देश र समाज

उल्टो साइकलयात्रीलाई देवदहमा भव्य स्वागत

बुटवल, २० जेठ। प्रेस स्वतन्त्रता र दिगो शान्तिका लागि स्वतन्त्र पत्रकार संघ नेपाल रूपन्देहीले सुरू गरेको उल्टो साइकल यात्राको टोलीलाई सोमबार नवलपरासीको देवदहमा पञ्चेवाजासहित सम्मान गरिएको छ। गत जेठ १५ गते मेचीको नेपाल भारत सीमाबाट सुरू भएको उल्टो साइकल यात्राको टोली देवदह आइपुगेको हो। देवदहको खैरेनीचोकमा त्यहाँका युवा क्लब र आमा समूहले बाजागाजासहित फूलमालाले टोलीलाई स्वागत गरेका हुन्। स्थानीय भृकुटी… पुरा पढौ

सरकारी दमनको बिरोधमा अनिश्चित तराई बन्द

काठमाडौं, २० जेठ।शान्तिपूर्ण धर्नामा प्रहरीको ज्यादती भएको भन्दै आन्दोलनरत कमलरीहरूले देशव्यापी आन्दोलन घोषणा गरेका छन्। कमलरीको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमनको बिरोधमा मंगलबार तराईका २२ जिल्लामा अनिश्चिकालीन बन्दको आह्वान गरिएको सयुक्त संघंर्ष समितिले जनाएको छ। कमलरी अधिकारका लागि लामो समयदेखि पश्चिम नेपालका दाङ, बाँके, बर्दियामा कैलाली र कञ्चनपुर जिल्लाहरूमा आन्दोलन गरिरहेका उनीहरू जेठ १४ गतेदेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै आएका छन्।… पुरा पढौ

कास्कीमा मत्स्य व्यवसायी समिति गठन

लेखनाथ, २० जेठ।माछा पालनव्यवसायलाई व्यवस्थित गर्दै कास्कीलाई माछाको आत्मनिर्भर जिल्ला बनाउने उद्देश्यका साथ कास्की मत्स्य व्यवसायी समिति गठन गरिएको छ। माछापालन व्यवसायमा संलग्न व्यवसायीहरूको पोखरामा सम्पन्न भेलाले दयाराम तिवारीको अध्यक्षतामा ११ सदस्यीय मत्स्य व्यवसायी समिती कास्की गठन गरेको हो। ताल, पोखरी, केज वा इन्कुजरमा माछापालन गर्दैआएका किसानहरूको भेला र केन्द्रीय माछापालन व्यवसायी समितीका प्रतिनिधिहरूको उपस्थीतिमा गठन गरिएको समितिको उपाध्यक्षमा चन्द्रबहादुर… पुरा पढौ

उल्टो साइकल यात्रा टोलीलाई चितवनमा सम्मान

नारायणगढ, १९ जेठ।स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाद्वारा आयोजित मेची-महाकाली उल्टो साइकलयात्रा टोलीलाई संघको केन्द्रीय समिति तथा चितवन जिल्ला शाखाले आइतबार नारायणगढमा स्वागत तथा सम्मान गरेको छ। उक्त यात्रा गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते मेचीपुलबाट शुरु भएको थियो। पाँचौं दिन चितवन आइपुगेको  उक्त टोलीलाई संघले नारायणगढको मिलनचोकमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मान कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष… पुरा पढौ

पल्सर स्पोर्टस् अवार्ड-२०६९ मा चर्चित खेलाडी मनोनयन सार्वजनिक

पोखरा, १९ जेठ।विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले आगामी असार १८ गते अर्थात जुलाई २ तारिखका दिन आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड-२०६९ मा चर्चित खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ। मञ्चले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चर्चित विधा विधा सार्वजनिक गरेको हो। यो वर्ष वर्षको चर्चित खेलाडी विधामा मनोनयनमा पर्ने खेलाडीमा क्रिकेटका पारस खड्का, फुटबलका जगजीत श्रेष्ठ,… पुरा पढौ

सूचनाको हकसम्बन्धी ऐन पूर्णरूपमा कार्यान्वयनमा जोड

पोखरा, १९ जेठ।सूचनाको हकसम्बन्धी ऐन पूर्णरूपमा कार्यान्वयन हुनुपर्नेमा पोखरामा आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन्। ऐन आएको छ वर्ष बितिसक्दा पनि विभिन्न सार्वजनिक निकायमा यसको पूर्णरूपमा कार्यान्वयन नभएको भन्दै वक्ताले सो कुरामा जोड दिएका हुन्। सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयन सम्बन्धमा राष्ट्रिय सूचना आयोगले आइतबार पोखरामा जिल्लास्थित विभिन्न सार्वजनिक निकायका प्रमुख तथा सूचनाअधिकारी, गाविस सचिव तथा पत्रकारसँग अन्तरक्रिया गरेको थियो।… पुरा पढौ

निःशुल्क आँखा शिविर सम्पन्न

पोखरा, १९ जेठ।कास्की जिल्लाको हेमजा गाविस-१ याम्दीस्थित पेमा छाल शाक्य मोनाष्ट्रिक इम्स्टिच्युटका लामा टासीको सक्रियतामा हिमालय आँखा अस्पताल पोखरा र मिसन हिमालय काठमाडौंको प्राविधिक सहयोगमा मुस्ताङ जिल्लाको टुकुचे मार्फा र कागवेनीमा निःशुल्क आँखा शिविर सम्पन्न भयो। जेठ ७ गतेबाट १२ गतेसम्म सञ्चालन भएको उक्त शिविरमा सात सय ७० जना आँखा रोगीको स्वास्थ्य जाँच गरिएको थियो भने १५ जना मोतिया बिन्दु… पुरा पढौ

उल्टो साइकलयात्री टोली चितवन आइपुग्यो

चितवन, १८ जेठ।स्वतन्त्र पत्रकार सङ्घ रूपन्देहीको मेची-महाकाली उल्टो साइकलयात्री टोली शनिबार साँझ चितवन आइपुगेको छ। उक्त यात्रा गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते मेचीबाट सुरु भएको थियो। चौथो दिन पूर्र्वीचितवनको पसासम्म आइपुगेको टोलीलाई आइतबार स्वतन्त्र पत्रकार सङ्घ केन्द्रीय समिति पोखरा तथा जिल्ला शाखा चितवनले भरतपुरमा संयुक्तरूपमा सम्मान गर्ने भएका छन्। सम्मान गर्नका लागि पोखराबाट सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला,… पुरा पढौ

क्युपेक नेपालको आठौं जिल्ला अधिवेशन

पोखरा, १८ जेठ। ट्रेड युनियन महासङ्घ जिफन्टसँग आवद्ध नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालका अध्यक्ष नरनाथ लुइँटेलले सम्पूर्ण मजदुरको सामाजिक सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताएका छन्। युनियनको आठौं जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले सरकारले मजदुरका मुद्दालाई बेवास्ता गरेको आरोप लगाए। उनले सामाजिक सुरक्षालगायतका मुद्दालाई चाँडोभन्दा चाँडो ग्यारेन्टी गर्न अनुरोध गरे। सरकारले आफ्ना मागलाई पूरा… पुरा पढौ

कार्कीको हत्याका अभियुक्त सार्वजनिक, हत्यामा उनकै श्रीमती सहयोगी रहेको खुलासा

पोखरा, १८ जेठ।घाँटी रेटी निर्ममपूर्वक हत्या गरिएका लेखनाथ-१३ स्थित गगनगौडा ग्रिल उद्योगका सञ्चालक प्रेमबहादुर कार्कीको हत्यामा उनकै श्रीमती सहयोगी रहेको खुलेको छ। हत्याका मुख्य अभियुक्त सोही ग्रिल उद्योगमा कार्यरत मिस्त्रीलाई प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। लामो समयसम्म मिस्त्रीको रूपमा कार्यरत सिर्द्धार्थ नगरपालिका-८, रूपन्देही निवासी २६ वर्षीय हसन अलि फकिर -गुडुडु) लाई प्रहरीले कार्कीको हत्यामा संलग्न रहेको अभियोगमा शुक्रबार… पुरा पढौ