… पुरा पढौ

थापाको उम्मेदवारी खारेज, पन्थ सर्वसम्मत

पोखरा, १३ माघ। प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ। अपा·ता भएकाको कोटामा वाम गठबन्धनको तर्फबाट उनले मनोनयन दर्ता गराएका थिए। अपाङ्गता प्रमाणित गर्ने कागजात वैध नभएको ठहर गर्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको हो। प्रतिष्पर्धी काँग्रेस उम्मेदवार प्रकाश पन्थले कागजात नपुगेको भन्दै बिहीबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए। त्यसको छानविनपछि… पुरा पढौ

सरकारका निर्णयले जनमतको खिल्ली उडायो : दाहाल

चितवन, १३ माघ। नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सरकारका निर्णयले जनमतको खिल्ली उडाएको बताएका छन्। प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहाललेे सरकारले गरेका पछिल्ला निर्णय काँग्रेसको लोकतान्त्रिक चरित्रविपरीत भएको बताए। उनले भने-'यस्ता निर्णयले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो।’ उनले भने-'दीर्घकालीन महत्व र गम्भीर प्रकृतिका निर्णय धमाधम गर्दा त्यसले घाटा… पुरा पढौ

उम्मेदवारलाई भोलि चुनाव चिन्ह

काठमाडौँ, १३ माघ : निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिहृन प्रदान गर्दैछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिहृन प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा आइतवार दिउँसो २… पुरा पढौ

नयाँ सरकारले निर्णयउल्ट्याउन सक्ने

काठमाडौं, ११ माघ । नेकपा एमालेले वर्तमान कामचलाउ सरकारले राज्यलाई दूरगामी असर पर्ने खालको निर्णय गरेको र त्यस्ता निर्णयले अर्थतन्त्रमा गम्भीर भार पर्ने भन्दै आपत्ति जनाएको छ । एमालेले कामचलाउ सरकारका पछिल्ला निर्णय मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकारात्मक प्रभाव पार्ने गरी निर्णय लिइरहेको जनाएको हो । एमाले मुख्यालय धुम्बराहीमा बिहीबार पत्रकार सम्मेलनमा गरेर उसले सरकारले लिइरहेका नीति र कदमबारे पार्टीधारणा सार्वजनिक गरेको… पुरा पढौ

स्थानीय तहलाई ३० नमूना कानून

काठमाडौँ, ९ माघ  : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पुर्‍याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ। देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिए। उनले तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको हो भने। संविधानको अनुसूची-८ बमोजिम स्थानीय तहका… पुरा पढौ

राष्ट्रियसभामा उम्मेदवारी आज

काठमाडौं, ९ माघ। यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि बुधबार सातवटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ। सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, र्सुखेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारी दर्ता गराउने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी मनोनयन दर्ता बिहान १० देखि दिउँसो ४ बजेसम्म गराउन सक्ने आयोगले जनाएको छ। उम्मेदवारी मनोनयनका… पुरा पढौ