देश र समाज

माझठाना कृषि सहकारीको नाफा १४ लाख

पोखरा, १२ चैत। कास्कीको माझठाना गाविसमा रहेको साना किसान कृषि सहकारी संस्थाले आर्थिक वर्ष ०६८/०६९ मा  १४ लाख ८५ हजार खुद मुनाफा गरेको छ। शनिबार सम्पन्न सातौं वाषिर्क साधारणसभाको अवसरमा दिइएको जानकारी अनुसार संस्थाले दुर्इ करोड ८० लाख कर्जा लगानी गरेको छ। संस्थाको शेयर पूँजी ५९ लाख ५९ हजार, निक्षेप एक करोड २५ लाख, बाह्य स्रोत ८९ लाख रहेको छ… पुरा पढौ

दुर्इ माओवादीको छुट्टा-छुट्टै स्मृतिसभा

पोखरा, १० चैत। माओवादी व्रि्रोहका शहीद शेखर सापकोटाको नवौं स्मृति दिवसमा दुबै माओवादीले छुट्टा-छुट्टै स्मृतिसभाको आयोजना गरेका छन्। नेकपा-माओवादी कास्की क्षेत्र नं. १ को आयोजनामा थुमाकोडाँडा गाविस-७, सिंदुरेचौरमा भएको स्मृतिसभामा सो पार्टीका तमुवान राज्य इञ्चार्ज श्रीनाथ अधिकारी र नेकपा-माओवादी कास्की क्षेत्र नं. १ का सेक्रेटरी शिव खनाल उपस्थित थिए। नेकपा-माओवादी कास्की क्षेत्र नं १ का इञ्चार्ज जगननाथ तिवारीको अध्यक्षतामा सम्पन्न… पुरा पढौ

ज्येष्ठ नागरिक सरोकार समाज नेपालको अध्यक्षमा ओझा

पोखरा, १० चैत । ज्येष्ठ नागरिक सरोकार समाज नेपालको शनिबार सम्पन्न प्रथम अधिवेशनले आगामी तीन वर्षका लागि हरिप्रसाद किरण ओझाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रामनाथ ओझा, सचिवमा विष्णुप्रसाद भण्डारी, कोषाध्यक्षमा निर्मला पोखरेल, सदस्यमा नारायणप्रसाद सुवेदी, इच्छाबहादुर वाग्ले, सोमराज घिमिरे, गणेशबहादुर कार्की, काशीमाया गुरुङ, पवित्रा आचार्य बास्तोला र खेमप्रसाद ओझा छन्। त्यस अवसरमा समाजमा आवद्व सदस्यमध्ये… पुरा पढौ

ब्राइट फ्युचर युथ क्लबले टक्सारमा फागु मेला गर्ने

पोखरा, १० चैत। ब्राइट फ्युचर युथ क्लब टक्सार-१ दाङलि·को आयोजनामा फागु मेला २०६९ हुने भएको छ। फागुपुणिर्माको अवसरमा गरिन लागिएको मेला चैत १३ गते देखि १५ गतेसम्म चल्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। परम्परागत सं’स्कृतिको जगेर्ना गर्दै स्थानीय उत्पादनको बजारीकरण तथा प्रचारप्रसार गरि स्थानीयवासीको आर्थिकस्तर सुदृढीकरण गर्ने उद्देश्यले मेलाको आयोजना गरेको आयोजकले जनाएको छ।  स्थानीयस्तरका कृषिजन्य सामग्रीहरुको विक्री वितरण,… पुरा पढौ

कास्कीमा सुकुम्वासी प्रमाणपत्र वितरण कार्य तीव्र, जग्गा-जमीन भएकाले पनि सुकुम्वासी प्रमाणपत्र दाबी गरे

पोखरा, १० चैत। सुकुम्वासी समस्या समाधान आयोग कास्कीले कास्कीमा सुकुम्वासी परिचय पत्र वितरण कार्यलाई तीव्र पारेको छ। आयोगले कास्कीमा चार हजार छ सय ८६ जना सुकुम्वासी पहिचान गरी फागुन २६ गतेदेखि पोखराबाट परिचयपत्र वितरण कार्य सुरु गरेको थियो। सुकम्वासी भएको दाबी गर्दै आयोगमा परेका ६ हजार दुर्इ सय जनाको आवेदनमाथि छानविन गरी सुकुम्वासी पहिचान भएकाहरुलाई प्रमाणपत्र वितरण थालिएको हो। विभिन्न… पुरा पढौ

श्रम निर्माण ब्यवसायीमा पुनः गुञ्जलाल

पोखरा, १० चैत। श्रम निर्माण व्यवसायी समितिको दोश्रो अधिवेशनले आगामी दुर्इ वर्षका लागि पुनः गुञ्जलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा भीमबहादुर थापा, सचिवमा शिवकुमार सापकोटा, सहसचिवमा चन्द्रबहादुर थापा र कोषाध्यक्षमा प्रकाश बराल चयन भएका छन्। सदस्यहरुमा तिलक बस्नेत, टेकबहादुर अधिकारी, पूर्णबहादुर गुरुङ्, रुद्रबहादुर श्रेष्ठ र दुर्गाबहादुर सुनार चयन भएका छन्।अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरा उपमहानगरपालिकाका इञ्जिनियर… पुरा पढौ

राष्ट्रिय युवा जनस्वयंसेवकको ‘प्रतिरोध अभियान’ सुरु

पोखरा, १० चैत। नेकपा-माओवादीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले देशव्यापी अभियानका रुपमा ‘राष्ट्रिय तथा प्रतिरोध अभियान’ सुरु गरेको छ। ‘राष्ट्रघात, जनघात र सामाजिक विकृतिको बिरुद्व सशक्त संर्घर्ष गरौं, राष्ट्रिय जागरण तथा प्रतिरोध अभियान भव्य रुपले सफल पारौं’ भन्ने नाराका साथ युवा जनस्वयंसेवकको राष्ट्रिय अभियानअन्तर्गत बिहीबारदेखि पश्चिम र मध्यपश्चिम कमाण्डमा अभियान सुरु गरिएको हो। दाङको तुलसीपुरबाट बिहीबार दुबै कमाण्डको विधिवतरुपमा अभियानको उद्घाटन गरिएको… पुरा पढौ

नेपाल पत्रकार महासङ्घको साधारणसभा पोखरामा सुरु, लोकतन्त्रको आधारस्तम्भ स्वतन्त्र पत्रकारिता : कामु प्रधानन्यायाधीश शर्मा

पोखरा, ९ चैत। पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा शुक्रबारदेखि पोखरामा सुरु भएको छ। संविधानसभाको निर्वाचनमार्फत् लोकतान्त्रिक संविधान, प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान भन्ने मूलनाराका साथ सुरु साधारणसभा शनिबारसम्म चल्ने छ। साधारणसभामा देशभरका करिब एक हजार प्रतिनिधिको सहभागिता रहेको छ। सभामा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था, पत्रकारको सेवा सुविधा, पारिश्रमिकका बारेमा देखिएका समस्याका… पुरा पढौ

निजामती कर्मचारी आन्दोलित

पोखरा, ९ चैत । निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संशोधन अध्यादेश पूर्ववत् अवस्थामा नै स्वीकृतिको माग गर्दै निजामती कर्मचारी आन्दोलित भएका छन्। आन्दोलनका कार्यक्रमअन्तर्गत निजामती कर्मचारीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत् अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षलाई ज्ञापनपत्र पठाएका छन्। ज्ञापनपत्रमा माग पूरा नभए देशव्यापी विरोध कार्यक्रम सञ्चालन गर्न बाध्य हुने र त्यसबाट निकट भविष्यमा हुने संविधानसभाको निर्वाचनमा समेत प्रतिकूल प्रभाव… पुरा पढौ

एसएलसी परीक्षा सम्पन्न

भक्तपुर, ९ चैत। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा शुक्रबार सम्पन्न भएको छ। चैत १ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले बताए। कार्यालयले यस वर्ष ५८ वटा विषयको परीक्षा सञ्चालन गरेको थियो। गत वर्षको परीक्षाभन्दा यस वर्षको परीक्षामा देशभर नै निकै सुधार… पुरा पढौ