राजनिती

‘श्वेतपत्र निराशाको लालपत्र’

काठमाडौं, २६ चैत । नेपाली काँग्रेसले सरकारले जारी गरेको श्वेतपत्र निराशाको 'लालपत्र’ भएको दावी गरेको छ । पार्टीकार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेसले अनेक प्रतिकूलता र निराशाबीच सम्पन्न भएका सबै निकायका निर्वाचनले देशभर नै नयाँ उत्साह सञ्चार भएको बेला सरकारले विगतका सरकारका सबै निर्णय गलत रहेको भ्रम छर्ने प्रयत्न गरेको समेत जनाएको छ । वर्तमान सरकारले विगतका सरकारहरुले हासिल गरेको आर्थिक उपलब्धिलाई… पुरा पढौ

देशको सम्बन्ध थप उचाइमा पुर्‍याइने

  भारत, २४ चैत। नेपाल र भारतका प्रधानमन्त्रीले दुर्इ देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेद्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा शनिबार यहाँ सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको छ । दुवै देशका प्रधानमन्त्रीले बहुआयामिक नेपाल-भारत सम्बन्धका सबै पक्षमा… पुरा पढौ

अतिवादीविरुद्ध सरकार कडा : गृहमन्त्री

चितवन, २४ चैत  । गृहमन्त्री रामबहादुर थापाले अतिवादी क्रियाकलापविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलना बोल्दै थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका क्रियाकलाप अतिवादी खालका हुँदै गएको बताए । राजनीतिक मुद्दा व्यवस्थापन गर्न सरकार तयार रहेको बताउँदै उनले अराजनैतिक क्रियाकलाप गर्ने छुट कसैलाई… पुरा पढौ

प्रधानमन्त्री ओली भारत जाँदै

काठमाडौं, २२ चैत। तीनदिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारत जाँदैछन्। उनी बिहान ९ बजे भारतको राजीधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारत भ्रमणको समयमा प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा बस्नेछन्। समकक्षी नरेन्द्र मोदीसँग शनिबारमात्र भेटवार्ता हुने तय भएको भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली नयाँ दिल्ली पुगे लगत्तै छलफल र भेटघाटमा व्यस्त हुनेछन्।… पुरा पढौ

अब विकासको अधिनायकवाद : प्रधानमन्त्री

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब विकासको अधिकानायकवाद शुरु हुने बताएका छन् । जनता भोकभोकै मर्नपर्ने अवस्थाको अन्त्य हुने दाबी गर्दै ओलीले जनताको हितमा गरिएको काम नै विपक्षीलाई अधिनायकवाद जस्तो लाग्न सक्ने बताए । रिपोर्टर्स क्लब नेपालको २० औं वाषिर्कोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनताका नेपाली काँग्रेसले वामपन्थी गठबन्धनले जिते अधिनायकवाद जन्मिने भन्दै आलोचना गरेकोप्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन् ।… पुरा पढौ

प्रधानमन्त्रीले राराबाट सम्बोधन गर्ने

काठमाडौं, १४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न राराताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका हुन्। ट्रेड यूनियन महासंघ -जिफन्ट) को महाअधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराए। 'कर्णाली प्रदेशले आयोजना गरेको… पुरा पढौ

प्रदेश क्याविनेटमा थपिए तीन मन्त्री

पोखरा, १२ चैत।प्रदेश ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ। सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो। थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन्। गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास मन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्। उद्योग मन्त्रीमा यसअघि रामशरण बस्नेत थिए। बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाएर… पुरा पढौ

असफल हुने अनुमति छैन : प्रम ओली

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका समस्या समाधान गर्दै विकास कार्यमा प्रतिस्पर्धाको साथ अगाडि बढ्न सबै प्रदेश प्रमुखलाई निर्देशन दिएका छन् । केन्द्रीय सरकार गठनपछि पहिलो पटक सातवटै प्रदेशका मुख्यमन्त्रीलाई संघीय राजधानीमा बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रदेशको सरकार कसरी चलिरहेको छ, केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वय कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले छलफलमा बोलाएका थिए । प्रधानमन्त्री… पुरा पढौ

‘राष्ट्रिय सभालाई गरिमामय बनाउँछु

पोखरा, ७ चैत। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गणतन्त्रपछिको पहिलो राष्ट्रिय सभालाई गरिमामय बनाउने प्रतिबद्धता गरेका छन्। नेपाल पत्रकार महासंघ कास्कीद्वारा बुधबार आयोजित पहिलो 'फेस टु फेस’ कार्यक्रममा बोल्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। राज्य सञ्चालनमा विधि चाँडो तयार गर्ने तथा सहयोग गर्ने कार्य राष्ट्रिय सभाको भएको उल्लेख गर्दै उनले समयमै संघिय कानून बने प्रदेशलाई समेत सहज हुने बताए। 'कानूनी… पुरा पढौ

प्रदेश आर्थिक कार्यविधि पारित

पोखरा, ६ चैत । प्रदेश ४ को आर्थिक कार्यविधि संसद्बाट पारित भएको छ । लामो समयको छलफल र संवादपछि मंगलबारको संसद् बैठकले कार्यविधि पारित गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रस्ताव गरेपछि सर्वसहमतिबाट पारित भएको हो । गएको फागुन २७ गते कार्यविधि बनाउन ढिलो हुने भन्दै नियम नै निलम्बन गरेर संसद्मा प्रस्ताव गरिएको थियो । त्यसपछि तत्कालै विधायन समिति गठन… पुरा पढौ