देश र समाज

बास्कुनाबाट १२ लाखको सुन्तला निर्यात

म्याग्दी, १९ पुस। धान खेतमा अभियानकैरूपमा सुन्तला विस्तार गरेका सिंगा १ र २ का किसान यस वर्ष सिजनमा रु. १२ लाख बराबरको सुन्तला बिक्री गर्न सफल भएका छन्। जिल्ला सदरमुकाम बेनीबाट तीन घन्टाको पैदलदूरीमा पर्ने बास्कुनामा ३० घरपरिवारले व्यावसायिकरूपमा सुन्तलाखेती गर्दै आएका छन्। तीन हजार सुन्तलाका बोटबाट गाउँमा रु. १२ लाख भित्रिएको बास्कुना कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङ बताउँछन्।… पुरा पढौ

जीपीएस प्रविधिबारे जानकारी गराउँदै

काठमाडौँ, १९ पुस। तपाईं कहाँ हुनुहुन्छ? थाहा पाउने प्रविधि जीपीएस ग्लोबल न्याविकेसन स्याटलाइट सिष्टम हो। तर यो प्रविधिबारे नेपालका नीति निर्माताले कम जानकारी लिइराखेका छन्। जग्गाको नाप नक्सामा बढी प्रयोग भइराखेको जीपीएस प्रविधिबारे पहिलो पटक नीति निर्मातालाई जानकारी गराउन नापी विभागले भोलि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। विभागद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा विश्वमा जिपिएस प्रविधिबारे भइराखेेका प्रयोग एवम् यसको… पुरा पढौ

बन्द रेडियो खुल्यो

तानसेन, १९ पुस। स्वामित्व विवादका कारण बन्द भएकोे पाल्पा जिल्लाको रेडियो पश्चिमाञ्चलको प्रसारण बुधबार साँझदेखि सुरु भएको छ। एमाओवादीको व्यवस्थापनमा सञ्चालित यो रेडियो दुर्इ समूहबीच  विवाद भई तीन महिनादेखि बन्द रहँदै आएको थियो। जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा र सरोकार राख्नेहरुबीच सहमति भई रेडियो सञ्चालनमा आएको प्रबन्ध निर्देशक कृष्ण भूसालले जानकारी दिए।… पुरा पढौ

अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०१२ को समापन सहकारीबीचको एकीकरणका लागि कार्यविधि तयार गरिँदै : न्यौपाने

पोखरा, १८ पुस। सहकारी विभागका रजिष्टार केदार न्यौपानेले एउटै उद्देश्यले सञ्चालित सहकारी संस्थाहरूबीचको एकीकरणका लागि सरकारले कार्यविधि तयार गर्न लागेको बताएका छन्। सहकारी संस्थाहरूले एकीकरणको आवश्यकता महसुस गरेकाले सरकारले एकीकरण (मर्ज) प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि तयार गर्न लागेको उनको भनाइ थियो। ‘कार्यविधि तयार हुनुपर्व नै पूर्व र राजधानीमा गरी झण्डै ५० वटा संस्थाहरू एकीकरण भइसकेका छन्-उनले भने-’कार्यविधि तयार… पुरा पढौ

अस्ट्रेलियामा ठगिए नेपाली विद्यार्थी

काठमाडौँ, १८ पुस। सप्तरीको जग्गा बेचेर अस्ट्रेलिया पढ्न नेपाली विद्यार्थी रितेश देवकोटा त्यहाँको कलेजको त्रुटिका कारण शैक्षिक प्रमाणपत्रबिना बेखर्ची भएर स्वदेश र्फकनुपरेको छ। चार वर्षअघि डिप्लोमा इन हस्पिलाटी म्यानेजमेन्ट र कमर्सियल कुकेरी पढ्न अस्ट्रेलिया गएका देवकोटा पढाइमा उत्कृष्ट हुं’दाहुँदै पनि त्यहाँको होम्स कलेजले चाहिने शुल्क रु १८ लाख लिएर रित्तो हात घर फर्किनुपरेको गुनासो बुधबार शिक्षा पत्रकार समूहद्वारा आयोजित छलफल… पुरा पढौ

श्रीमान् बेपत्ता पारिएका महिला आर्थिक हिंसामा

बागलुङ, १८ पुस। विगतको सशस्त्र द्वन्द्वका बेला राज्य र व्रि्रोही पक्षद्वारा श्रीमान् बेपत्ता पारिएका यहाँका महिला आर्थिक हिंसामा परेका छन्। श्रीमान् बेपत्ता भएपछि आर्थिकरुपमा हिंसाजन्य व्यवहार झेल्नुपरेको उनीहरूले बताएका छन्। द्वन्द्वपीडितले भोग्दै आएको हिंसामध्ये आर्थिक हिंसा पनि एक हो। एकातिर घरव्यवहारको जिम्मेवारी अकोर्तिर न्यायको लागि वर्षौसम्म भौँतारिनु पर्दा जटिल आर्थिक समस्या सहनुपरेको महिलाको भनाइ छ। बागलुङमा १० महिलाका श्रीमान् अहिले… पुरा पढौ

लुम्बिनीको गुरूयोजना ७५ प्रतिशत पूरा

काठमाडौ, १८ पुस। लुम्बिनी विकास कोषले लुम्बिनीको दीर्घकालीन गुरुयोजनाअनुरूपको ७५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सकिएको बताएको छ। कोषका उपाध्यक्ष कर्मासाम्बु शेर्पाले बुधबार पत्रकारसँग कुरा गर्दै भौतिक संरचना निर्माण सकिएपछि लुम्बिनीको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताए। उनले लुम्बिनी भ्रमण वर्ष २०१२ मा लुम्बिनी आउने विदेशी पर्यटक सङ्ख्या तीन गुणाले वृद्धि भएको बताउँदै भ्रमण वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनीको महत्त्व अझ उजागर… पुरा पढौ

जनजागृतको ५२ औं वाषिर्कोत्सव मनाइयो

पोखरा १८ पुस। सराङकोट गाविसस्थित जनजागृत उच्च माध्यमिक विद्यालयको ५२ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस म·लबार सम्पन्न भयो। कार्यक्रममा बोल्दै विद्यालय निरीक्षक अर्जुन ढकालले भौतिक विकाससँगै विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने औंल्याए। मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका अध्यक्ष सीता गिरीले प्रतिष्ठानले कास्की क्षेत्र नं. ४ का १५ वटा सामुदायिक विद्यालयलाई कार्यक्षेत्र बनाएर पुस्तकालय, विज्ञान सामग्रीसँगै गरिव र विपन्न परिवारका छात्रछात्रालाई छात्रवृत्ति… पुरा पढौ

सामाजिक काम गर्दै घाचोकका रविलाल

ढिकुरपोखरी, १८ पुस। सामाजिक काम गर्नु चुनौतीपूर्ण छ। व्यक्तिगत आवश्यकता परिपूर्र्ति गर्नतर्फ ध्यान नदिई सामाजिक आवश्यकताको बोध गर्दै निस्वार्थ र त्यागको भावना कसमा पलाउँछ र? त्यही त्याग र निस्वार्थताका ज्वलन्त उदाहरण बनेका छन्, घाचोक-१ का रविलाल पोखरेल। घाचोकवासीले सामाजिक कार्यको पर्यायका रूपमा रविलाललाई लिने गरेका छन्। उमेरले ५७ वर्ष पुगिसकेका रविलाललाई २०/२२ वर्षको उमेरदेखि नै सामाजिक कार्य गर्नुपर्दछ भन्ने लागेछ।… पुरा पढौ