देश र समाज

मदिरा र जुवातासमा भुले जरिवाना

लमजुङ, १५ असोज। सुन्दरबजार नगरपालिका- २, परेवाडाँडावासीले मदिरा र जुवातासविरुद्ध अभियान चलाएका छन् । समाजमा विद्यमान विकृति-विसंगति तथा आपराधिक घटना न्यूनिकरण गरी सभ्य समाज निर्माण गर्ने उद्देश्य साथ सो अभियान शुरु गरिएको वडाध्यक्ष जगतबहादुर खड्काले बताए। उनका अनुसार जाँडरक्सी, जुवातास नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिएको छ। उनले भने, ‘सामाजिक विकृति विसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि हामीले अभियान शुरु… पुरा पढौ

आचार्य बालकृष्णलाई अभिनन्दन

वालिङ, १४ असोज । वालिङ नगरपालिका ११ बाहुन डाडाँमा योग शिरोमणि रामदेवका अनुयायी आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण सुबेदी महाराजलाई एक कार्यक्रमबीच स्वागत तथा अभिनन्दन गरिएको छ । वालिङ नगरपालिका, पतञ्जली योगपीठ स्याङ्जा, श्रवणकुमार प्रतिष्ठान र स्थानीय नागरिकले आचार्य बालकृष्ण महाराजको अभिनन्दन गरेका हुन् । आचार्य बालकृष्णले वालिङ क्षेत्रको विकास र विस्तार लागि गरेको सहयोगको उच्च मुल्यांकन गर्दै स्वागत तथा अभिनन्दन गरिएको आयोजकले बताएका… पुरा पढौ

स्याङ्जामा निर्मलाको न्याय माग्दै प्रदर्शन

स्याङ्जा, १४ असोज।कञ्चनपुरका १३ बषिर्या निर्मला पन्तको बलात्कारपछि हत्यालगायत समसामयिक घटनाका  बिरोधमा स्याङ्जामा बिद्यार्थीले प्रदशन गरेका छन् । स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाको आयोजनामा आइतवार बलात्कार, दण्डहीनता, महंगी, भाडा बृद्धि बिरुद्ध सदरमुकाममा प्रदशन गरेका  हुन । सदरमुकाम समेत रहेको पुतलीबजार नगरपालिका १ स्थित क्याम्पसबाट सुरु भएको बिरोध र्‍यालीले सदरमुकामका मुख्य बजार भिमसेनचोक, बैंकरोड, ठाडोलाइन, अभियानपथ, लोकतान्त्रिकचोक, वीपीचोक, चौकी, हुलाकमार्ग… पुरा पढौ

१९ दिनपछि खुल्यो बेसीशहर-चामे सडक

लमजुङ, १४ असोज । हिमालपारीको जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर-चामे सडक १९ दिनपछि सुचारु भएको छ । यद्यपी, जोखिमपूर्ण यात्रा भने ज्यूँका त्यूँ छ । अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो गएका कारण यातायात अवरुद्ध भएको थियो । गत भदौ २७ गतेदेखि अवरुद्ध सडक आइतबारबाट सुचारु भएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए  । उनका अनुसार सडक सुचारु भएसँगै १९ दिनदेखि टुटेको दुबै… पुरा पढौ

गाउँ गाउँमा तमु भाषा लेखन तालिम

पोखरा, १३ असोज। तमु धिं नेपालले तमुवान प्रदेशको ४० गाउँमा तमु भाषा लेखन तालिम कार्यक्रम सम्पन्न गरेको छ। हिमाली आदिवासी समाजको सहकार्यमा तमु धिं नेपालले कास्की, स्याङ्जा, तनहुँ, लमजुङ र मनाङ जिल्लाका विभिन्न गाउँमा सो तालिम सम्पन्न गरेको हो। तमु भाषा वर्णमाला अभियानका साथै तमु भाषा लेखनमा एकरुपता ल्याउने पहल स्वरुप आयोजित कार्यक्रममा १ हजार २ सय भन्दा बढी तमुहरुलाई… पुरा पढौ

बाल तथा महिला सशक्तिकरण समाजमा पराजुली

पोखरा, १३ असोज। बाल तथा महिला सशक्तिकरण समाज नेपाल, पोखराको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले भुवन पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा मीना पाण्डे, सचिवमा जमुना शर्मा, सहसचिवमा युमाया पुन, कोषाध्यक्षमा मिलन लिगल छन्। सदस्यमा दुर्गा शर्मा, इन्दिरा पराजुली, प्रभा आचार्य, लक्ष्मी अधिकारी, गीता पौडेल र उर्मिला लामिछाने रहेका छन्। यसअघि साधारणसभाले सचिव मीना… पुरा पढौ

काहूँडाँडामा पर्यटन दिवस

पोखरा, ११ असोज। पोखरा-११ काहूँडाँडामा ३९ औं विश्व पर्यटन दिवस मनाइएको छ। गण्डकी प्रदेशका कृषि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहित सांसद बिन्दुकुमार थापा, जनप्रतिनिधि, पर्यटन व्यवसायी, स्थानीय बुद्धिजीवी, स्थानीय आमा समूह र युवा क्लबका पदाधिकारी तथा सदस्य, पत्रकार र संचारकर्मी पोखराको काहुँडाँडास्थित त्यहाँको भ्यू-टावर र काहुँदेउराली मन्दिर पुगेर यस वर्षको विश्व पर्यटन दिवस कार्यक्रमको शुरुवात गरेका हुन् ।… पुरा पढौ

टि्रपरमा टाइम कार्ड

पाल्पा, ११ असोज । जिल्लाका चुनढुंगा खानीमा चल्ने टि्रपरको अत्यधिक गतिले दुर्घटना बढेपछि गति नियन्त्रणको उपाय खोजिएको छ । राजमार्गहरुमा दुर्घटना बढेपछि टि्रपरलाई र्टाईम कार्डको व्यवस्था गरेर निश्चित समयभन्दा छिटो गन्तव्यमा पुग्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा तानसेन-तम्घास खण्डको हार्थोकदेखि तानसेनहुँदै दोभानसम्म पुग्ने सयम निर्धारण गरिएको छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका स्थानीयहरुको चर्को दबाबपछि सिजी र सर्वोत्तम सिमेन्टको खानीबाट ढुवानी… पुरा पढौ

स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा योगी

पोखरा, १२ असोज। नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्षमा गोविन्द योगी चयन भएका छन्। युनियनको पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट हिमालय आँखा अस्पताल पोखरामा कार्यरत योगी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।युनियन उपाध्यक्षमा पद्म नर्सिङ होम पोखराका कालिदास शर्मा, सचिवमा लमजुङ सामुदायिक अस्पतालका गनेस गुरुङ, कोषाध्यक्षमा लमजुङकै प्रतिमा राई र उपसचिवमा मनिपाल अस्पताल पोखराका पुण्यप्रसाद पौडेल चयन भए। सदस्य तनहुँका… पुरा पढौ

पदमार्गका मजदूर आन्दोलित

पोखरा, ११ असोज । पदमार्ग क्षेत्रको सिण्डिकेटविरुद्ध ट्रेकिङ गाइड आन्दोलित बनेका छन्। अन्नपूर्ण क्षेत्र, मनास्लु र मनाङका पदमार्गहरुमा ट्रेकिङ गाइड लगायत पदमार्ग मजदूरहरुमाथि थोपरिएको सिण्डिकेटविरुद्ध आफूहरु आन्दोलित बनेको पोखरामा विहीबार आयोजित पत्रकार सम्मेलनमा मजदूरहरुले बताए । अन्नपूर्ण-११ टाडापानी, मनास्लु र मनाङको पदमार्ग तथा त्यस क्षेत्रको आसपासका होटल व्यवसायीहरुको मिलेमतोमा गाउँका स्थानीय युवा क्लबहरुले पदमार्ग मजदूरहरुसँग खानाको पैसा उठाएको भन्दै आफूहरु आन्दोलित बनेको… पुरा पढौ