देश र समाज

जिविस कास्कीद्वारा चार अर्ब ६३ करोड बजेट विनियोजन

पोखरा, २४ फागुन। जिल्ला विकास समिति कास्कीले आगामी आर्थिक वर्ष २०७०/०७१ का लागि चार अर्ब ६३ करोड २९ लाख ३१ हजार बजेट विनियोजन गरेको छ। जिल्ला विकास समिति कास्कीको पोखरामा बिहीबार सम्पन्न २१ औ जिल्ला परिषद्ले पूँजीगततर्फ ६० र चालुतर्फ ४० प्रतिशत बजेट विनियोजन गरेका हो। जुन चालु आर्थिक वर्ष २०६९/०७० को तुलनामा १० प्रतिशत बढी हो। विनियोजित बजेटमध्ये आर्थिक… पुरा पढौ

कास्की र तनहुँमा औद्योगिक गणना सुरु, गणनामा सघाउन उद्योग व्यवसायीसँग आग्रह

पोखरा, २४ फागुन । शाखा तथ्याड्ढ कार्यालय कास्कीले कास्की र तनहुँमा राष्ट्रिय औद्योगिक गणना कार्य सुरु गरेको छ।  देशमा रहेका उद्योगले कुल ग्राहस्थ उत्पादनमा दिएको योगदान, उद्योगले सृजना गरेको रोजगारी, उद्योगको अवस्था, वातावरणीय क्षेत्रमा पारेको प्रभावबारे जानकारी लिने उद्देश्यले  राष्ट्रिय औद्योगिक गणना २०६९ सुरु भएको हो। देशैभरको गणनाको दायित्व केन्द्रीय तथ्याड्ढ विभागले बहन गरे पनि कास्की र तनहुँमा रहेका झण्डै… पुरा पढौ

अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

खैरेनिटार, २४ फागुन। स्वतन्त्र पत्रकार सङ्घ नेपालको स्थापना दिवसको अवसर पारेर बिहिबार खैरेनिटारमा स्वतन्त्र पत्रकार सङ्घ नेपाल जिल्ला कार्य समिति तनहुँले अनाथ बालबलिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। स्वतन्त्र पत्रकार सङ्घ नेपालका पश्चिमाञ्चल संयोजक रमेश पौडेलको आतिथ्यमा अरनिको उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीलाई एक समारोहबीच सो शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। दलीय झोला र झण्डा नबोकी निष्पक्ष पत्रकारिता… पुरा पढौ

भवानी कालिका उमाविको ५८ औं वाषिर्कोत्सव

लेखनाथ, २४ फागुन। लेखनाथ नगरपालिका वडा नं. ५ विजयपुरमा रहेको भवानी कालिका उच्चमाविले बिहीबार विविध कार्यक्रमका साथ ५८ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस मनाएको छ। उद्योगपति गणेशबहादुर श्रेष्ठले समारोहको उद्घाटन गर्दै सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि राज्यको शैक्षिक नीतिमा नै आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले गरिबीका कारण कोही पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नहुने विचार व्यक्त गरे।… पुरा पढौ

बुद्ध नेपालमा जन्मिएको चिनाउन लुम्बिनीमा थ्रिडी शो

पोखरा, २४ फागुन। गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने चिनाउन तथा लुम्बिनीको पर्यटकीय प्रबर्द्धनका लागि ब्लु कार्पेट टीमको आयोजनामा शान्तिका लागि शुक्रबार लुम्बिनीमा थ्रि डि शो हुने भएको छ। उक्त शोका लागि बिहीबार नै ३० जना सदस्यीय एक टोली लुम्बिनी प्रस्थान गरेको छ। उक्त प्रदर्शनमा ड्रेसअन्तर्गत पुराना मायादेवीका पालाका ड्रेस, अभिनय र नेपाल आमा रोइरहेका छन् भन्ने लगायतका ड्रामासमेत प्रदर्शन… पुरा पढौ

स्वतन्त्र पत्रकार संघ नेपालको स्थापना दिवस आज

पोखरा, २३ फागुन। स्वतन्त्र  पत्रकार सङ्घ नेपालको प्रथम स्थापना दिवसको अवसरमा विभिन्न जिल्लाहरूमा बिहीबार विविध कार्यक्रमको आयोजना गरिने भएको छ। कार्यक्रमअर्न्तर्गत शुभकामना आदानप्रदान, असहाय बालबालिकालाई स्टेशनरी सामग्री वितरण, अस्पतालमा रहेका असहाय विरामीलाई फलफूल वितरण तथा राजमार्ग चोकमा दीप प्रज्ज्वलन रहेको छ। २०६८ फागुन २४ गते स्थापना भएको सङ्घले नौ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ। सङ्घमा तीन सयभन्दा बढी… पुरा पढौ

अन्ततः विद्यार्थीलाई घर फर्काइने

ढिकुरपोखरी, २३ फागुन। शिक्षा विभागमार्फत् काठमाडौँको बुढानिलकण्ठबाट छात्रवृत्तिमा होस्टेलमा बसी पढ्दै आएका बालमन्दिर माध्यमिक विद्यालय ढिकुरपोखरी-६ लुम्ले, काँडे कास्कीका विद्यार्थी अन्ततः घर फर्किने भएका छन्। आफूहरूले विद्यालयमा दुर्व्यवहार सहनुपरेको एवं असुरक्षित महसुस गरेको बताउँदै सो विद्यालयमा कुनै पनि हालत नर्फकने अडान राखेपछि बुधबार पोखरामा आयोजित सरोकारवालाको छलफलमा उनीहरूलाई घर फर्काइने निर्णय भएको हो। पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा शिक्षा विभागका निर्देशक… पुरा पढौ

‘विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण’

पोखरा, २३ फागुन। सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक शम्भु उप्रेतीले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। १०३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सर्न्दर्भमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, कम्युनिटी सपोर्ट ग्रुप र सिर्द्धार्थ क्लब संयुक्त आयोजनामा पोखरामा आयोजित ‘विपद् र महिला’ विषयक अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन्। विपद् व्यवस्थापनबारे आधारपत्र प्रस्तुत गर्दै उनले मानवसिर्जित विपद् र प्राकृतिक… पुरा पढौ

पाँच वर्षपछि बागलुङ-गुल्मीमा पुल निर्माण

बागलुङ, २३ फागुन। बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा गुल्मीदेखि यातायात सेवा सञ्चालन हुँदै आए पनि निर्माण कार्य थालनी भएको पाँच वर्षपछि मोटर गुड्ने पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बागलुङ जिल्लाको पश्चिम १६ गाविससँग प्रत्यक्ष सम्बन्ध राख्ने गुल्मी हुँदै पाल्पा, बुटवल, काठमाडौंसम्म जान प्रयोग हुने दरमखोलामाथि रामेछाप खापपाते जेभि निर्माण सेवाले कामको जिम्मा लिएको स्थानीयवासीले जनाएका छन्। ३६ मिटर लम्बाई… पुरा पढौ

हर्पनकोट माविको ३१ औं वाषिर्कोत्सवमा पुरस्कार वितरण

पोखरा, २३ फागुन। कास्की जिल्लाको पर्यटकीय पञ्चासेधामको  काखमा अवस्थित भदौरे तामागी गाविस वडा नं. ७ मा रहेको हर्पनकोट माविको ३१ औं वाषिर्कोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव नवराज पौडेलले उद्घाटन गरेको कार्यक्रममा विद्यालय निरीक्षक विमलाकुमारी शर्माले विद्यालय सबैको साझा संस्था भएकोले शिक्षक अभिभावक मिलेर शिक्षाको गुणस्तर तथा विद्यालयका गतिविधिलाई समयसापेक्ष… पुरा पढौ