देश र समाज

कास्कीमा विद्युतीय भुक्तानी प्रणाली लागू

पोखरा, ३० चैत। कोष तथा लेखा नियन्त्रण कार्यालय पोखराले कास्कीमा विद्युतीय भुक्तानी प्रणाली लागू गरेको छ। सरकारी निकायका कार्यालयका लागि यो प्रणाली लागू गरिएको हो। कास्की विद्युतीय भुक्तानी प्रणाली लागू गर्नेमा तेस्रो जिल्ला भएको छ। यो प्रणाली लागू भएपछि अब सरकारी निकायले गर्नुपर्ने भुक्तनी विद्युतीय प्रणालीबाट मात्र गर्नुपर्ने छ। सिद्वार्थ पाण्डे कम्प्युटर सेन्टर पोखरालाई दिनुपर्ने भुक्तानी कोष तथा लेखा नियन्त्रण… पुरा पढौ

बेरुजु भ्रष्टाचारकै दायरामा ल्याउनुपर्छ

पोखरा, ३० चैत।महालेखापरीक्षणले देखाएको बेरुजु पनि भ्रष्टाचारको दायरामा ल्याएर दोषीलाई कार्वाही गर्नुपर्ने यहाँ एक कार्यक्रममा वक्ताले माग गरेका छन्। सचेतना समाज नेपालले शुक्रवार पोखरामा देशको आर्थिक अवस्था र बेरुजु फछ्यौर्ट विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त माग भएको हो। कार्यक्रममा प्रमुखवक्ता टान्सपरेन्सी इन्टरनेशनल पोखराका संस्थापक अध्यक्ष आनन्दराज मुल्मीले खबौ रुपैयाँ बेरुजु देखिदासमेत सरकार गम्भीर नदेखिनु दुःखदायी भएको उल्लेख गर्दै यसले राज्यलाई… पुरा पढौ

आलु महोत्सवमा झण्डै करोड कारोबार

हेमजा, ३० चैत । झण्डै एक करोड रुपैयाँ बराबर आलुको कारोबार गर्दै नवौं राष्ट्रिय हेमजा आलु महोत्सव शुक्रबार सकिएको छ । गत चैत २२ देखि चलेको सो महोत्सवमा ९५ लाख रुपैयाँ कारोबार भएको हो भने महोत्सव करिब ६२ हजार दर्शकले अवलोकन गरेका छन् । विष्णुपादुका युवा क्लब तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ व्यवस्थापन बसुन्धरा, काठमाडौंको संयुक्त आयोजनामा भएको महोत्सवमा क्लब अध्यक्ष रमेश… पुरा पढौ

सामुदायिक माटेपानीको शुभकामना आदानप्रदान

पोखरा, २९ चैत । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले नयाँ वर्ष-२०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा आमा समूह, टोल विकास संस्था, क्लबका प्रतिनिधि तथा संस्थाका सदस्यको सहभागिता थियो । त्यस अवसरमा संस्थाद्वारा प्रकाशित क्यालेण्डर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले लोकार्पण गरेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक सिंहले प्रहरी एक्लैले शान्तिसुरक्षा कायम गर्न तथा विकृति… पुरा पढौ

लायन्स अन्नपूर्णको खानेपानी ट्यांकी निर्माण अभियान

पोखरा, ३० चैत । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सरकारी विद्यालयमा खानेपानी ट्यांकी निर्माण अभियान तीव्र पारेको छ । विद्यार्थीलाई शुद्व खानेपानी उपलब्ध गराउने उद्देश्यले स्वीस प्रविधिको खानेपानी ट्यांकी निर्माण अघि बढाएको हो । सन् २०१७/२०१८ मा ५ विद्यालयमा ट्यांकी निर्माण गरेको क्लबका अध्यक्ष अर्जुन पोखरेलले जानकारी दिए । 'सामाजिक कार्यअन्तर्गत यो अभियान अघि सारेका हौं,’ अध्यक्ष पोखरेलले भने, 'खानेपानी ट्यांकी नभएका सरकारी विद्यालयलाई… पुरा पढौ

संघीय समाजवादी फोरमको भित्तेपात्रो लोकार्पण

पोखरा, ३० चैत । संघीय समाजवादी फोरम कास्कीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोर्कापण कार्यक्रम गरेको छ। प्रमुख अतिथि पार्टीका राजनीतिक समिति सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले नयाँ वर्षको शुभकामना व्यक्त गर्दैै २०७५ साल पहिचान स्थापित, न्याय, समानता र फोरमको समृद्धिको वर्ष हुने बताए। २०७४ सालमा संघीय समाजवादी फोरमले धेरै उपलब्धि हासिल गरेको भन्दै उनले आउँदो वर्ष थप… पुरा पढौ

लायन्स डाउन टाउनमा अधिकारी

पोखरा, ३० चैत । लायन्स क्लब अफ पोखरा डाउन टाउन को वर्ष २०१८/ १९ को लागि अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन्। त्यसैगरि प्रथम उपाध्यक्षमा सुशील पौडेल, द्वितीय उपाध्यक्षमा रेशम केसी, तृतीय उपाध्यक्षमा शिवकुमार पौड्याल, सचिवमा विष्णुप्रसाद सुवेदी, सहसचिवमा जीवनप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सहकोषाध्यक्षमा दीपकराज पौडेल र रिपोर्र्टिङ अफिसर मदन केसी छन्। त्यस्तै, को-एडभाईजर विश्वेश्वर आचार्य, रिजन चियरपर्सन मिलन थापा,… पुरा पढौ

महानगरले बनायो १७ कानून

पोखरा, २८ चैत । पोखरा लेखनाथ महानगरपालिकाले १७ वटा ऐन, नियम तथा कानून, कार्यविधि तयार गरेको छ। फागुन २६ गते सभामा पेश भएका विधेयक १ महिनापछिको छलफल र संशोधनपछि बुधबारको बैठकले अन्तिम रुप दिएको हो। यसमा विधायन समितिले दफावार छलफल गरेर नगरसभामा प्रस्ताव गरेको थियो। १८ वटा विधेयक पेश भए पनि सार्वजनिक निजी साझेदारी नीति चाहीँ पारित भएन। केन्द्र सरकारले पठाएकै… पुरा पढौ

आइजीपी नियुक्तिप्रति असन्तुष्ट खरेलद्वारा राजीनामा

काठमाडौं, २८ चैत। ब्याजी डिआइजी सर्वेन्द्र खनाललाई सरकारले आइजीपी नियुक्ति गरेकोमा असन्तुष्ट जनाउँदै आएका अर्का डिआइजी रमेश खरेलले सेवाबाट राजीनामा दिएका छन्। खरेलले बुधबार दिएको राजीनामालाई गृह मन्त्रालयले स्वीकृत समेत गरेको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका हुन्। गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधानकार्यालयलाई जानकारी गराएको छ।… पुरा पढौ

माछा मार्न नदिए आन्दोलन

नवलपरासी, २८ चैत। नवलपरासीका निकुञ्ज पीडितहरुले माछा मार्न पाउने आफ्नो अधिकारको ग्यारेन्टी गर्न माग गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। उनीहरुले सडक बन्ददेखि नारायणी नदीमा ५ सयको संख्यामा गएर सामूहिक माछा मारेर गिरफ्तारी दिनेसम्मका आन्दोलन सार्वजनिक गरेका हुन्। फागुनमा २ जना बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन्। उनीहरुले आन्दोलनको क्रममा नवलपरासीमा… पुरा पढौ