राजनिती

‘राष्ट्रिय सभालाई गरिमामय बनाउँछु

पोखरा, ७ चैत। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गणतन्त्रपछिको पहिलो राष्ट्रिय सभालाई गरिमामय बनाउने प्रतिबद्धता गरेका छन्। नेपाल पत्रकार महासंघ कास्कीद्वारा बुधबार आयोजित पहिलो 'फेस टु फेस’ कार्यक्रममा बोल्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। राज्य सञ्चालनमा विधि चाँडो तयार गर्ने तथा सहयोग गर्ने कार्य राष्ट्रिय सभाको भएको उल्लेख गर्दै उनले समयमै संघिय कानून बने प्रदेशलाई समेत सहज हुने बताए। 'कानूनी… पुरा पढौ

प्रदेश आर्थिक कार्यविधि पारित

पोखरा, ६ चैत । प्रदेश ४ को आर्थिक कार्यविधि संसद्बाट पारित भएको छ । लामो समयको छलफल र संवादपछि मंगलबारको संसद् बैठकले कार्यविधि पारित गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रस्ताव गरेपछि सर्वसहमतिबाट पारित भएको हो । गएको फागुन २७ गते कार्यविधि बनाउन ढिलो हुने भन्दै नियम नै निलम्बन गरेर संसद्मा प्रस्ताव गरिएको थियो । त्यसपछि तत्कालै विधायन समिति गठन… पुरा पढौ

विपक्षी विरोधले नगरसभामा अवरोध

पोखरा, ६ चैत । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा मंगलबार काँग्रेस प्रतिनिधिको अवरोधले केही समय रोकियो । महानगरपालिकामा कर्मचारी भर्ना लगायत निर्णयमा काँग्रेससँग छलफल र समन्वय नभएको भन्दै भर्ना प्रक्रिया नै रोक्ने माग सहित नगरसभा अवरोध गरे । बिहान ११ बजेका लागि डाकिएको बैठकमा राष्ट्रिय गान बज्नेबित्तिकै पोखरा ९ का वडाध्यक्ष तथा महानगरमा काँग्रेसका सचेतक रामराज लामिछानेले विशेष समय मागेर सभा नचलाउन आग्रह… पुरा पढौ

आदिवासी जनजातिको नवलपुरस्तरीय भेला

कावासोती, ६ चैत । आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको मुख्य अधिकार अझै प्राप्त नभएकाले आन्दोलन धाल्नुको विकल्प नभएको बताएका छन् । नवलपरासीको कावासोतीमा मंगलबार आदिवासी जनजाति महासंघ नवलपुरले आयोजना गरेको नवलपुरस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। काग तिहार, कुकुर तिहार लगायतमा बिदा दिइन्छ तर आदिवासी जनजातिका चार्डपर्वमा बिदा दिइँदैन यहीनेर विभेद छ, उनले भने । उनले संविधानमा सबै… पुरा पढौ

विद्यादेवी फेरि राष्ट्रपति

काठमाडौँ, २९ फागुन : विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छन्। संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि उनलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ। लोकतान्त्रिक र वाम आन्दोलनका क्रममा सशक्त भूमिका निर्वाह गर्दै मुलुकको राष्ट्रप्रमुख पदमा पुगी एक कार्यकाल सफलतापूर्वक पूरा गरेकी भण्डारीलाई मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनले भारी मतका साथ निर्वाचित गरेको… पुरा पढौ

राष्ट्रपति निर्वाचनलाई मौन अवधि

काठमाडौँ, २६ फागुन :  राष्ट्रपतिको निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी… पुरा पढौ

प्रतिनिधिसभा बैठकमा शीर्षनेताको सम्बोधन

काठमाडौं, २२ फागुन। प्रतिनिधिसभाको मंगलबार बैठकलाई विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका छन्। सरकारमा रहेका दलका नेताले सन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गर्ने बताउँदा साना दलका नेताले भने नेपाली जनताले वाम गठबन्धनलाई करीव दुर्इ तिहाइ मत दिएकाले उनीहरूले ठूलो छाती गरेर सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए। बैठकलाई सम्बोधन गर्दै एमाले नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी… पुरा पढौ

राष्ट्रपति उम्मेदवारी आज

काठमाडौं, २२ फागुन : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। नेपालको संविधान कार्यान्वयन गर्ने सर्न्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म तोकिएको छ। राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराहृन २ बजेसम्म उम्मेदवारी… पुरा पढौ

कृषिलाई सम्मानित पेशा बनाउँछु : मन्त्री थापा

पोखरा, २२ फागुन । प्रदेश ४ का कृषि मन्त्री लेखबहादुर थापाले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने दावी गरेका छन् । प्रेस क्लब पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले कृषिप्रति कृषकको विकर्षण बढेको भन्दै यसमा आकर्षण बढाएर सम्मानित पेशाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले त्यसकै लागि कृषकसँग मन्त्री कार्यक्रम समेत थालेको बताए । मन्त्री थापाले कृषकका गाउँ बस्तीमा उनीहरूले भोगेका समस्या पहिचान… पुरा पढौ

देउवा संसदीय दलको नेतामा निर्वाचित

काठमाडौ, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीसभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान भएको निर्बाचनबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई हराउँदै सभापति देउवा दलको नेतामा निर्वाचित भएका हुन्। ६३ मतमध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गरे। प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन्। संसदीय दलको उपनेतामा… पुरा पढौ