देश र समाज

कार्कीको हत्याका अभियुक्त सार्वजनिक, हत्यामा उनकै श्रीमती सहयोगी रहेको खुलासा

पोखरा, १८ जेठ।घाँटी रेटी निर्ममपूर्वक हत्या गरिएका लेखनाथ-१३ स्थित गगनगौडा ग्रिल उद्योगका सञ्चालक प्रेमबहादुर कार्कीको हत्यामा उनकै श्रीमती सहयोगी रहेको खुलेको छ। हत्याका मुख्य अभियुक्त सोही ग्रिल उद्योगमा कार्यरत मिस्त्रीलाई प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। लामो समयसम्म मिस्त्रीको रूपमा कार्यरत सिर्द्धार्थ नगरपालिका-८, रूपन्देही निवासी २६ वर्षीय हसन अलि फकिर -गुडुडु) लाई प्रहरीले कार्कीको हत्यामा संलग्न रहेको अभियोगमा शुक्रबार… पुरा पढौ

वनपाले सामुदायिक वनमा वृहत वृक्षरोपण

पोखरा, १८ जेठ।कास्की जिल्लाको कृस्तीनाच्ने चौर गाविसस्थित वनपाले सामुदायिक वनमा आज वृहत वृक्षरोपण कायक्रमको आयोजना गरियो। जिल्लाकै सबैभन्दा बढी पैह्रोको जोखिममा रहेको सो वन क्षेत्र अन्तर्गतको साढे दुर्इ हेक्टर क्षेत्रफलमा अम्रिसो, बाँस,तेजपात, लप्सी लगायत विभिन्न जातका १७ हजार विरुवा रोपिएको थियो। वन समूहका उपभोक्ताको सक्रिय सहभागितामा गरिएको वृक्षरोपण कायक्रमलाई सामुदायिक वन उपभोक्ता महासङ्घ हरियोवन कायक्रम र जिल्ला वन कार्यालय कास्कीले… पुरा पढौ

घलेगाउँ भुजुङ्मा स्थानीयसँग अन्तरक्रिया

पोखरा, १८ जेठ।पोखरा नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी लमजुङको घलेगाउँ र भुजुङबाट शनिबार पोखरा फर्किएका छन्। शैक्षिक अध्ययनका लागि बुधबार त्यहाँ पुगेका विद्यार्थीले उक्त क्षेत्रको अध्ययन र स्थानीयसँग अन्तरक्रिया गरेका छन्। ग्रामीण विकास, समाजशास्त्र एवं पत्रकारिता विषयमा अध्ययनरत् विद्यार्थीले दक्षिण एशियाकै प्रथम 'होम स्टे’ गाउँ घलेगाउँमा त्यहाँको पर्यटकीय विषयलगायत गुरुङ जातिको संस्कृतिबारे अन्तरक्रियासमेत गरे। तीनदिने भ्रमणको… पुरा पढौ

गैससले सुशासन कायम गर्नुपर्नेमा जोड

पोखरा, १८ जेठ।गैरसरकारी संस्थाहरूले सार्वजनिक तथा सरकारी निकायले नागरिक बडापत्र राखेजस्तै सेवा पत्र राख्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। गैसस महासङ्घ नेपाल जिल्ला शाखा कास्कीले आयोजना गरेको नेपालमा गैसस सुशासन र व्यवस्थापन प्रवर्द्धनको अवस्था विषयक कार्यक्रमका वक्ताले यस्तो जोड दिएका हुन्। महासङ्घका उपाध्यक्ष गोपाल खड्काले अवधारणापत्र पेश गर्दै सरकारी निकायले प्रदान गर्ने सेवा प्रवाहको नागरिक बडापत्र राखे जस्तै गैससले… पुरा पढौ

सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिको सङ्ख्या घटाउन विज्ञापनमा प्रतिबन्ध लगाउन माग, सुर्तीजन्य पदार्थ सेवनबाट वर्षेनि १६ हजारको ज्यान जाने

पोखरा, १७ जेठ।सुर्तीजन्य पदार्थको विज्ञानमा प्रतिबन्ध लगाउन सकेमा धुमपान गर्ने व्यक्तिको सङ्ख्या घट्ने एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन्। नेपाल अर्बुद रोग निवारण संस्था कास्की शाखाले विश्व धुमपानरहित दिवसको अवसरमा शुक्रबार आयोजना गरेको सुर्तीजन्य पदार्थको विज्ञापन, प्रबर्द्धन तथा प्रायोजनमा प्रतिबन्ध लगाऔं विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले त्यस्तो बताएका हुन्। उनीहरूले सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउने भनिए तापनि त्यस्तो नपाइएको भन्दै… पुरा पढौ

धु्रवज्योति माविमा एक विद्यार्थी एक फूल अभियान प्रभावकारी बन्दै

गल्याङ, १७ जेठ।स्याङ्जाको श्रीकृष्णगण्डकी गाविस वडा नं ६ दब्छेस्थित ध्रुवज्योति माविले सञ्चालन गरेको एक विद्यार्थी एक फूल अभियान प्रभावकारी बन्दै गएको छ। विद्यार्थीलाई दण्ड र सजायँभन्दा पनि प्रोत्साहन गरेर विद्यार्थीलाई सरकात्मक बाटो लगाउन सकिन्छ भन्ने दरो उदाहरण ध्रुवज्योति माविले सञ्चालन गरेको अभियानले पुष्टि गर्छ। विद्यार्थीले पैसा नपर्ने स्थानीयस्तरमा उपलब्ध हुने विभिन्नखालका फूलका विरुवा छुट्टाछुट्टै क्यारी बनाएर  लगाएका छन् भने उनीहरूले… पुरा पढौ

द्वन्द्वपीडितलाई वितरण गरिएको राहतसम्बन्धी अनुशिक्षण, मानिसको मूल्य पैसामा साट्न सकिँदैन : कोइराला

पोखरा, १७ जेठ। मिडियाकर्मीको समेत सहभागितामा द्वन्द्वपीडित एवं प्रभावितलाई वितरण गरिएको राहत तथा आर्थिक सहायता विषयक दुर्इ दिने अनुशिक्षण कार्यक्रम शुक्रबारबारदेखि पोखरामा सुरु भएको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालय राहत पुनस्र्थापना एकाइ बवरमहल काठमाडौर्को आयोजनमा सुरु भएको उक्त कार्यक्रममा मनाङ मुस्ताङबाहेक पश्चिमाञ्चल क्षेत्रका अन्य १४ जिल्लाका जिल्ला प्रशासन कार्यालयका लेखा प्रमुखसहित पत्रकार, द्वन्द्वपीडित जिल्ला विकास समितिका प्रतिनिधिलगायत ३२ जनाको सहभागिता… पुरा पढौ

सामाजिक तथा हरियाली कार्यक्रम तुलसीभञ्ज्याङ र जगत्रदेवीमा

गल्याङ, १७ जेठ।जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जाको आयोजनामा स्याङ्जाको तुलसीभञ्ज्याङ र जगत्रदेवी गाविसमा सामाजिक विकास तथा हरियाली कार्यक्रम व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। तुलसीभञ्ज्याङ गाविस र जगत्रदेवी गाविसका नौवटै वडामा कार्यक्रम सञ्चालन गरि गाविसवासीलाई सामाजिक विकाससँगै हरियाली व्यवस्थापन गरि स्वस्थ वातावरण सिर्जना गरेर भूक्षय  संरक्षणका बारेमा जानकारी गराइने जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जाले जनाएको छ। कार्यक्रममा जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जाका राजेन्द्रप्रसाद पोखरेल,… पुरा पढौ

स्ववियु निर्वाचन स्थगित

काठमाडौं, १६ जेठ।फर्जी विद्यार्थी भर्ना विवादका कारण यही जेठ २३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ। त्रिविका उपकुलपतिको कार्यालयमा बिहीबार भएको छलफलमा फर्जी भर्ना खारेजीको विषयमा विद्यार्थी स·ठनहरूबीच सहमति हुन नसकेपछि निर्वाचन स्थगित भएको हो। अको सूचना प्रकाशित नभएसम्म निर्वाचन स्थगित गर्ने निर्णय भएको नेविसङ्घका प्रवक्ता युपि लामिछानेले जानकारी दिए। देशभरका विभिन्न क्याम्पसमा फर्जी भर्नाको विषयलाई… पुरा पढौ

गणतन्त्र दिवसमा वृद्धवृद्धालाई फलफूल

लेखनाथ, १६ जेठ।छैटौं गणतन्त्र दिवसको अवसर पारेर बिहीबर लेखनाथ नगरपालिका वडा नं १३ लामेहालमा रहेको राधाकृष्ण वृद्धाश्रमका वृद्धवृद्धालाई बाद्यवादन सामग्री र फलफूल वितरण गरिएको छ। त्रिदिवसीय गणतन्त्र दिवसको समापनका अवसरमा जिल्ला विकास समिती कास्की, लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य सङ्घको  संयुक्त आयोजनामा त्यहाँ रहेका करिब ४० जना वृद्धवृद्धालाई बाद्यवादन सामग्री तथा फलफूल वितरण गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी… पुरा पढौ