देश र समाज

बागलुङमा पेन्सन वितरण सम्पन्न

बागलुङ,जेष्ठ १३।धौलागिरी अञ्चलका भूतपूर्व भारतीय सैनिकहरूलाई बागलुङमा पेन्सन वितरण कार्य सम्पन्न भएको छ। १६ वर्ष बढी समय भारतीय सेनामा काम गरी अवकाश प्राप्त गरेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका करिब १४ हजार भूपू सैनिकहरूलाई पेन्सन वितरण गर्न सुरू गरिएको जिल्ला सैनिक बोर्ड बागलुङले जनाएको छ। हरेक ६/६ महिनामा वितरण गरिने पेन्सनअन्तर्गत अहिले झण्डै ४० करोड रूपयाँ भन्दा बढी रकम बितरण… पुरा पढौ

कास्कीका निजामती कर्मचारीको भेला

पोखरा, १३ जेठ।कास्की जिल्लामा कार्यरत निजामती कर्मचारीहरूको सोमबार पोखरामा भेला बस्यो। भेलाले हालै नेपाल सरकारले जारि गरेको निजामती सेवा ऐन तेस्रो संशोधन अध्यादेश २०६९ बाट अधिकतम् कर्मचारीहरू मर्कामा परेको ठहर गरेको छ। साथै भेलामा पारित अध्यादेश बमोजिम निजामती कर्मचारीको २४ घ १ दफा बमोजिम हुने बढुवा प्रकृया र सुब्बाबाट अधिकृत हुने (आन्तरिक प्रतियोगिताद्वारा) बढुवा प्रणालीको खारेज गरेको हुँदा सो विषयमा… पुरा पढौ

प्रतिष्ठानद्वारा धादिङका स्रष्टाहरू सम्मानित

धादिङ, १२ जेठ। अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराद्वारा धादिङका तीन स्रष्टा सम्मानित भएका छन्। सम्मानित हुने साहित्यकारमा  डिल्लीरमण शर्मा अर्याल, हरि खनाल र दामोदर नलाङी छन्। आदिकवि भानुभक्त आचार्यको दुर्इ शतवाषिर्की तथा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानको नवौँ वाषिर्कोत्सवको अवसरमा उक्त सम्मान गरिएको हो। धादिङवेसीस्थित नीलकण्ठ क्याम्पसको सभाकक्षमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि  प्राध्यापक डा. रविलाल अधिकारी र विशेष… पुरा पढौ

मनाङ र आर्मी विजयी

काठमाडौँ, १२ जेठ। ए डिभिजनमा रहेको मनाङ मस्र्याङ्दी क्लबले बी डिभिजन लिग उपविजेता टुसाल युथ क्लबलाई एक दर्जन गोल बर्साउँदै गोरखा कप फुटबल प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ।दशरथ र·शालामा आइतबारभएको सो प्रतियोगितामा मनाङ मस्र्याङ्दीले टुसाललाई १२-० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो। मनाङका लागि नवीन न्यौपानेले खेल सुरुवाती नौ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए। यस्तै सुजल श्रेष्ठले… पुरा पढौ

दुहवीमा गोली चल्यो, स्थिति तनावग्रस्त

इटहरी, १२ जेठ। २६ दिनअघि हत्या गरिएकी राधा मण्डलका हत्यारालाई प्रहरीले कारबाही नगरेको विरोधमा उत्रिएका दुहवीवासीमाथि प्रहरीले लाठी प्रहार गरी गोली र अश्रुग्याससमेत प्रयोग गरेपछि दुहवी बजार आइतबार तनावग्रस्त बनेको छ। हत्या गरिएकी मण्डलका हत्यारालाई प्रहरीले पक्राउ नगरेको भन्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका दुहवीवासीमाथि प्रहरीले एक्कासी हस्तक्षेप गरेर अन्धाधुन्ध लाठी प्रहारसहित अश्रुग्यास र गोली चलाएको स्थानीयवासीको भनाइ छ। प्रहरी र दुहवीवासीबीच… पुरा पढौ

टयाक्सी भाडादर अब एसएमएसबाट

काठमाडौँ, १२ जेठ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीभित्र एकस्थानबाट अर्को स्थानसम्म जाँदा यात्रुले तिर्नुपर्ने टयाक्सी भाडादर एसएमएसबाट समेत जानकारी लिन सक्ने व्यवस्था मिलाएको छ। त्यसका लागि महाशाखाले राजधानीका १०६ स्थानको टयाक्सी भाडा दर राखेर  एसएमएस सेवाबाट जानकारी दिने व्यवस्था मिलाएको छ। सर्वसाधारणको सहज जानकारीका लागि टयाक्सीको भाडा एसएमएस सूचना प्रविधिबाट जानकारी गराउने लक्ष्यका साथ यो अभियान सुरु गरिएको महाशाखाद्वारा आइतबार यहाँ… पुरा पढौ

विश्व बैड्कले आठ करोड डलर अनुदान दिने

काठमाडौँ, १२ जेठ। विश्व बैड्ढले गरिबी निवारण कोषका लागि थप आठ करोड अमेरिकी डलर अनुदान दिने भएको छ। कोषलाई सुरुदेखिनै आर्थिक सहयोग गर्दै आएको विश्व बैड्ढले थप अनुदान उपलब्ध गराउने सम्बन्धमा अन्तिम तयारी भइरहेको कोषले जानकारी दिएको छ। कोषद्वारा आइतबार आयोजित ‘गरिबी निवारणको हालसम्मको प्रगति तथा भावी कार्यदिशा’ विषयक अन्तरक्रियामा कोषका उपाध्यक्ष युवराज पाण्डेले आगामी चार वर्षे कार्यक्रमका लागि विश्व… पुरा पढौ

उपचारमा मिसन अस्पताललाई सफलता

पाल्पा, १२ जेठ।२०११ साल स्थापना भएको युनाइटेड मिसन अस्पताल तानसेनले अस्पताल हार्डजोर्र्नी, स्त्रीरोग, मधुमेह र क्षयरोगको उपचारमा ९५ प्रतिशत सफलता मिलेको जनाएको छ। अस्पतालले चार बेडको एच.डि.यु. र वि.एन. नर्सिङ कक्षा, अत्याधुनिक ल्याव र एक्सरे सेवा, एचआईभीका लागि केयर होम सञ्चालन गर्ने भएको छ। सेवामा गुणस्तरीय बनाउन सरोकारवालासँग अन्तरक्रिया गरेर समयअनुसार विशिष्टकरण गदै लैजाने जनाएको हो। अस्पतालले एचआईभी सङ्क्रमितलाई एआरभी,… पुरा पढौ

२५५७ औं बुद्ध जयन्ती मनाइयो

पोखरा, ११ जेठ।२५५७ औं सिर्द्धार्थ गौतम बुद्ध जयन्ती पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरियो। ५५७ औं बुद्ध जयन्ती मूलसमारोह समिति, कास्कीको आयोजनामा महामानव गौतम बुद्ध जयन्तीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो। बुद्ध जयन्तीको अवसरमा धर्मशिला बुद्ध विहार नदिपुरबाट महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोडहुँदै पोखरा सभागृहसम्म शान्ति पदयात्रा निकालिएको थियो। पदयात्रामा बुद्ध धर्मसँग सम्बन्धित विभिन्न संघ, संस्था र गुम्बाहरुको प्रतिनिधित्व रहेको थियो । शान्ति पदयात्रा… पुरा पढौ

राधाकृष्ण वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

लेखनाथ, ११ जेठ, लेखनाथ नगरपालिका -१३ स्थित राधाकृष्ण वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्र्पर्श आयुर्वेद अस्पतालको प्राविधिक सहयोगमा शिविरमा असहाय वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरिनुको सार्थ औषधि वितरण गरिएको अस्पतालका प्रबन्ध सञ्चालक डिलकुमार भुजेलले बताए। अस्पतालले उनीहरुलाई फलफूलसमेत वितरण गरेको थियो। शिविरमा वृद्धाश्रममा आश्रतिबाहेक लेखनाथ वडा नं. १२ र २ नम्बरका वृद्धवृद्धाहरु तथा अन्यको उपस्थिति रहेको वृद्धाश्रम सञ्चालक समितिका… पुरा पढौ