राजनिती

महाअभियोग फिर्ता लिन सरकार सहमत

काठमाडौं, १३ जेठ। प्रधानन्यायधीशमाथिको महाअभियोग फिर्ता लिने, स्थानीय तहको थप संख्या कार्यान्वयन नगर्नेलगायत विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि शनिबारबाट संसद् सुचारु भएको छ। प्रमुख प्रतिपक्षी एमालेले केही दिनयताबाट व्यवस्थापिका संसद्मा अवरोध जारी राखेको थियो। शनिबार बिहान सिंहदरबारमा भएको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा यस्तो सहमति भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस… पुरा पढौ

काँग्रेस उपसभापतिको निधनप्रति शोक व्यक्त

पोखरा, १३ जेठ। नेपाली काँगे्रस धादिङ पोखरा सर्म्पर्क सदन कास्कीले शोक व्यक्त गरेको छ। काँग्रेस कास्कीका उपसभापति हरि आचार्यको अकल्पनीय दुःखद निधन हुँदा पार्टीाई अपुरणयी क्षति पुगेको भन्दै शोक व्यक्त गरिएको छ। सर्म्पर्क सदनका सभापति केदार धमलाद्वारा जारी शोक विज्ञप्तिमा मृदुभाषि एवं सरल स्वभावका आचार्यको निधनले पार्टीाई ठूलो क्षति पुगेको उल्लेख छ। साथै, शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने क्षमता प्राप्त होस्… पुरा पढौ

नीति तथा कार्यक्रम सार्वजनिक 

काठमाडौं, ११ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ। व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। सरकारको नीति तथा कार्यक्रममा संवैधानिक व्यवस्थाअनुसार तीन वटै तहको निर्वाचन र राष्ट्रिय आयोजनाहरुको कामलाई उच्च प्राथमिकता दिइएको छ। राष्ट्रपति भण्डारीले आगामी माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने, राष्ट्रिय… पुरा पढौ

थपिएका स्थानमा निर्वाचन असम्भवः आयोग

काठमाडौं, ११ जेठ । निर्वाचन आयोगले सरकारले हालै थप गरेको २२ स्थानीय तहमा जेठ ३१ मा निर्वाचन गराउन नसकिने स्पष्ट पारेको छ । सरकारले केही दिन अघिमात्र तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुर्इ उमहानगरपालिका वीरगञ्ज र विराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । थप गरिएको स्थानीय तहको संख्याबारे बुधबारमात्र आयोगलाई जानकारी आएको भन्दै… पुरा पढौ

प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं, १० जेठ । आलोपालो गरी सरकारको नेतृत्व गर्ने गरी नेपाली काँग्रेससँग भएको भद्र सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पदबाट राजीनामा दिएका छन् । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजीनामा घोषणा गरेका हुन् । एमालेसँगको गठबन्धनबाट बाहिरिँदै गत साउन १९ गते नेपाली काँग्रेसको मुख्य सहयोगमा बहुमतीय आधारमा दाहाल दोस्रोपटक मुलुकको ३९ औं प्रधानमन्त्रीका रुपमा… पुरा पढौ

पोखरामा एमालेको लोभलाग्दो अग्रता

पोखरा, १० जेठ। राज्य पुनर्संरचनापछि पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका तथा आसपासका गाविस मिलाएर पोखरालाई महानगरपालिका बनाइयो। पुरानो परिचय दिने हो भने अझै पनि साविक पोखरा र साविक लेखनाथ भनेर उल्लेख गर्ने चलन छ। उसैगरी पोखरालाई छुट्याएर हेर्दा वैशाख ३१ को स्थानीय तहको चुनावले साविक पोखरामा एमालेलाई फलिफाप भएको छ। २५ वडासम्मको मतगणना सकिँदा एमालेले लोभलाग्दो अग्रता लिएको हो। प्रमुख… पुरा पढौ

देउवाद्वारा प्रशंसा एमाले असन्तुष्ट

काठमाडौं, १० जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालको उच्च प्रशंसा गर्दै दुर्इ दलको समझदारीअनुसार राजीनामा दिएकोमा धन्यवाद दिएका छन् । काँग्रेस र माओवादी केन्द्रबीच संविधानको स्वीकार्यता विस्तार र कार्यान्वयन गर्ने उद्देश्यका साथ सरकार गठन भएको र दुर्इ दलको सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्रीले राजीनामा गरेकोमा उनले धन्यवाद दिएका हुन् । साथै सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको… पुरा पढौ

काँग्रेस कास्कीका उपसभापति आचार्यको निधन

पोखरा, १० जेठ। नेपाली काँग्रेस कास्कीका सचिव रामराज लामिछानेले बुधबार बिहान सवा ८ बजे उपसभापति हरि आचार्यलाई फोन गरे। प्रत्युत्तरमा आचार्यले आफूलाई बिरामी महसुस भएको सुनाए। 'रामराजजी मलाई ज्वारो आएको छ, शरीर अलि गाह्रो महसुस भएको छ, सभापतिज्यूलाई पनि खबर गरेको छु, म रेष्टमा बस्छुु-आचार्यले फोन संवादमा उक्त कुरा राखे। छोटो संवाद गरेका उनको आखिर उक्त वाक्य नै लामिछानेका लागि… पुरा पढौ

गोरखाका शीर्ष नेताले गाउँमै पार्टीलाई जिताउन सकेनन्

गोरखा, ८ जेठ । भनिन्छ, जग बलियो भए मात्रै घर बलियो हुन्छ। गत वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनलाई हेर्दा गोरखाका वडामा पार्टी पराजित भए पनि नेताहरूले भने नगरपालिका र गाउँपालिकामा जित हासिल गरेका छन्। केन्द्र, जिल्ला हाँक्दै आएका नेताहरूले आफ्नो गृह वडामा पार्टीला उम्मेदवारलाई जिताउन सकेका छैनन्। नेपाली काँग्रेसका जिल्ला सभापति हरिबहादुर घलेको गाउँ बारपाकका दुवै वडामा काँग्रेसले वडाध्यक्ष… पुरा पढौ

पोखरा मतगणना अन्यौलमै

पोखरा, ७ जेठ। निर्वाचन आयोगको निर्देशनपछि पोखरामा रोकिएको मतगणना शुरु गर्ने भनिए पनि राती ११ बजेसम्म गणना हुन सकेन। एमाले बाहेकका दलले मतगणना बहिस्कार गरेर मुख्य निर्वाचन अधिकृतलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। पोखरा १७ मा फर्जी मतको आरोप लगाउँदै अवरोध गरेपछि शनिबार साँझदेखि गणना रोकिएको हो। पटक-पटक सर्वपक्षीय बैठक बसेपनि निष्कर्ष निस्किन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई समस्या समाधानका… पुरा पढौ