देश र समाज

राष्ट्रिय योजना आयोगद्वारा क्षेत्रीय तर्जुमा गोष्ठी सुरु, विभिन्न क्षेत्रबाट सुझाव सड्ढलन

पोखरा, १३ फागुन। राष्ट्रिय योजना आयोगको आयोजनामा आइतबारदेखि पोखरामा आगामी १३ औं त्री-वर्षीय योजनासम्बन्धी दुर्इदिने गोष्ठी सुरु भएको छ। रोजगारीकेन्द्रित समावेसी तथा सामान्य आर्थिक वृद्धि गरी गरिबी निवारण, दिगो शान्ति स्थापनामा सघाउ पुर्‍याउँदै आमजनताको जीवनमा परिवर्तनको अनुभूति कसरी गराउन सकिन्छ भन्नेबारे सरोकारवालासँग छलफल हुनेछ। आगामी योजनाको उद्देश्य र रणनीति विभिन्न विषयगत क्षेत्रको उद्देश्य, स्थानीयस्तरको विकासको प्रथामिकता, योजना कार्यान्यन, अनुगमन तथा… पुरा पढौ

तिलकरामद्वारा दुर्इ सय मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान

पोखरा, १३ फागुन। नेपाल प्रहरीका तिलकराम थारुले दोश्रो गोल्डेन स्पिन्ट मिटअन्तर्गत पुरुषको दुर्इ सय मिटर दौडमा आइतबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। उनले निर्धारित दूरी २१.७१ सेकेन्डमा पूरा गर्दै रामकृष्ण चौधरीले १८ वर्षअघि बनाएको कीर्तिमान भ· गरे। रामले १९९५ मा मद्रास(अहिले चन्नइ) मा भएको दक्षिण एसियाली महासङ्घीय खेलकुद (अहिलो दक्षिण एसियाली खेलकुद) मा २१.९२ को कीर्तिमान बनाएका थिए। कीर्तिमान… पुरा पढौ

महिला पर्वतारोहीहरूले अफ्रिकाको हिमाल चढ्ने

काठमाडौँ, १३ फागुन। नेपाली महिला पर्वतारोही टोलीले नेपाललाई विश्वमा चिनाउने उद्देश्यले अफ्रिका महादेशको तान्जानियामा अवस्थित पाँच हजार ८९५ मिटर अग्लो किलिमन्जरो हिमाल आरोहण गर्ने भएका छन्। सन् २००८ मा विश्वको सवोर्च्च शिखर सगरमाथाको सफल आरोहण गरी सतप्रतिशत सफलता र समावेशिताको कीर्तिमान राखिसकेका ती महिला आरोहीहरूले विश्वका सातवटै महादेशमा रहेका उच्च हिमालको आरोहण गर्ने अठोट लिएका छन्। यसक्रममा सन् २०१० मा… पुरा पढौ

पारसको स्वास्थ्यमा अझै सुधार हुन सकेन

काठमाडौं, ११ फागुन। पूर्वयुवराज पारस शाहको स्वास्थ्य स्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी आए पनि उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सक र सहयोगीहरूले बताएका छन्। हृदयघात भएपछि बैंककस्थित समितभेज अस्पताल भर्ना गरिएका पूर्वयुवराज शाहको स्वास्थ्य अवस्था अझै स्थिर रहेको छ। शाहलाई थप उपचारको लागि बिहीबार राति सि·ापुर लगिएको छ।  राति पनि उनी अचेत अवस्थामै  रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।… पुरा पढौ

स्याङ्जा बहिरा सङ्घको अध्यक्षमा पोखरेल

पोखरा, ११ फागुन। स्याङ्जा बहिरा सङ्घको चौथो अधिवेशन तथा सातौं वाषिर्क साधारणसभा शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले आगामी तीनवर्षका लागि  दीपक पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सञ्जिव श्रेष्ठ, सचिवमा सरिता थापामगर, कोषाध्यक्षमा मनोज श्रेष्ठ तथा सदस्यहरूमा शेरबहादुर कार्की, राजेन्द्र ढकाल, प्रतिभा ढकाल, इन्द्र शाह निर्विरोध चयन भएका छन्। सभाका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले… पुरा पढौ

विभिन्न खेलकुद प्रतियोगिता सुरु

पोखरा, ११ फागुन। पोखरा कले को आयोजनामा शुक्रबारदेखि कलेजमा एक हप्ते खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताअन्तर्गत शुक्रबार भएको बास्केटबलतर्फको खेलमा छात्रतर्फ पाँचौं सेमेस्टरले प्रथम सेमेस्टर प्रातलाई, तेस्रो सेमेस्टर दिवाले प्रथम सेमेस्टर ए लाई, तथा तेस्रो सेमेस्टर प्रातले प्रथम सेमेस्टर बी लाई पराजित गरेको छ। छात्रातर्फ पाँचौं सेमेस्टरले प्रथम सेमेस्टर ए लाई पराजित गरेको छ भने टेबलटेनितर्फ प्रथम चरणका खेल… पुरा पढौ

मालुङ्गा गाविस खुल्ला दिसामुक्त घोषण

गल्याङ, ११ फागुन। स्याङ्जाको मालुङ्गा गाविसलाई  खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ। सन् २०१३ सम्म पूरै स्याङ्जा जिल्ला र सन् २०१७ सम्म  नेपाल अधिराज्यलाई नै स्वास्थ्यसम्बन्धी आधारभूत लक्ष्य अनुसार कार्य अगाडि वढाउन थालिएको हो। कार्यक्रमको उद्घाटन गर्दै निमित्त स्थानीय  विकास अधिकारी अमृत श्रेष्ठले राज्यले स्वास्थयका लागि ठूलो धनराशि खचेको बताउँदै  यदि मानव ले स्वास्थ्यलाई ध्यान दिन सकेको खण्डमा त्यस रकमलाई… पुरा पढौ

शिक्षक बन्न नौ हजार बढीको आवेदन

वालिङ, ११ फागुन। शिक्षक सेवा आयोगले जारी गरेको शिक्षक पदपूर्र्तिको विज्ञापनका लागि स्याङ्जा जिल्लाबाट विभिन्न तहका दुर्इ सय ५२ सिटमा नौ हजार छ सय ९० जनाले आवेदन दिएका छन्। जिल्ला शिक्षा अधिकारी सङ्गीता रेग्मीका अनुसार बिहीबार अन्तिम दिनसम्म दोब्बर दस्तुर तिरेर प्राथमिक तहमा चार हजार चार सय २६, निम्न माध्यमिक तहमा तीन हजार छ सय १० र माध्यमिक तहका लागि… पुरा पढौ

दुवै मृगौलापीडित किशोरको उपचारको लागि सहयोग आउने क्रम जारी

पोखरा, ११ फागुन। दुवै मृगौला बिग्रिएको कारण जीवन बचाइदिन सहयोगको याचना गरेका धादिङ जिल्ला खाल्टे गाविस वडा नं. ७ घर भइ पोखरा-६ बैदामस्थित तालबाराही उमावि कक्षा १० मा अध्ययनरत १७ वर्षे एक किशोर समीर गुरुङको उपचारको लागि सहयोग रकम आउन थालेको छ। शुक्रबार पत्रपत्रिका, एफएम तथा टेलिभिजनमा समाचार प्रकाशित तथा प्रसारित भएपछि समीरको उपचारको लागि सहयोग आउन थालेको हो। शुक्रबारमात्र… पुरा पढौ

बेमौसमी तथा मौसमी ताजा तरकारी टनेल प्रविधिसम्बन्धी तालिम सुरु

पोखरा, ११ फागुन। बेमौसमी तथा मौसमी ताजा तरकारी टनेल प्रविधिसम्बन्धी दुर्इ दिने तालिम शुक्रबारदेखि कास्कीको भलाम गाविसमा सुरु भएको छ। भलाम डाँडाखोर सहकारी संस्था लिमिटेडको आयोजना तथा कृषि विकास मन्त्रालयअन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना-प्याक्टको अनुदानमा भएको तालिमको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताले प्याक्टको अनुदानमा भएको कार्यक्रमको पारदर्शिता गर्दै भलाम, काहूँ, मौजा गाविसमा उत्पादन हुने तरकारीलाई सहज तरिकाले व्यवस्थापन गर्नुपर्नेमा… पुरा पढौ