राजनिती

संसद्मा दिनहुँ सरकारको गुनासो

पोखरा, ६ वैशाख । बिहीबारको प्रदेशसभा बैठकबाट काँग्रेस सांसद कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापबारे गुनासो पोखे । प्रधानमन्त्रीको रारा सम्मेलन र त्यससँग जोडिएका अरु क्रियाकलापप्रति खड्काले कटाक्ष गरेका हुन् । 'कमजोर स्वास्थ्यको बाबजुद पनि दुर्गम उच्च हिमाली क्षेत्रबाट भएको प्रधानमन्त्रीज्यूको सम्बोधनले निरन्तरताको क्रम भंगतामात्रै गरेन, पर्यटन प्रवर्द्धनका सकारात्मक सन्देश प्रबाह भएका छन् । नेपाली काँग्रेसले पनि परम्परावादी प्रतिपक्षतालाई तोडेर समर्थन गरेको छ,’… पुरा पढौ

नेविसंघलाई बलियो बनाइ अघि बढ्नुस् : सभापति देउवा

काठमाडौँ, ६ वैशाख : नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिएका छन्। नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति देउवाले अहिले मेहनत गरे भोलिको भविष्य सुन्दर हुने भन्दै नेविसंघलाई विद्यार्थीको प्रतिनिधि संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, "लोकतन्त्रमाथि खतरा आउन… पुरा पढौ

नीति कार्यक्रममा सांसदको सुझाव

पोखरा, ४ वैशाख । प्रदेश सकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे मंगलबार संसद्मा छलफल भएको छ । ३ महिने बजेट निर्माणअघि ल्याइएको नीति तथा कार्यक्रमलाई सत्तापक्ष दल एमालेले उत्कृष्ट भने पनि अन्य सांसदहरुले असन्तुष्टी पोखे । केही सांसदहरुले नीति तथा कार्यक्रम अमूर्त र असंवेदनशील हिसाबले एमालेको पार्टीअधिवेशनमा ल्याइएको दस्तावेज जस्तो भएको आरोप लगाए । काँग्रेसतर्फका सांसद कुमार खड्काले सरकारले झुठको पुलिन्दा सार्वजनिक गरेको… पुरा पढौ

एमाले-माओवादी एकता तत्काल टर्‍यो

काठमाडौं, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टीएकताको घोषणा सम्भावना लगभग टरेको छ । दुर्इ पार्टीबीच सहमति हुन बाँकी केही विषयमा सहमति बनी नसकेकोले यसअघि तय भएको समयमा एकताको औपचारिक घोषणा नहुने भएको हो । मिल्न बाँकी विषयमा सहमति जुटाउन मंगलबारको बैठकले पुनः दुर्इ दलका शीर्ष नेताहरुलाई दिएको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको… पुरा पढौ

राम्रो काम नगर्दा हार : पौडेल

पोखरा, ४ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीर पार्टीले सरकारको नेतृत्व गर्दा राम्रो काम गर्न नसकेका कारण पार्टीओरालो लागेको बताएका छन्। राम्रो काम गरेर जनतालाई जवाफ दिन नसकेका कारण नै पार्टीले हार व्यहोरेको उनको भनाइ थियो। नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले कम्युनिष्ट मिलेका कारण हार्‍यौ भनेर भाग्न नमिल्ने उल्लेख गरे। 'राम्रो काम… पुरा पढौ

उपाध्यायको स्मृति चिरस्थायी बनाउन नेता पौडेलको आग्रह

पोखरा, ४ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय सूर्यनाथ उपाध्याय बरालले सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई निरन्तरता दिँदै स्मृतिलाई चिरस्थायी बनाउन परिवारजनलाई आग्रह गरेका छन्। पितृशोकमा रहेका प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको पोखरा लेखनाथ महानगरपालिका वडा १३, पाटनवेशीस्थित निवास पुगी शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नेता पौडेलले उक्त आग्रह गरेका हुन्। त्यस अवसरमा मन्त्री पौडेलले अब प्रशिक्षण कार्यक्रम… पुरा पढौ

पार्टीएकता अन्तिम गृहकार्यमा

काठमाडौं, ३ वैशाख । पार्टीएकीकरणको औपचारिक घोषणाको मिति नजिकिँदै गएपछि नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति हुन बाँकी विषयमा छलफलका लागि शीर्ष तहका नेता गम्भीररुपमा जुटेका छन् । दुर्इ पार्टीीच औपचारिक एकता घोषणा बैशाख ९ मा हुने तय भइसकको छ । विषेशगरी जनयुद्ध र समान सहभागितामा पार्टीसमायोजनबारे गम्भीर मतभेद देखिएपछि दोस्रो तहका नेताहरुले विवाद मिलाउने जिम्मा अध्यक्षद्वयलाई नै दिएको थियो । तर, दुर्इ अध्यक्षबीच… पुरा पढौ

एमाले माओवादीको कम्युनिजम् हेरौं न : पौडेल

पोखरा, ३ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुर्इ पार्टीमिलेर सिंगो नेपाल कम्युनिष्ट पार्टीबनाउने भन्दै चुनावमा जितेर आएका एमाले र माओवादी केन्द्रलाई कम्युनिजम् कस्तो हुन्छ लागू गरेर देखाउन चुनौती दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश कार्य समिति-४ को आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा सोमबार आयोजना गरेको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले अब… पुरा पढौ

काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा समवेदना व्यक्त

पोखरा, ३ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले मातृशोकमा रहेका पत्रकार हेमराज बराल परिवारलाई भेटी हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता पौडेलले सोमबार बराल निवास पोखरा ७, नुवारथोकमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् । सो क्रममा नेता पौडेलले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा बराल परिवारले पुर्‍याएको योगदानको स्मरण गर्दै शोकको सो घडीमा धैर्यधारण गर्ने… पुरा पढौ

संसद्मा पहिलो पटक विरोधको आवाज 

पोखरा,  ३० चैत । शुक्रबार ११ बजेका लागि डाँकिएको प्रदेशसभा बैठक पौने २ बजेतिर शुरु भयो। सभामा सभामुख प्रवेश गरेपछि सदाझैं राष्ट्रिय धून बज्यो। लगत्तै सभामुखले बैठकको काम थाले। काँग्रेसका सांसद कुमार खड्का उठेर बैठकको नियमापत्ति जनाए। सभामुखले बोल्ने समय दिएपछि उनले सांसदले उठाएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन्। प्रदेशसभा नियमावलीमा बैठकका बेला शून्य समय र विशेष समयमा सांसदले… पुरा पढौ