देश र समाज

कस्केली अधिकृत समाजको अध्यक्षमा ढुङ्गाना

पोखरा, १२ साउन।कस्केली अधिकृत समाज कास्कीको शनिबार सम्पन्न सातौं वाषिर्क साधारण सभाले डा. दीर्घनाथ ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा विष्णुप्रसाद बराल, सचिवमा अशोक खनाल, सहसचिवमा चन्द्रबहादुर सुवेदी र कोषाध्यक्षमा शिवहरी शर्मा चयन भएका छन्। यसैगरी सदस्यहरुमा मैया पराजुली, उमा कोइराला, खगेन्द्रराज पराजुली,र्र् इं रुजिन्द्र तुलाचन, रविनबाबु पौडेल, लोकनाथ दवाडी र ऋषिराम लामिछाने रहेका छन्। समाजको शनिबार… पुरा पढौ

फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्कीको पाँचौं साधारणसभा

पोखरा, १२ साउन।फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्की पोखराको पाँचौ वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले नेपालमा अझै पनि छिमेकी राष्ट्रबाट फूल आयात हुने गरेको भन्दै त्यसलाई रोक्न व्यवसायीले उत्पादनलाई बढाउनुपर्ने बताए। 'नेपाल सरकारले अहिले ल्याएको बजेटको कार्यक्रममा पनि आयात घर्टाई निर्यातलाई बढावा दिने भनेको छ’-उनले भने-'कृषिमा छुट्टयाइएको… पुरा पढौ

तेस्रोलिङ्गी समुदायलाई चुनाव लाग्यो, रूपन्देहीमा तीन जना उम्मेदवारको नाम र्सार्वजनिक

बुटवल, ११ साउन।राजनीतिक दलहरू संविधानसभाको निर्वाचन गर्ने र नगर्ने विषयमा चरम विवादमा फसिरहेको बेला यौनिक तथा लैगिक अल्पसङ्ख्यक भने निर्वाचनमा होमिएका छन्। उनीहरूले आफ्नो समुदायको तर्फबाट उम्मेदवारको नाम नै र्सार्वजनिक गरेर प्रचार-प्रसारमा उत्रिएका हुन्। निर्वाचन गराउने दायित्व बोकेका ठूला भनिएका दललाई पनि चुनाव हुनेमा आशंका भैरहेका बेला तेस्रो लिङ्गीहरू भने आफ्ना उम्मेदवारलाई मत माग्नसमेत सुरु गरेका छन्। उनीहरू आफ्नो छुट्टै… पुरा पढौ

कास्की कारागारबाट कैदी फरार

पोखरा, ११ साउन।कास्की कारागारबाट शुक्रबार बिहान एक कैदी भागेका छन्। पोखराको माटेपानीका २५ वषर्ीय खजना भन्ने हेमकुमार तामाङ बिहान आठ बजे कारागारभित्रको फोहोर फाल्न भनी बाहिर ल्याएको अवस्थामा प्रहरीलाई झुक्याई भाग्न सफल भएका हुन्। तामाङ गत वर्षको चैत २० देखि जबर्जस्ती करणी मुद्दामा कारागार कार्यालय कास्कीमा पुर्क्षको लागि थुनामा रहेको थिए। कास्कीको सैमराङ गाविस वडा नं. ६ घर भइ हाल… पुरा पढौ

निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १० दिन थप

काठमाडौं, १० साउन।सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १० दिन थप गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगको म्याद १० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए। यसअघि दिइएको एक महिनाको समय बिहीबार सकिएपछि सरकारले आयोगको म्याद थप गरेको हो। विभिन्न सरोकारवालासँग परामर्श गरिसकेको आयोगले प्रतिवेदन तयार गर्न नसकेपछि समय… पुरा पढौ

चलचित्र कलाकार कल्याण कोषका लागि रकम दिइन्छ : अध्यक्ष रेग्मी

काठमाडौँ, १० साउन। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चलचित्र कलाकार कल्याण अक्षयकोषका लागि विगत वर्षमा झै यस वर्ष पनि सरकारले रकम प्रदान गर्ने जानकारी दिएका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले कोषका लागि रु. एक-एक करोड प्रदान गरेका थिए। हाल सो कोषमा रु. तीन करोडसहित कलाकारबाट सङ्कलित रु. ४० लाखलगायत रु. तीन करोड ४० लाख जम्मा… पुरा पढौ

अनुसन्धान ब्युरोः तीनवर्षे प्रतिवेदन सार्वजनिक

काठमाडौँ, १० साउन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सिआइबी)ले आफ्नो तीन वर्षीय प्रगति प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ। ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले विसं. २०६७ साउन १ गते ब्यूरोको स्थापनापछि सिमित स्रोत र साधनका बाबजुत ब्यूरोलाई दिइएको धेरै जिम्मेवारीमा सफलतापूर्वक सम्पन्न गरेको बताए। ब्यूरो गठनपश्चात् सङ्गठित तथा जघन्य अपराध अनुसन्धानमा ३८ वटा घटनामा कारबाही गरिएकोमा दुर्इ विदेशीसहित ९५… पुरा पढौ

परोपकार महासङ्घको वडा नं ८ मा बराल, ९ मा जोशी

पोखरा, १० साउन।राष्ट्रिय परोपकार महासङ्घ नेपालको वडा नं ८ र ९ गठन भएको छ। परोपकार महासङ्घ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा सम्पन्न छुट्टाछुट्टै वडा भेलाले दुर्इ वडामा नयाँ कार्यसमिति गठन गरेको हो। जसअनुसार वडा नं ८ को अध्यक्षमा हरिप्रसाद बराल निर्विरोध चयन भएका छन्। बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। समितिको उपाध्यक्षमा कुलबहादुर भुजेल, सचिवमा सोमनाथ बराल, सहसचिव… पुरा पढौ

लेखनाथ साना सहरीको क्षेत्रगत सभा सुरु, क्षेत्र नं ३ को अध्यक्षमा जिसी

लेखनाथ, १० साउन।लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाको बिहीबारदेखी क्षेत्रगत सभा सुरु भएको छ। लेखनाथ नगर क्षेत्रभित्र खानेपानीको व्यवस्था मिलाउँदै आएको आयोजनाको आगामी भदौको दोस्रो सातामा हुने चौथो अधिवेशनका लागि सबै क्षेत्रबाट प्रतिनिधि छनौट गर्ने लक्ष्यका साथ क्षेत्र नं ३ मा भएको क्षेत्रीय भेलाले रामकृष्ण जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। सदस्यमा शिवराज तिमिल्सेना, रवीन्द्रमोहन अधिकारी,… पुरा पढौ

मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली म·लबार सार्वजनिक गरेको छ। गत असार मसान्तसम्ममा फोटो खिचाई मतदाता नामावलीमा नाम दर्ता गराउनेको नाम सार्वजनिक गरिएको हो। आयोगले मतादाता नामावली दाबी विरोध प्रयोजनका लागि सम्बन्धित गाउँ विकास समिति वा नागरपालिकाको वडा कार्यालयमा नाम प्रकाशित गरेको जनाएको छ। आयोगले नामावलीमा रहेको आफ्नो विवरणमा कुनै त्रुटि भएमा सच्याउन, दर्ताको समयमा उल्लेख गरेको स्थायी ठेगाना हाल परिवर्तन… पुरा पढौ