देश र समाज

सहकारी सेवामुखी हुन जरुरी छ : सांसद दवाडी

लमजुङ, २१ असोज। गण्डकी प्रदेश सभाका सदस्य सांसद धनञ्जय दवाडीले सहकारीहरू बैँकजस्तो नाफामूखी नभई सेवामूखी हुन जरुरी रहेको औंल्याएका छन् । हातेमालो बचत तथा ऋण सहकारीको ८ औं साधारणसभाको उदघाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। सांसद दवाडीले सहकारी संस्थाहरू सहकारीको सिद्धान्त तथा आदर्शअनुसार सेवामुखी र पारदर्शिता हुनपर्नेमा जोड दिए । उनले भने, ‘अब सहकारीहरू उत्पादनमूखी, रोजगारमूलक, जीवनोपयोगी र आर्थिक गतिविधिलाई… पुरा पढौ

मस्र्याङ्दी गाउँपालिकामा महोत्सवको तयारी

लमजुङ, २१ असोज। लमजुङमा गाउँपालिकाले महोत्सव गर्ने तयारी गरेको छ । उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिकामा आगामी मंसिर पहिलो साता महोत्सव गर्ने तयारी गरेको हो । हरिबोधनी एकादशी अर्थात ठूलो एकादशी पर्वमा लाग्ने मेलाको अबसर पारेर मंसिर ३ देखी ५ गतेसम्म तीन दिन महोत्सव सञ्चालन गर्न लागिएको मस्र्याङ्दी गाउँपालिकामा अध्यक्ष अर्जुन गुरुङले बताए । त्यसका लागि गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा १ सय १ सदस्यीय… पुरा पढौ

पूर्व वडाध्यक्ष सुवेदार लालकाजी रहेनन्

पोखरा, २१ असोज।पोखरा महानगरपालिका वडा नं. १७ का पूर्व वडाध्यक्ष एवम् वरिष्ठ समाजसेवी सुवेदार लालकाजी गुरुङको निधन भएको छ। ७९ वषिर्य सुवेदार गुरुङको पोखरा-१७ छोरेपाटनस्थित आफ्नै निवासमा शुक्रवार बेलुकी निधन भएको हो। उनी केही महिना अघिदेखि ढाडको बिमारबाट पीडित थिए। शिवहरि मन्दिर तथा नमो बुद्ध गुम्बा, बेलघारी टोल विकास संस्था, गुप्तेश्वर गुफा व्यवस्थापन समिति, राम मन्दिर, कृस्ित मट्टखिान कालिका मन्दिर,… पुरा पढौ

‘सामाजिक शिक्षा आफ्नै भाषामा सहज

पोखरा, २१ असोज।सामाजिक शिक्षा आफ्नै मातृभाषामा अध्ययन गर्न सहज हुने धारणा यहाँ एक कार्यक्रमका वक्ताले राखेका छन्। सामाजिक भाषा नेपालीमा किन - वहस कार्यक्रममा उक्त धारणा व्यक्त भएको हो। सामाजिक शिक्षा नेपालीमा अभियानद्वारा शनिवार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक केदारभक्त माथेमाले आफ्नो रितिथिति, संस्कृतिबारे जान्न पनि अंग्रेजीमा पढ्ने - भन्ने प्रश्न राखे। उनले भने-’समाजलाई राम्रोसँग बुझ्न आफ्नै भाषा नेपालीमै… पुरा पढौ

माइक्रोबस र ट्रक ठोक्किदा ६ को मृत्यु

बाँके, २० असोज । पूर्व-पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । शनिबार बिहान ट्रक र माइक्रो बस एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्इ जनाको उपचारका क्रममा मृत्यु भएको हो । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नंको माइक्रोबस र नेपालगञ्जबाट विपरीत दिशातर्फ जाँदै गरेको लु१ख ७७२९ नंको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका-९, मुगुवा खोला नजिकै एक… पुरा पढौ

कक्षा ११ को नतिजा सार्वजनिक

भक्तपुर, २० असोज । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार ८ सय ९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अङ्क प्रणालीमा ४९ हजार ५ सय ५ विद्यार्थीले गरी कुल ५ लाख ४८ हजार ४ सय ४५ जना परीक्षार्थीको सहभागिता रहेका थिए । परीक्षामा ग्रेड ए प्लस अर्थात् जिपिए… पुरा पढौ

कुर्घा समाजद्वारा सरसफाइ

पोखरा, २० असोज।पर्वत जिल्लाको फलेवास नगरपालिका-१० कुर्घा स्थायी घर भई पोखरामा रहेका कुर्घावासीको संस्था कुर्घा पोखरा सर्म्पर्क समाजले शनिवार विन्दुवासिनी मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ। समाजका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी तथा पोखरालाई कर्मथलो बनाएर पोखरा रहेका कुर्घावासीको सहभागिता रहेको थियो। पुरा पढौ

भ्रमण फलदायी : प्रधानमन्त्री

काठमाडौँ, १८ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवर्द्धनमा सफल रहेको बताएका छन्। संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिई विहीवार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले अतिकम विकसित र भूपरिवेष्ठित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै त्यस्ता देशलाई थप सहयोग आवश्यक रहेको विषय… पुरा पढौ

पोखरा-मुस्ताङ पर्यटक बस शुरु

पोखरा, १८ असोज । पर्यटकीय सहर पोखरादेखि हिमालपारीको जिल्ला मुस्ताङसम्म सुविधासम्पन्न सिधा बस सेवा संचालनमा आएको छ । मुस्ताङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याग्दी कोरला यातायात प्रालिले हिटर जडान भएका सुविधा सम्पन्न बसहरु विहीवारदेखि संचालनमा ल्याएको प्रालि सञ्चालक नरेश रोकायले बताए । सेवामुखी व्यवसाय हिसाबले यात्रुहरुको माग र चाहना अनुसार आफूहरुले मुक्तिनाथसम्मको आरामदायी यात्रा गराउन २७ सिटे उक्त गाडी संचालनम ल्याएको उनले… पुरा पढौ

फलेवासमा लायन्सको आँखा शिविर

पोखरा, १८ असोज। पर्वत फलेवास नगरपालिका वडा १ स्थित अन्नपूर्ण मावि कार्कीनेटामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ पोखरा सेतीगण्डकीले हिमालय आँखा अस्पतालको सहयोगमा शिविर गरेको हो। शिविरमा विद्यार्थी र अभिभावक गरी ६ सय ५० जना लाभान्वित भएका छन्। सोही कार्यक्रममा विद्यार्थीलाई स्टेशनरी सामग्री र झोला वितरण गर्नुको साथै विद्यालयलाई फर्निचर प्रदान गरिएको थियो। स्थानीय ८२ वर्षीय… पुरा पढौ