देश र समाज

तेस्रो चरणको अन्तर्राष्ट्रिय व्यवसायिक शिक्षक तालिमको सुरु

पोखरा, १ माघ। गत वैशाखबाट सुरु भएको दुर्इ वर्षे अन्तर्राष्ट्रिय शिक्षक तालिमको तेस्रो चरणको शुभारम्भ पोखरामा गरिएको छ। क्याथोलिका पाबो विश्वविद्यालय, टिचर टे्रनिङ कलेज र थिओला फाउन्डेशनको प्राविधिक सहयोग तथा एन्फोर्स्र्ड फाउन्डेशन कास्कीको संयोजकत्वमा सञ्चालित तालिममा प्रशिक्षकद्वय थिआ हुत्न्सोफ र दिरिकी भिजरले सहजीकरण गरेका छन्। तालिममा पोखरा आसपास तथा बागलुङ, लमजुङ, काठमाडौं लगायतका विद्यालयमा कार्यरत २२ जना शिक्षकको सहभागिता छ।… पुरा पढौ

जीवनयापनका लागि प्राविधिक शिक्षा : द्वारे

गल्याङ, १ माघ। स्याङ्जाको केवरे-१ स्थित बालसिद्ध उच्च माविको ३७ औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले व्यक्तिको जीवनयापनका लागि प्राविधिक तथा व्यवहारिक शिक्षा आवश्यक भएको बताए। अहिलेसम्मका पाठ्यक्रम तथा विषय वस्तु प्राविधिक नभएकै कारण देशमा बेरोजगार बढ्दै गएको भन्दै उनले त्यसलाई रोक्न राज्यले  प्रविधिक र जीवनोपयोगी शिक्षा लागू गर्नुपर्ने बताए।… पुरा पढौ

ट्राभल मार्टमा सहभागी हुँदै होटल सङ्घ

पोखरा, १ माघ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा म·लबारदेखि सुरु हुने नेपाल-भारत संयुक्त ट्राभल मार्टमा पश्चिमाञ्चल होटल सङ्घ पोखराको टोलीले विशेष सहभागिता जनाउने भएको छ। सङ्घका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेको नेतृत्वमा सङ्घ आबद्ध विभिन्न १५ होटलका व्यवसायीले उक्त दुर्इ दिने ट्राभल मार्टमा सहभागिता जनाउन लागेका हुन्। सङ्घका निवर्तमान अध्यक्ष विप्लव पौडेलसहित व्यवसायीको टोली म·लबार बिहान लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम रहेको सङ्घका… पुरा पढौ

महान्यायाधीवक्ताको सर्कुलरविरुद्ध सवोर्च्चमा रिट

काठमाडौं, २९ पुस। पत्रकार डेकेन्द्र गापाको हत्यामा संलग्नमाथि भइरहेको अनुसन्धान प्रभावित गर्नेगरी महान्यायाधीवक्ता मुक्ति प्रधानले जारी गरेको सर्कुलर कार्यान्वयन नगर्न माग गर्दै सवोर्च्च अदालतमा आइतबार रिट दायर भएको छ। अधिवक्ता गोविन्द शर्मा बन्दीले महान्यायाधीवक्ता कार्यालयबाट जारी गरिएको सर्कुलर खारेज गर्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका हुन्। हत्यामाथिको छानबिन प्रभावित गर्नेगरी सर्कुलर जारी गर्नु महान्यायाधीवक्ताको क्षेत्राधिकार भन्दा बाहिर भएको रिटमा… पुरा पढौ

निजामती कर्मचारी सङ्घको चौथो महाधिवेशन सुरु राजनीतिक शून्यता छाएको बेलामा कर्मचारीहरू बढी जिम्मेवार बन्नुपर्छ : महत

पोखरा, २७ पुस। पुनर्गठित नेपाल निजामती कर्मचारी सङ्घको चौथो केन्द्रीय महाधिवेशन शुक्रबारदेखि पोखराको सभागृहचोकमा सुरु भएको छ। कर्मचारी सङ्घको अभियान सेवासँगै मुस्कान भन्ने मूल नाराका साथ हुने महाधिवेशन शनिबारसम्म चल्ने छ। सङ्घले भ्रष्टाचाररहित जनमुखी निजामती प्रशासन र महिलामैत्री निजामती सेवाको नारालाई पनि अघि सारेको छ। महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक र शुभेक्षुक गरी करिब एक हजार चार सय जनाको सहभागिता रहेको छ।… पुरा पढौ

पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना गर्न माग

पोखरा, २७ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टीनेपाल कास्कीका नेताहरूले दोस्रो जनआन्दोलनमा हटाइएको पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन्। दुर्इ सय ९१ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा राप्रपा नेपाल कास्कीले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन्। हाल रहेको लखन थापाको शालिक अन्य ठाउँमा स्थानान्तरण गरी पृथ्वीनारायण शाहको शालिक पृथ्वीचोकमा राख्न उनीहरूले माग गरेका हुन्। अहिलेको… पुरा पढौ

विश्व विकासको १२ प्रतिशत नगद र पाँच प्रतिशत बोनश शेयर पारित

पोखरा, २७ पुस। विश्व विकास बैड्ढ लिमिटेडको प्रस्तावित १२ प्रतिशत नगद र पाँच प्रतिशत बोनश शेयर शुक्रबार सम्पन्न बैड्ढको पाँचौं वाषिर्क साधारणसभाबाट पारित भएको छ। बैड्ढका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा पोखरामा सम्पन्न साधारणसभाबाट लाभांश तथा बोनश शेयरका अतिरिक्त आर्थिक वर्ष ०६८/६९ का वित्तीय विवरण तथा वाषिर्क प्रतिवेदन एवं बैड्ढको प्रबन्धपत्र र नियमावलीमा संशोधनसहित बैड्ढका भावी कार्य योजना सर्वसम्मतिले पारित भएका… पुरा पढौ

अद्वैतको ३६ औं राष्ट्रव्यापी वृहत् सत्सङग समारोह

पोखरा, २७ पुस। अद्वैत संस्था नेपालद्वारा सञ्चालित ३६ औं राष्ट्रव्यापी वृहत् सत्स· समारोह ज्ञानमहायज्ञ अद्वैत संस्था भरतपोखरी कास्कीमा शुक्रबार सम्पन्न भएको छ। सत्स·को उद्घाटन गण्डकी अञ्चल प्रमुख क्या. धनप्रसाद गुरुङले गरेका थिए। कार्यक्रममा ब्रह्मज्ञानी गुरुदेव डा. क्षितिशचन्द्र चक्रवर्तीले नेपाली उपनिषद् अमृतवाचन गर्दै परमात्माको भरोसा नरहे मानिसलाई सुख शान्ति प्राप्त नहुने धारणा व्यक्त गरेका थिए। शाखा सचिव लोकबहादुर लामिछानेको अध्यक्षतामा सम्पन्न… पुरा पढौ

पत्रकार थापाका हत्यारालाई कारबाही गर्न माग गर्दै धर्ना

बागलुङ, २७ पुस। दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै बागलुङमा शुक्रबार सञ्चारकर्मी मानव अधिकारकर्मी र द्वन्द्वपीडितले विरोध प्रदर्शन गर्दै प्रशासन कार्यालयमा धर्ना दिएका छन्। नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा क्रान्तिकारी पत्रकार सङ्घ, प्रेस युनियन, प्रेस चौतारी लगायतका पेशागत सङ्घ सङ्गठनले संयुक्त विरोध गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र  बुझाएका हुन्। दैलेखमा द्वन्द्वको समयमा माओवादी कार्यकर्ताबाट हत्या… पुरा पढौ

पत्रकारहरुद्धारा देशभर विरोध प्रदर्शन

काठमाडौं, २६ पुस । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नमाथि भइरहेको अनुसन्धान प्रभावित गर्ने गरी आएको प्रधानमन्त्रीको निर्देशनविरुद्ध देशभर विरोध प्रदर्शन भएको छ। बुधबार पत्रकार र मानवअधिकारवादी सङ्घसंस्थालगायतले राजधानीलगायत विभिन्न जिल्लामा प्रदर्शन गरेका हुन्। राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। पे्रस युनियन र Þयुमन राइट फर साउथ एसियनले सिंहदरवारको दक्षिण गेटमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरी हस्तक्षेपका… पुरा पढौ