देश र समाज

कतै भवन अलपत्र, कतै कुर्ची पाउनै मुश्किल ?

पोखरा, २ भदौ । सरकारले चालु आर्थिक वर्षदेखि जिल्लाका अधिकांश कार्यालयहरु खारेज गर्दै स्थानीय तहमा कमचारी समायोजन गर्‍यो। केही कर्मचारीहरु प्रदेश सरकारको मातहतमा पनि छन्। कास्कीका पशु, स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयका अधिकांश कर्मचारीहरु प्रदेश र स्थानीय तहमा हाजिर हुन थाले। तथ्यांक, घरेलु तथा साना उद्योग, खेलकुद, नगर विकास र भूसंरक्षणका कर्मचारी पनि समायोजनको… पुरा पढौ

सरकारको मनोमानी-जनतालाई करको भारी

पोखरा, ३० साउन। 'अघिल्लो वर्ष सिंहदरबार घरघरै भित्र्याएका सोझा नागरिकहरुलाई के थाहा सिंहको आहारा कति महँगो छ भनेर - सिंहले चाहेर पनि घाँस खान सक्दैन। अब यसको विकल्प हो, कि सिंहलाई जंगलमै छोड्ने, कि खोरभित्र थुनेरै मार्ने। र, अन्तिम विकल्प उसको आहारा घटाउने हो। अहिलेको अवस्थामा अन्तिम विकल्प नै सही होला भन्ने ठानेको छु। सन्दर्भ-स्थानीय सरकारले बढाएका कर !’ पोखरा महानगरपालिकाकी… पुरा पढौ

आकार लिँदै प्रदेश सरकार

पोखरा, ३० साउन। गण्डकी प्रदेश सरकारले जिल्ला तहमा आफू मातहतका कार्यालय खोल्ने अधिकार पाएको छ। आयोजना र कार्यक्रमहरु कार्यान्वयन गराउन सरकारले विभाग, निर्देशनालय र जिल्ला तहमा कार्यालयहरु खोल्ने तयारी गरेको हो। संघीय सरकारले कार्यालय खोल्ने स्वायत्तता दिएपछि प्रदेश सरकार तातेको हो। बुधबार बसेको बैठकले ४ वटा मन्त्रालयका विषयगत कार्यालयहरु खोल्ने निर्णय गरेको हो। 'कार्यालय नहुँदा बजेट कार्यान्वयन नै अन्योलमा परेको… पुरा पढौ

आज नागपञ्चमी

काठमाडौँ, ३० साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व विहीबार परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूयोर्दयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले… पुरा पढौ

प्रदेश सरकारले नै कर्मचारी खटाउने

काठमाडौँ, ३० साउन । अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि प्रदेश तहमा सङ्घ(केन्द्र)ले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 'अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ', उनले भने, 'अनि मुख्यमन्त्रीको कार्यालयले आवश्यक पर्ने ठाउँमा कर्मचारी पठाउँछ ।' मन्त्रालयले… पुरा पढौ

अल्लो प्रशोधन प्रविधिबारे तालिम

पोखरा, ३० साउन । नेपाल इन्नोभेसन टेक्नोलोजी इटरप्रेनयर सेन्टर (नाइटेक)ले नेपालका विभिन्न २० वटा गाउँमा अल्लो प्रशोधन प्रविधि पुर्‍याउने योजना ल्याएको छ। प्राध्यापक अजय थापाको नेतृत्वमा पर्वत घुरुङ्गामा अल्लो प्रशोधन प्रविधि सफल भएपछि गाउँगाउँमा विस्तार गर्न लागिएको हो। पोखरा विश्वविद्यालयका विद्यार्थी सम्मिलित नाइटेक नामक एक संस्थाले यो प्रविधिलाई गाउँ गाउँसम्म पुर्‍याउन लागेको हो। प्रविधि विस्तारका लागि पोखरामा भदौ २ देखि ६… पुरा पढौ

आध्यात्मको विकास जरुरी : मुख्यमन्त्री

लमजुङ, २९ साउन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मको विकास जरुरी रहेको बताएका छन्। उनले करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा दर्शन तथा पुनःनिर्माणको स्थिति अवलोकनका अवसरमा आयोजित कार्यक्रममा त्यस्तो बताएका हुन्। 'आध्यात्मिक भावनाको विकास गर्न सकेमात्र वास्तविक रूपमा समृद्धि हासिल हुन्छ’, उनले भने, 'मानवीय विकासका लागि आध्यात्मको जरुरी छ, भौतिक विकासले मात्र समाज समृद्ध हुँदैन’। प्रदेशमा रहेका धार्मिक क्षेत्रको विकास गरी… पुरा पढौ

सामाजिक परिचालकहरु प्रदेशको सदनसम्म

पोखरा, २७ साउन । गण्डकी प्रदेशका सामाजिक परिचालकहरुले पोखरा केन्द्रित आन्दोलन सुरु गरेका छन् । आफ्ना माग सम्बन्धित स्थानीय सरकारले नसुनेको भन्दै उनीहरु प्रदेशको ढोका घचघच्याउन आइपुगेका हुन् । आइतबार प्रदेशसभा नजिकै नदिपुरस्थित सडक छेकेर उनीहरुले नाराबाजीसहित प्रदर्शन गरे । गएको पुस १६ देखि जागिर खोसिएपछि निरन्तर आन्दोलन गरेर चैतपछि सरकारले असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो । नयाँ आर्थिक बर्ष सुरु भएपछि सरकारले… पुरा पढौ

लायन्स क्लब अफ पोखरा लालिगुराँस र वर्किङग टुगेदरको वृक्षारोपण

हेमजा, २७ साउन । लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ पोखरा वर्कि· टुगेदरले वृक्षारोपण गरेका छन् । त्रि्रेकोट सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा मेलवोटमा विभिन्न जातका विरुवा रोपिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । 'क्लबले सामजिक क्षेत्रमा गरेका कार्यहरु उदाहरणिय छन्’,उनले भने, 'आगमी दिनमा पनि लायन्स क्लबको मान्यताअनुसार… पुरा पढौ

हिरक जयन्तीमा सरसफाई

हेमजा, २७ साउन । अन्नपूर्ण गाउँपालिका-३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयले आफ्नो हिरक जयन्तीको अवसर पारी शनिवार विद्यालय हातादेखि स्थानीय पत्थरसम्मको गोरेटो बाटो सरसफाई गरेको छ । महिला परिचालन उपसमितिको आयोजनामा करिब डेढ किलोमिटर उक्त बाटो सरसफाई गरिएको हो । सरसफाईमा स्थानीय महिला, समाजसेवीलगायतको उल्लेख्य सहभागिता रहेको महिला परिचालन उपसमितिकी संयोजक एवं वडासदस्य कमला केसीले जानकारी दिइन् । यसैबीच हिरक जयन्ती अन्तगत गरिने प्रभातफेरी तथा… पुरा पढौ