देश र समाज

भाइटीकाको साइत ११:५५ मा

काठमाडौँ, १४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधवार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कात्तिक १९… पुरा पढौ

प्रधानमन्त्री ओलीको छातीमा संक्रमण, स्वास्थ्य स्थिर

काठमाडौँ, १२ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका छन्। उनको उपचारमा संलग्न चिकित्सकले ओलीको स्वाथ्य स्थिति स्थिर रहेको बताएका छन्। प्राडा अरुण सायमीको संयोजकत्वमा प्राडा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ। "प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ", प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे सोमबार… पुरा पढौ

नेपाल र मलेसियाबीच श्रम समझदारी

काठमाडौँ, १२ कात्तिक। नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी नेपाल र मलेसियाबीच श्रम समझदारी भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णविष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरानबीच भएको मन्त्रिस्तरीय वार्तापछि सोमबार आयोजित कार्यक्रममा उनीहरूले कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत… पुरा पढौ

राष्ट्रपति भण्डारी कतार प्रस्थान

काठमाडौँ, १२ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी,… पुरा पढौ

पियुको अन्तर्राष्ट्रियस्तरको कार्यशाला

पोखरा, १२ कात्तिक। पोखरा विश्वविद्यालयको आयोजना तथा इरास्मस र युरोपियन युनियन कार्यक्रमको सहयोगमा अन्तर्राष्ट्रियस्तरको इन्टिग्रेटिङ ट्यालेन्ट डेभलपमेन्ट इन्टु इनोभेशन इकोसिस्टम्स इन हाइअर एजुकेशन -इनोटल) दोस्रो सहयोग कार्यशाला र व्यवस्थापन बैठक पोखरामा शुरू भएको छ। दुर्इ दिनसम्म चल्ने कार्यक्रममा उच्च शिक्षामा उद्यमशीलता, नयाँ सोच तथा प्रतिभाको विकास, रोजगार र अनुसन्धानलाई बढावा दिने मूल उद्देश्यका साथ सञ्चालित उक्त अन्तर्राष्ट्रियस्तरको कार्यशालामा युरोपियन पार्टनर… पुरा पढौ

राति १० बजेपछि देउसी खेल्न नपाइने

चितवन, १२ कात्तिक। जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ। कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हषोर्ल्लासका साथ मनाउन पनि आह्वान गरेको छ। प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ। त्यसैगरी चाडबाडको बेला लोकमार्गका लाइन होटेलबाहेक अन्य होटेल… पुरा पढौ

पेमा छाल गुम्बामा भज्रकिलाया पूजा

हेमजा, १२ कात्तिक। पोखरा याम्दीस्थित पेमा छाल शाक्य गुम्बामा यतिबेला भज्रकिलाया सेन्ड मण्डला महापूजा जारी छ। कात्तिक ४ गतेदेखि शुरु पूजा आगामी बुधवारसम्म चल्नेछ।उक्त पूजामा लोपोन नावाङ ढाक्पाले सांस्कृतिक पूजारी तथा गुम्बाका पूजारी खेन्पो जाम्पा ढाक्पाले सहायक पूजारीको भूमिका निर्वाह गरिरहेका छन्। विश्वशान्तिको कामना तथा परिवार एवम् समाजका कार्यहरुमा भएका रोकावट र ग्रहशान्तिका लागि भन्दै गुम्बामा वषैपिच्छे यस किसिमको पूजा… पुरा पढौ

चितवनमा ९ देशका पोल्ट्री विज्ञहरु सिम्पोजियम

चितवन, १२ कात्तिक। नेपालको पोल्ट्रीजन्य उत्पादनलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित ९ देशका पोल्ट्री विज्ञहरुको सिम्पोजियम आइतबारबाट भरतपुरमा शुरु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले आयोजना गरेको अर्न्ताष्ट्रिय पोल्ट्री सिम्पोजियम नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट यूनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि संगठन, हेफरर्र् इन्टरनेशनल… पुरा पढौ

अपराधी कोही कसैका हुँदैनन् : सांसद अधिकारी

लेखनाथ, २८ असोज ।पूर्व स्वाथ्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य खगराज अधिकारीले अपराध गर्ने जो कोहीपनि कसैका नहुने जोड औंल्याएका छन्। लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले आइतवार राखेको शुभकामना आदानप्रदान एवं बधाई कार्यक्रममा बोल्दै अधिकारीले अपराधिक मनोबल भएको जोकोही न कुनै पार्टीको हुन्छ, न आफन्त नै त्यसैले अपराधको नियन्त्रणका लागि टोलटोल र घरघरबाट अभियान संचालन गर्नुपर्ने सुझाव दिए। समाजमा ब्याप्त… पुरा पढौ

बन्धुत्व जगाउँदै भाट समुदाय

२०४२ सालमा स्थापना भएको रानाभाट सेवा समिति पछिल्लो समय क्रियाशील रहँदै आएको छ। २०६२/०६३ को जनआन्दोलनपछि २०६५ सालमा शेरसिंह भाटको नेतृत्वमा केन्द्रमा सामाजिक गतिविधिमा क्रियाशील रानाभाट सेवा समाजले आफ्ना बन्धुबीच बन्धुत्व जगाउने आशा देखाएको थियो नै। समयको कालखण्डमा स्याङ्जा भाटखोलाका कृष्णबहादुर रानाभाट, ठूलाडिहीका गौतम रानाभाट र विष्णु रानाभाटको नेतृत्वमा क्षेत्रियस्तरमा पछिल्लो पुस्ता जागेपछि समाजका प्रगतिका पाइला दिनप्रतिदिन अगाडि बढेका छन्।… पुरा पढौ