देश र समाज

बागलुङलाई पर्यटकीय जिल्ला बनाइने

बागलुङ, १८ असार। बागलुङ जिल्लालाई पर्यटकीय जिल्ला बनाई स्वदेशी तथा विदेशी पर्यटक कसरी भित्रायाउने भन्नेबारे सदरमुकाम बागलुङमा पर्यटनसम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भयो। नेपाल पर्यटन बोर्ड तथा गरिबी निवारणका लागि शान्ति र विकास संस्थाको संयुक्त आयोजनामा पर्यटनको विकास एवं प्रबर्द्धनका लागि नागरिक सहभागिता विषयक कार्यशालामा सरोकारवालाले संसारका जुनसुकै मुलुकमा पर्यटनलाई विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण उद्योग एवं व्यवसाय भएको हुँदा यसलाई… पुरा पढौ

भ्रष्टाचार न्यूनीकरणका लागि सदाचार

पोखरा, १६ असार।नेपालजस्ता विकाशोन्मुख देशमा भ्रष्टाचार न्यूनीकरणका लागि सदाचार र जवाफदेहिता आवश्यक भएकोमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनल(टिआई) नेपालले सुशासनका लागि नागरिक समाज (सुनास) पोखराको सहकार्यमा आयोजना गरेको सदाचार र जवाफदेही प्रवर्द्धन विषयक गोष्ठीका वक्ताहरूले यस्तो धारणा राखेका हुन। पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक सुमनप्रसाद शर्माले नेपालमा भ्रष्टाचार नियन्त्रणका संयन्त्रहरूको सङ्ख्या बढे पनि भ्रष्टाचार कम नभएकोमा चिन्ता… पुरा पढौ

जलवायु परिवर्तनको कारण कृषि उत्पादमा ह्रास आएको विज्ञहरू भनाइ

पोखरा, १६ असार।जलवायु परिवर्तनको कारण नेपालको कृषि उत्पादमा ह्रास आएको विज्ञहरूले बताएका छन्। विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयोजना तथा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको प्रविधिक सहयोगमा पोखरामा आइतबार न्यून कार्बन आर्थिक विकास रणनिति तयार गर्न आयोजना गरेको क्षेत्रीयस्तरको परामर्श गोष्ठीमा विज्ञहरूले त्यस्तो वताएका हुन्। विकसित राष्ट्रमा औद्योगिक करणको विकास सगै हरित गृहग्याँसको उर्त्र्सजनले गर्दा त्यसको असरले… पुरा पढौ

छ शहीदको दशौं स्मृति दिवस

पोखरा, १६ असार।२०६१ असार १६ गते कास्कीमा मृत्युवरण गरेका छ जना शहीदको दशौं स्मृति सभा आइतबार सम्पन्न भएको छ। माओवादीमा आस्था राखेकै कारण उक्त दिन तत्कालीन शाही सेनाले कास्कीको ल्वाङ्घलेल-८, घलेलमा कोपिला रानाभाट र उषा लामिछानेको हत्या गरेको थियो। ल्वाङ्घलेलकै खोराको मुखमा सेनाले लोकेन्द्र न्यौपाने र कुमार विष्टलाई खाल्डो खन्न लगाई ज्युँदै पुरेको थियो। सोही दिन सेनाले अर्मलामा विजयराज बास्तोला… पुरा पढौ

सडक बालबालिकाको लागि तीन करोडको उद्योग स्थापना

पोखरा, १६ असार।वि.सं. २०५१ मा लघु जलविद्युत निर्माणको क्षेत्रमा काम गर्न आएका डेनियल बुर्गीलाई नेपालको सुन्दरता र नेपालको सम्भावनाले लोभ्यायो। कन्स्ट्रक्सन इन्जिनियरिङमा विद्यावारिधी गरेका स्वीटजरल्याडका नागरिक बुर्गी यो २० वर्षको अवधिमा लामो समय नेपाल रहे। सडक बालबालिका गम सुँघ्ने, बोत्तल, सिसा खोज्ने गरेको पत्ता लगाएपछि उनीहरूलाई सहयोग गर्न त्यही फोहोरलाई प्रयोग गर्ने उनले विचार गरे। विदेशी संस्था र आईएनजिओको सहयोग… पुरा पढौ

लेखनाथ नगरपालिकाले अबदेखि हाँसेर सेवा दिने

लेखनाथ, १६ असार।कास्कीको लेखनाथ नगरपालिकाका कर्मचारीले अबदेखि सेवाग्राहीलाई हाँसेरै सेवा दिने प्रतिबद्धता जनाएका छन्। नगरपालिकाको आयोजना तथा रेडियो तर·को सहजीकरण र व्यवस्थापनमा आइतबार भएको सार्वजनिक सुनुवाइमा कर्मचारीले यस्तो प्रतिबद्धता जनाएका हुन्। नगरपालिकाले आर्थिक वर्ष ६९।७० मा प्रवाह गरेको सेवा, सुविधा तथा विकास निर्माण कार्यको पारदर्शिताका लागि गरिएको सार्वजनिक सुनुवाइमा अधिकांश नगरवासीले कर्मचारीले झकर्र सेवा दिने गरेको गुनासो गरेपछि सहजकर्ता हिमनिधि… पुरा पढौ

लेखनाथमा दशौं असारे रोपाइँ महोत्सव

लेखनाथ, १५ असार।'पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ यस वर्षको असारे रोपाइँ' महोत्सव कास्कीको लेखनाथस्थित बेगनासताल बाँध किनारामा शनिबार सम्पन्न भएको छ। बेगनासतालको दक्षिणतर्फको बाँधकिनारको आठ रोपनी क्षेत्रफलमा भएको दशौं रोपाइँ' महोत्वको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी यादवराज कोइरालाले खाद्य सुरक्षाको व्यवस्थापन हुन नसक्दा अन्न भण्डार नष्ट भएकोमा चिन्ता व्यक्त गर्दै कृषि पर्यटन र व्यवसायिक कृषिको माध्यमबाट… पुरा पढौ

पूर्वर्कर्मचारी सेवा परिषद्का केन्द्रीय पदाधिकारीलाई पोखरामा स्वागत

पोखरा, १५ असार।पूर्वर्कर्मचारी सेवा परिषद् नेपाल कास्की शाखाको आयोजनामा शनिबार परिषद्का केन्द्रीय पधादिकारीलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय अध्यक्ष पूर्वसचिव तथा केन्द्रीय अध्यक्ष भरतबहादुर थापा, पूर्व सचिव तथा केन्द्रीय सदस्य माधवप्रसाद घिमिरे, केन्द्रीय सदस्य डिल्लीरवरण सिंह र वंशीधर घिमिरेलगायतलाई परिषद्का जिल्ला अध्यक्ष हरिप्रसाद किरण ओझाले खादा ओढाइ सम्मान गरेका थिए। प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष भरतबहादुर… पुरा पढौ

साहित्यकार मुक्तिनाथको ९९ औं जयन्ती

पोखरा, १५ असार। साहित्यकार मुक्तिनाथ शर्माको ९९ औं जन्मजयन्तीको अवसरमा शनिबार उनको स्मृति गरिएको छ। मुक्तिनाथ स्मृति प्रतिष्ठान पोखराद्वारा पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल तथा औषधि वितरण गरी शर्माको स्मृति गरिएको हो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन थापा संयोजन, सहसचिव कमला शर्मा, सल्लाहकार कुशुमकेशव पराजुली र दुर्गाप्रसाद तिमिल्सिना, स्व. मुक्तिनाथका माइला सुपुत्र प्रकाश शर्मा, जेठी बुहारी मधु शर्मा, कान्छा सुपुत्र किरण… पुरा पढौ

आज असारे पन्ध्रम

पोखरा, १५ असार।नेपाली किसानहरूको महत्त्वपूर्ण दिन असारे १५ आज विविध कार्यक्रमका साथ मनाइदै छ। मानो रोपेर मुरी उब्जाउने दिनको रूपमा असार १५ लाई मान्ने गरिन्छ। यस दिन हिलो खेल्नुका साथै दही चिउरा खाने चलन पनि रहेको छ। केही वर्ष यतादेखि यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइँदै आएको छ। यसैगरी पर्यटन व्यवसायी तथा विभिन्न सङ्घसंस्थाले रोपाइँ महोत्वसको आयोजना गरेर आन्तरिक… पुरा पढौ