देश र समाज

झपेन्द्र स्मृति पार्कको उद्घाटन

पोखरा, १७ वैशाख।वि.सं. २०४६ सालको आन्दोलनको सफलतापछि २०४७ साल वैशाख १७ गते गोली लागी मृत्यु भएका झपेन्द्र कार्कीको स्मृतिमा झपेन्द्र स्मृति पार्कको निर्माण भएको छ। पार्कको म·लबार उद्घाटन गर्दै विघटित संविधानसभाका सभासद् रवीन्द्र अधिकारीले झपेन्द्र कार्की, ऋषि परियार हालसम्म राज्यबाट शहीद घोषणा हुन नसके पनि जनताका मनमा शहीदकै रूपमा रहेको बताए। उनले कार्कीसँगै शहादत प्राप्त गरेका परियारको स्मृतिमा पनि चाँडै… पुरा पढौ

बाल मन्दिरबाट विस्थापित विद्यार्थीलाई पाल्पा पठाउने सहमति

काठमाडौँ, १६ वैशाख। कास्कीको लुम्लेस्थित बालमन्दिर माविबाट विस्थापित विद्यार्थीलाई पाल्पाको जनता नमूना उमाविमा स्थानान्तरण गर्ने सहित चारबुँदे सहमति भएको छ। शिक्षा विभागमा सोमबार सरकार र आन्दोलनरत अभिभावक तथा विद्यार्थीबीच भएको वार्तामा भएको सहमतिअनुसार ती विद्यार्थीको गत शैक्षिक सत्रको बाँकी रहेको वाषिर्क परीक्षा पनि अब पाल्पामा नै हुने भएको छ। विभागका महानिर्देशक डा. लवदेव अवस्थीले सम्बन्धित जिल्ला शिक्षा कार्यालयको सिफारिस र… पुरा पढौ

गुरुङ हेरिटेज पदयात्रा टोली फर्कियो

पोखरा, १६ वैशाख।गुरुङ हेरिटेज पदमार्गमा स्थानीयवासीलाई पर्यटनसम्बन्धी सचेतना गराउने तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चारकर्मीसहितको ९ सदस्यीय टोली सोमबार साँझ पोखरा फर्केको छ। गत शुक्रबार चार दिने पदयात्रामा निस्केको उक्त टोलीले कास्कीको याङ्जाकोट, भाचोक, नागिधार, रवैडाँडा, लमजुङको, कमागाउँ, पसगाउँ, भुजुङ र घले गाउँको स्थलगत भ्रमण गरेको थियो। टान पोखराका अध्यक्ष नारायण सापकोटाको नेतृत्वमा गएको उक्त टोलीमा आदर्श समाज राष्ट्रिय दैनिकका… पुरा पढौ

बुटवलका घर भत्काउन राजधानीका डनको प्रयोग, राजनितिक दल र प्रहरीको संरक्षण, डिएसपीको नेतृत्वमा छानविन टोली गठन

बुटवल, १६ बैशाख।मध्यरातमा हतियारधारी समूहले डोजर चलाएर सर्वसाधारणको घर भत्काउने कार्यमा राजधानीका डनहरूको प्रयोग भएको खुलेको छ। प्रहरीले घटनामा संलग्नमध्येका एक सुमन लामालाई पक्राउ गरेपछि उक्त तथ्य खुलेको हो। घटनामा संलग्न तीनडोजरमध्ये दुर्इ डोजर तत्काल नियन्त्रणमा लिएको प्रहरीले भागेको अको एक डोजर र चालकलाई पनि पक्राउ गरेपछि अनुसन्धान अघि बढेको छ। घटनामा संलग्न डोजर चालक, सहचालक गरी छ जनालाई प्रहरीले… पुरा पढौ

नेपाल मगर विद्यार्थी सङ्घ कास्कीमा गम्भीर

पोखरा, १५ वैशाख।नेपाल मगर सङ्घ कास्कीको १४औं अधिवेशनले गम्भीर रानामगरको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ। 'पहिचानसहितको सङ्घीयता, बहुसांस्कृतिक शिक्षा र नयाँ संविधानको पक्षमा १४औं जिल्ला अधिवेशन’ भन्ने मूलनाराका साथ सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा निरज थापामगर, सचिवमा नेत्र र्घर्तीमगर, सहसचिवमा सुमन थापामगर र कोषाध्यक्षमा सरिता आले चयन भएका छन्।  सदस्यहरूमा दिनेश रोकामगर, विवेक थापामगर, प्रेमबहादुर रोकामगर, गगन थापामगर,… पुरा पढौ

स्याङ्जाका सुनचाँदी पसल बन्द

स्याङ्जा, १५ वैशाख।सुनचाँदीको सहज आपूर्तिको माग र सुन खरिदमा बढ्दो तस्करीको विरोध गर्दै सुनचाँदी व्यवसायी सङ्घ स्याङ्जाको आÞवानमा स्याङ्जाका सुनचाँदी व्यवसायीले आइतबार सुनचाँदी पसल बन्द गरेका छन्। बन्दका कारण जिल्लाभरका करिब ९० वटा सुनचाँदी पसल बन्द रहेको व्यवसायी सङ्घका उपाध्यक्ष निर्मल खातीले जानकारी दिए। स्याङ्जालाई हप्तामा तीन किलो सुन आवश्यक रहेको तर तीन सातामा एक किलोमात्र सुन पाइने हुँदा व्यापार… पुरा पढौ

लेखनाथमा हुने महायज्ञको तयारी तीव्र

लेखनाथ, १५ वैशाख।श्रीकृष्ण प्रणामी परमार्थ मिशन ट्रष्टद्वारा लेखनाथमा वैशाख २९ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन गर्न लागेको श्रीमद्भागवत नवाह महापुराण एवं हात्तीरोहण ज्ञान महायज्ञ-२०७० बारे आइतबार डाँडाकोनाकमा भेला सम्पन्न भएको छ। लेखनाथका आमा समूह, १५ वटा वडाका सबै टोलविकास संस्थाका अध्यक्षसहित मूलसमिति तथा उपसमितिका सदस्यको संयुक्त भेलामा बोल्दै नगर समितिका संयोजक छविलाल लामिछानेले बेसहाराको सहाराका लागि महायज्ञ सफल पार्नुपर्ने बताए।… पुरा पढौ

धनलक्ष्मी सहकारीद्वारा शुभकामना आदान प्रदान

पोखरा, १५ वैशाख।धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था नदीपुर पोखराको नववर्ष २०७० को अवसर पारेर शनिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गर्‍यो। संस्थाका अध्यक्ष पुरुषोत्तम पन्तको अध्यक्षतामा पोखराको शान्तिवन बाटिकामा भएको उक्त कार्यक्रममा शेयर सदस्यको तर्फबाट ऋण समितिका सदस्य शशीधर पराजुली, सहकारी सचेतना कार्यक्रमका प्रशिक्षक ज्ञानबहादुर कार्की, सल्लाहकार समितिका अध्यक्ष डा. रामेश्याम कायस्थलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सोही कार्यक्रममा… पुरा पढौ

अस्थायी शिक्षकको आन्दोलन फिर्ता

काठमाडौँ, १२ वैशाख।सबै अस्थायी शिक्षकलाई हाल खुला गरिएको शिक्षक सेवा आयोगको विज्ञापनमा आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउन सरकार सहमत भएपछि अस्थायी शिक्षक सङ्र्घर्ष समिति, २०६९ को आन्दोलन फिर्ता भएको छ। शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतम र सङ्र्घर्ष समितिका प्रतिनिधिबीच बिहीबार भएको वार्तामा सो सहमति भएको हो। सहमतिअनुसार २०६३ वैशाख ११ पछिका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गराई विस्थापन हुनु नपर्ने वातावरण… पुरा पढौ

भारतले सहयोग नगरे उसको सुरक्षा चिन्तामा नेपालले सघाउँदैन : अध्यक्ष दाहाल

सल्यान, १२ वैशाख। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूले नेपालमा एमाले पार्टीछैन भनेर नभनेको दाबी गरेका छन्। सल्यानको वाफुखोलामा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेले काँग्रेससँग मिलेर चुनावमा गएपछि कम्युनिष्ट सिद्धान्त नरहने मात्र भनेको स्पष्ट पारे। ‘मैले त एमालेले काङ्ग्रेससँग मिलेर चुनाव लडेमा सिद्धान्ततः एमाले कम्युनिष्ट रहने छैन भनेको हो, मेरो भनाइको आशय एमाले नै छैन भन्ने… पुरा पढौ