देश र समाज

कवि तीर्थ श्रेष्ठलाई हृदयघात, बयोधामा उपचाररत श्रेष्ठको होस खुल्यो

पोखरा, ३ भदौ।सोमबार अचानक हृदयघात भएपछि उपचारका लागि काठमाडौं पुर्‍याइएका कवि तीर्थ श्रेष्ठको होस खुलेको छ। सोमबार बेलुकीदेखि उनी सामान्य कुराकानी गर्न सक्ने भएका छन्। श्रेष्ठका भाइ सूर्य श्रेष्ठका अनुसार कवि श्रेष्ठ चिन्तामुक्त अवस्थामा छन्। सोमबार पूर्वान्ह ११:३० बजे अचानक हृदयघात भएपछि श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचार गरिएको थियो। तर थप उपचारका लागि उनलाई बेहोस अवस्थामै एयर डाइनेस्टिको… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

लेखनाथ, ३ भदौ। लेखनाथ उद्योग वाणिज्य संघको भदौ २८ र २९ गते हुने नवौं महाधिवेशनका लागि जेसीज अभियानका अभियन्ता स्थानीय युवा व्यवसायी एलके शर्माले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनको उम्मेदवारी दिने निर्णय गरिपछि अध्यक्ष पदमा उनी र वर्तमान महासचिव बाबुराम गिरीबीच प्रतिष्पर्धा हुने देखिएको छ। गिरी वर्तमान कार्यकालका महासचिव र एक कार्यकाल सदस्यको पदमा रहेर काम गरिसकेका… पुरा पढौ

सशस्त्र प्रहरी परिसरमै कफ्र्यु लागेपछि …

पोखरा, २ भदौ।लोडसेडिङबाट आजित भएका स्थानीयवासी माग पूरा नभएको विरोधमा नारा जुलुस गर्दै आए। तीनतिरबाट तीन हुल भएर नाराजुलुस गर्दै आएपछि सुरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे पर्‍यो। वार्ताको प्रयास विफल भएसँगै आक्रोशित आन्दोलनकारी ढुङ्गमुढा गर्दै निषेधित क्षेत्र तोड्न थालेपछि सशस्त्र प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गर्न बाध्य भयो। पानीको फोहराले समेत हुलदङ्गा नियन्त्रण नभएपछि प्रहरीले हवाई फायर गरेर मात्र पुगेन… पुरा पढौ

कृषिमा नयाँ क्रान्ति

नेपाल एक कृषिप्रधान देश हो। कृषिप्रधान देश भएकै कारण अहिले पनि देश विकासोन्मुख अवस्थामा पाइला चालिरहेको छ। विश्व कृषि क्षेत्रमा आएका नयाँ-नयाँ प्रणालीलाई नेपाली पाठ्यक्रमभित्र समावेश नगर्दा शिक्षामा नयाँ कुरा अवश्य दिन सकिएको छैन। ब्राजिल, भेनेजुएला, जापान, दक्षिण कोरिया, दक्षिण अमेरिका, क्युवा जस्ता देशहरूले भूमिको समान वितरणको क्रान्तिमा सफल भएपछि नै कृषिमा नयाँ क्रान्ति गर्न सकेका हुन्। जनताले जबसम्म समानरुपले… पुरा पढौ

स्याङ्जामा बम बिस्फोट, एक गम्भीर

स्याङ्जा, १ भदौ। पूर्र्वी स्याङ्जाको बिकट साखर गाविस ४ मानेचौरमा शुक्रबार भएको बम बिस्फोटमा परी एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मानेचौरका १८ वर्षीय यामबहादुर थापा हुन्। उनलाई उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचार हुन नसक्ने चिकित्सकले बताएपछि थप उपचारका लागि राजधानीस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ। घाइते थापाको अनुहार, हात र शरीरमा गम्भीर चोट छ।… पुरा पढौ

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अधिवेशन, गौतमको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत्

पोखरा, १ भदौ।प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पिपिएलए) कास्कीको अध्यक्षमा शुकदेव गौतम सर्वसम्मत् चयन भएका छ। पिपिएलएको शनिबार पोखरामा सम्पनन पहिलो अधिवेसनले गौतमको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्ष लीलावल्लभ न्यौपाने, सचिव सरला पाण्डे (महिला), जनकल्याण पराजुली -पुरुष) र कोषाध्यक्ष भगवती पहारी चयन भए। सदस्यहरुमा जानकी शर्मा, मदनप्रसाद तिवारी, सुरेन्द्रबहादुर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, भोजराज… पुरा पढौ

उपभोक्ताले स्वदेशी सामानलाई प्राथमिकता दिनुपर्छः भण्डारी

पोखरा, १ भदौ।नेपाल निर्माण सामाग्री व्यापार महासंघका वरिष्ठ उपाध्यष युवकराज भण्डारीले व्यवसायीले गुणस्तरीय बस्तु बिक्री तथा उपभोक्ताले स्वदेशी सामानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले व्यापारीहरू व्यवसायिकभन्दा सामाजिक सेवामा चिन्तित रहेको उल्लेख गर्दै व्यवसाय गर्न आवश्यक वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षणसमेत गराए। पोखरा हार्डवयर एशोसिएसन कास्कीको २० औं वाषिर्क साधारणसभाको शनिबार उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि भण्डारीले भवन निर्माणको काममा दक्ष… पुरा पढौ

नेराभूपू सैनिक तथा प्रहरी संगठनको तेस्रो अधिवेशन

पोखरा, १ भदौ।नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन वडा कमिटी, पोखरा-५ को तेस्रो अधिवेशन नयाँ कार्यसमिति गठन गरी शनिबार सम्पन्न भयो। अधिवेशनले देवबहादुर क्षत्रीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा टेकबहादुर क्षत्री, सचिवमा क्या. रुद्रप्रसाद शर्मा, सदसयमा ना. नरबहादुर प्रसाई ठकुरी, कोषाध्यक्षमा सु. शेरबहादुर क्षत्री र सहकोषाध्यक्षमा देवकी अधिकारी चयन भएका छन्। त्यसैगरी, सदस्यमा रामकुमारी शर्मा,… पुरा पढौ

राप्रपा नेपाल घाचोक गाउँ इकाइ अध्यक्षमा ठकुरी, राष्ट्रवादी शक्ति र विस्तारवाद एवं सम्राज्यवाद शक्तिबीच कडा प्रतिष्पर्धा हुने

पोखरा, १ भदौ।राप्रपा नेपाल घाचोक गाउँ एकाइको अध्यक्षमा रामबहादुर ठकुरी चयन भएका छन्। समितिको उपाध्यक्षमा विनोद अधिकारी, सचिवमा अम्वरबहादुर ज्यूठकुरी, कोषाध्क्षमा विष्णुप्रसाद दवाडी, सह-सचिवमा सञ्जीव परियार, सदस्यहरूमा कमला ज्यूठकुरी, लक्ष्मी ज्यूठकुरी, दीपेन्द्रबहादुर हमाल, शिवशक्ति हमाल, विष्णुप्रसाद दाहाल, राजु भुजेल, अनुप अधिकारी, रामचन्द्र परियार, लालबहादुर गुरूङ, राम शाही, सगुन शाही, सरोज शाही, महेन्द्र हामाल र कुलबहादुर पुन रहेका छन्। प्रमुख अतिथि… पुरा पढौ

ग्रामीण सडक मर्मत नहुँदा सास्ती

पाल्पा, ३२ साउन।अविरल वषासँगै पहिरोले अवरूद्ध बनेका पाल्पाका ग्रामीण सडकहरू मर्मत नहुँदा ग्रामीण भेगका बासिन्दाहरूलाई सास्ती भएको  छ। जिल्लाभित्रका पक्की सडकबाहेक सबै कच्ची सडक विगत डेढ महिनादेखि बन्द भए पनि खुलाउने बारेमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन। २२ वटा ग्रामीण गाविसहरूमा पुग्ने सडकहरू पहिरोले बन्द भए पनि गाविस, जिविस र उपभोक्ता समितिले सडकको पहिरो हटाउने कार्य गरेका छैनन्। असारमा… पुरा पढौ