देश र समाज

दुर्गमका विपन्न परिवारका लागि कपडा सड्ढलन

पोखरा, ८ माघ। हुम्ला जुम्लाका विपन्न वर्गका लागि भन्दै पोखरामा सञ्चालित कपडा सड्ढलन अभियानमा विभिन्न सङ्घसंस्थाहरूले ऐक्यबद्धता जनाउँदै सहयोग गरेका छन्। मानव विकास मञ्च नेपाल र मानव मिलन नारी जागरण नेपालको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियानलाई सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थाको सहभागिता बढ्दै गएको हो।आइतबार पोखराको बिरौटामा स्वामी नारायण नारी जागरणका सचिव लक्ष्मी पोख्रेलको सक्रियतामा… पुरा पढौ

सिद्धि-सेतुली स्मृति पुरस्कार-२०६९ बाट खातुन सम्मानित

पोखरा, ७ माघ। मुस्कान क्लब मियाँपाटनकी संस्थापक तथा अध्यक्ष जैनव खातुन "सिद्धि-सेतुली स्मृति पुरस्कार-२०६९" द्धारा सम्मानित भएकी छन्। सिद्धि-सेतुली स्मृति प्रतिष्ठान पोखराले दिवंगत आमा सेतुलीमाया शाक्यको छैटौ वाषिर्कीको पावन स्मृतिमा आइतबार आयोजित समारोहबीच खातुन सम्मानित भएकी हुन्। समारोहमा प्रमुख अतिथि तमुधि नेपालकी अध्यक्ष कर्मा तमुले उनलाई सम्मान पत्र र पुरस्कार राशी १० ह जार रुपैया प्रदान गरी सम्मान गरेकी थिइन।… पुरा पढौ

प्रहरी कार्यालय तोडफोडपछि पाल्पाको रामपुरमा कफ्र्यु

पाल्पा, ७ माघ। पाल्पाको रामपुर-५ की २७ वर्षीया सोनु श्रेष्ठ (खनाल) का हत्यारालाई कारबाहीको लागि माग गर्दै स्थानीयले गरेको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले पाल्पाको रामपुर बजार क्षेत्रमा अनिश्तिकालीन कफ्यु आदेश जारी गरेको छ। आफ्नै श्रीमान्ले हत्या गरेर फालेको भनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि दिउँसो ३ बजेबाट कर्फ्र्यु आदेश जारी गरिएको हो। प्रदर्शनमा प्रहरीले… पुरा पढौ

कृषि विकास बैड्ढको ४६ औं वाषिर्कोत्सव सम्पन्न

पोखरा, ७ माघ। कृषि विकास बैड्ढ लिमिटेडको ४६ आंै वाषिर्कोत्सवका अवसरमा पोखरामा पनि आइतबार विविध कार्यक्रम सम्पन्न भएका छन्। वाषिर्कोत्सवका अवसरमा पुनर्मिलन समारोह, रक्तदान र खेलकुद प्रतियोगिता सम्पन्न गरिएको हो। पुनर्मिलन समारोहमा बोल्दै नेपाल राष्ट्र बैड्ढ पोखराका व्यवस्थापक ऋषिकेश भट्टले कृषि विकास बैड्ढ अवसर र चुनौतीका बीचमा रहेको भन्दै सम्भावनाहरूलाई खोजेर अघि बढ्न सुझाव दिए। उनले कृषि विकास बैड्ढप्रति जनताले… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीको अध्यक्षमा गौतम

लेखनाथ, ७ माघ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्की शाखाको शनिबार सम्पन्न सातौं महाधिवेशनबाट जगदीश गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचनमा बराबर मत प्राप्त गरेका अध्यक्ष पदका प्रत्यासी सुरेन्द्रराज पौडेलले आफ्नो दाबी छाडेपछि गौतम निर्वाचित भएका हुन्। अध्यक्ष पदका लागि भएको निर्वाचनमा दुवै उम्मेदवारले ७१/७१ मत प्राप्त गरेका थिए। देउराली बुक्स एण्ड स्टेशनरीका सुरेन्द्र पौडेलले संस्थागत विकास… पुरा पढौ

निर्माण व्यवसायी सङ्घ कास्कीको २१ औं साधारणसभा अग्रज व्यवसायी तथा उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा, ६ माघ। नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीको २१ औं साधारणसभा शनिबार सम्पन्न भयो। सभाको उद्घाटन समारोहमा अग्रज निर्माण व्यवसायी र निर्माण व्यवसायीका प्रवेशिकामा सवोर्त्कृष्ट अंक ल्याउने एक एक जना छोराछोरीलाई सम्मान गरिएको छ। सम्मानित हुने अग्रज निर्माण व्यवसायीहरूमा लक्ष्मी निर्माण सेवाका प्रोप्राइटर नरहरि तिमिल्सिना र पन्नाचन कन्डक्सन कम्पनीका प्रोप्राइटर चन्द्रकुमार पन्नाचन रहेका छन्। उनीहरूलाई समारोहका प्रमुख अतिथि नेपाल निर्माण… पुरा पढौ

लेखनाथ जेसीजको पदस्थापन

लेखनाथ, ६ माघ। लेखनाथ जेसीज वर्ष २०१३ का पदाधिकारीको पदस्थापन शनिबार गरिएको छ। सो अवसरमा वर्ष २०१२ का अध्यक्ष विवेकलाल श्रेष्ठले वर्ष २०१३ का अध्यक्ष नगेन्द्रराज बराललाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए बरालले नयाँ कार्यसमितिका पदाधिकारीलाई सामूहिकरूपमा सपथ ग्रहण गराएका थिए। कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसीजका केन्द्रीय कार्यकारिणी उपाध्यक्ष निशान्त आचार्यले देश निर्माण र दक्ष जनशक्ति तयार गर्नका लागि… पुरा पढौ

उत्तर दक्षिण हुने गरी पाँच प्रदेशको सङ्घीयता आवश्यक : गुरुङ

पोखरा, ६ माघ। त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. गणेशमान गुरुङले मुलुकलाई सङ्घीयतामा लैजान आवश्यक रहेको बताउँदै बढीमा पाँचवटा मात्र राज्य बनाउन सुझाव दिएका छन्। पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पसले आयोजना गरेको ‘२१ औं शताब्दीको उच्च शिक्षा तथा सङ्घीय शिक्षा’ विषयक गोष्ठीको उद्घाटन गर्दै गुरुङले मुलुकलाई बचाउन उत्तर दक्षिण हुने गरी ठाडो रेखाड्ढन हुने गरी सङ्घीयतामा जानुपर्ने बताए। उनले… पुरा पढौ

सडक बालबालिकाको आम्दानीको स्रोत बन्दै पाइप उद्योग

तनहूँ, ६ माघ। तनहूँका तीन युवा मिलेर व्यास नगरपालिका-८ चापाघाटमा पाइप उद्योग सञ्चालन गरेपछि बेसहारा सडक बालबालिकाको राम्रो आम्दानीको स्रोत बनेको छ। करिब रु एक करोडको लगानीमा एचडिपी दाना पाइप उत्पादन उद्योग सञ्चालन गरेपछि दमौलीको मादी पुलमुनि बेसहारा अवस्थामा बस्दै आएका छ-सातजना बालबालिकाले प्लास्टिक सङ्कलन गरेर उद्योगमा दिँदा उनीहरूले दैनिक रु. दुर्इ सयदेखि चार सयसम्म आम्दानी गर्ने गरेको उद्योगका अध्यक्ष… पुरा पढौ

नेपालमा आममाफी दिइए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा कारबाही हुन्छः प्रवक्ता प्रधान

काठमाडौं, ५ माघ। राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता गौरि प्रधानले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लघन र मानवता विरोधी घटनाका दोषिहरूलाई नेपालमा कानुन बनाएर माफी दिए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा कारबाही गराउन सकिने स्पष्ट बताएका छन्। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले दोषिहरूलाई आममाफी दिए नेपालको अन्तर्राष्ट्रिय मानवअधिकारप्रतिको प्रतिबद्धता भत्किने चेतावनी दिँदै त्यस्तो सत्य तथा मेलमिलाप आयोग बन्नु वा नबन्नुको कुनै औचित्य नभएको दाबी… पुरा पढौ