देश र समाज

पत्रिका प्रकाशनमा अवरोध नगर्न आग्रह

पोखरा, २५ वैशाख।पत्रिका समाज कास्कीले पत्रपत्रिकाको प्रकाशनमा अवरोध नगर्न आग्रह गरेको छ। अखिल नेपाल संचार छापाखाना र प्रकाशन मजदुर सङ्घ कास्कीको आब्हानमा भएको आन्दोलनका कार्यक्रम अनुसार माग पूरा नभएमा छापाखाना नै बन्द गराउने बुँदामा असहमति जनाउँदै समाजले त्यस्तो आब्हान गरेको हो। समाजको बुधबार आकस्िमक बैठक बसेको थियो।मजदुर सङ्घका प्रस्तुत मागप्रति पत्रिका समाजको ध्यानाकर्षण भएको उल्लेख गर्दै समाजका अध्यक्ष उमानाथ बरालद्वारा… पुरा पढौ

कृस्तीमा जेठ ४ बाट महायज्ञ हुने

पोखरा, २५ वैशाख।कास्कीको कृस्ती नाच्नेचौर-६, फ् कैलाशधाममा आगामी जेठ ४ गतेबाट श्रीमद्भागवत सप्ताह धनधान्याचल महायज्ञ हुने भएको छ। महायज्ञको आयोजक फ् कैलाश शिवढु·ा शिवशक्ति महापिठधाम महायज्ञ मूलआयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस्ाको जानकारी दिएको हो। समितिका अध्यक्ष राजेन्द्रकुमार सुवेदीले सो स्थानमा महयज्ञ आयोजना गर्नुको औचित्यमाथि प्रकाश पारेका थिए। उनले कृस्ती नाच्नेचौर-६, फ् कैलाशधामबाट पोखराको सुन्दर दृश्य देख्न सकिने… पुरा पढौ

कार्कीको नियुक्तिबारे राष्ट्रपतिद्वारा अध्यक्ष रेग्मीसँग छलफल, नागरिक समाज र विद्यार्थीहरू आन्दोलनमा

काठमाडौं, २४ वैशाख।अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको नियुक्ति सिफारिसको विषयलाई लिएर राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग म·लबार छलफल गरेका छन्। कार्कीको सिफारिसलगतै चौतर्फी विरोध भएपछि राष्ट्रपतिले अध्यक्ष रेग्मीसँग छलफल गरेका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा राष्ट्रपति यादवले कार्कीको सिफारिस विवादित भएको भन्दै पुनर्विचार गर्न आग्रह गरेको बुझिएको छ। कार्कीको सिफारिससँगै नागरिक… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र युवा मञ्चको प्रथम क्षेत्रीय भेला, राष्ट्र निर्माणमा युवाहरू एक हुनुको विकल्प छैन

पोखरा, २४ वैशाख।राष्ट्र निर्माण गर्नका लागि युवाहरू एक हुनुको विकल्प नरहेको एक कार्यक्रममा बोल्ने वक्ताले बताएका छन्। राष्ट्रिय स्वतन्त्र युवा मञ्च नेपालको म·लबार प्रथम पश्चिमाञ्चल क्षेत्रीय भेलाको उद्घाटनको क्रममा बोल्ने वक्ताले त्यस्तो बताएका हुन्। युवाहरूलाई राजनीतिक दलले प्रयोग मात्रै गरेकोले अब युवाहरूले राजनीतिक दलमा हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने उनीहरूको भनाइ थियो। उनीहरूले राजनीतिक दलभित्रको गलत धन्दाको भण्डाफोर गर्न युवाहरू सक्रिय… पुरा पढौ

विद्यार्थी सङगठनहरूद्वारा एकघण्टा चक्काजाम

पोखरा, २४ वैशाख।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्न गरिएको सिफारिस फिर्ता लिन माग गर्दै विभिन्न राजनीतिक  दलनिकट विद्यार्थी सङ्गठन आन्दोलित भएका छन्। देशव्यापीरूपमा सुरु आन्दोलनअन्तर्गत कास्कीका विद्यार्थी सङ्गठनले मङ्गलबार पोखराको पृथ्वीनारायण क्याम्पस अगाडि एकघण्टा चक्काजाम गरेको अनेस्ववियुका जिल्ला अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए। बिहान साढे ८ देखि साढे ९ बजेसम्म गरिएको चक्काजामका कारण त्यसक्षेत्रमा सवारीसाधन सञ्चालन हुन… पुरा पढौ

तेक्वान्दो क्षेत्रीय छनौट खेलमा कास्की च्याम्पियन

पोखरा, २४ वैशाख।रूपन्देही जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा भैरहवामा सञ्चालन भएको पश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा छ स्वर्ण् एक रजत तथा दुर्इ काँस्यपदकसहित कास्की जिल्ला च्याम्पियन बनेको छ। कर्मचारी मिलन केन्द्रको भवनमा म·लबार भएको प्रतियोगितामा महिलातर्फ ६८ केजीमुनि रेकमाया गुरुङ, ५७ केजीमुनि सञ्जु थापा, ६२ केजीमुनि गंगा गुरुङ, ५३ केजीमुनि तारा जिसी, पुरुषतर्फ ६८ केजीमुनि निरोजबहादुर नेपाली र ६३ केजीमुनि समीर गुरुङले… पुरा पढौ

लुम्रे घलेल कालीमाटी कृषि सडकको उद्घाटन

पोखरा, २३ वैशाख। लुम्रे घलेल कालीमाटी कृषि सडकको सोमबार उद्घाटन गरिएको छ। उक्त कृषित सडकको उद्घाटन स्थानीय विकास अधिकारी इश्वराज पौडेलले गरेका छन्। सडक उद्घाटन गर्दै उनले गाउँलेहरूले विकासका लागि सडक निर्माणमा पुर्‍याएको योगदानको खुलेरै प्रशंसा गरे। उनले विकासको पहिलो आधार बाटो भएको बताउँदै बाटो निर्माण कार्यमा सबैजना जुटेर अघि बढेकोमा धेरै खुशी लागेको बताए। लुम्रे घलेल कालीमाटी कृषि सडक… पुरा पढौ

आयआर्जनका लागि तालिम

लेखनाथ, २३ वैशाख।आफ्ना शेयर सदस्य महिलाहरूको आयआर्जनमा थप सहयोग पुर्‍याउने उद्देस्यले लेखनाथ वचत तथा ऋण सहकारी संस्थाले तीनदिने मौरीपालन तालिम प्रदान गरेको छ। गार्डेन सिटी बि फार्मिङमा राखिएको तालिममा कृषि पेशातर्फ आकषिर्त ३० जना महिलाहरूको सहभागिता रहेको थियो। तालिम समापन समारोहमा सस्थाका अध्यक्ष कुशलबावु लामिछाने, तालीम संयोजक सावित्री भट्टराई, उपाध्यक्ष गणेशभक्त अधिकारी, सक्रिय बसदस्य हरिबहादुर जिसी, सहभागीको तर्फबाट कल्पना भण्डारी,… पुरा पढौ

पहिलो निजी बैकको रूपमा मनाङ पुग्यो सिटी

पोखरा, २३ वैशाख। पोखरामा प्रधानकार्यालय रहेको सिटी डेभलपमेण्ट बैंक लिमिटेडले सोमबार मनाङको चामेमा शाखा विस्तार गरेको छ। शाखाको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोला र बैंकका अध्यक्ष राजेन्द्रकुमार बाटाजूले संयुक्तरूपमा उद्घाटन गरे। सिटीको नवौ शाखाको रूपमा विस्तारित सो शाखा मनाङमा निजी क्षेत्रको सेवा सञ्चालन गर्ने बैक हुन पुगेको छ। यसअघि नेपाल बैंक र कृषि… पुरा पढौ

सरकारी घुम्ती शिविर सुनसान

बुटवल, २३ वैशाख।जिल्लाका सबै सरकारी कार्यालयले स्थानीय तहमै पुगेर सेवा दिने उद्देश्यले सुरू गरिएको एकीकृत घुम्ती शिविर सुनसान देखिएको छ। स्थानीय सर्वसाधारणलाई जानकारी दिने गरि प्रचारप्रसार नगरिएकोले सेवाग्राहीको उपस्थिति एकदमै न्यून रहेको छ। रूपन्देहीका विभिन्न ग्रामीण स्थानमा पुगेर सेवा दिने भन्दै जिल्ला प्रशासन कार्यालयल वैशाख १८ गतेदेखि धुम्ती शिविर सुरू गरेको हो। पहिलो चरणमा रूपन्देहीको देवदहमा सुरू गरिएको शिविरमा पनि… पुरा पढौ