देश र समाज

नेपालमै अब्बल पोखरेली स्कूल

पोखरा, २० भदौ । पोखराको मदरल्याण्ड स्कूल २०७३ सालमा पश्चिमाञ्चल विकास क्षेत्रमा संस्थागततर्फ पहिलो विद्यालय भएको थियो । १ लाख नगदसहित शिल्ड र प्रमाणपत्र जितेको मदरल्याण्ड यस वर्ष नेपालमै उत्कृष्ट ठहरियो । विद्यालय छनौट समितिले विशेष अध्ययन गरेर मदरल्याण्ड सहित कास्कीका ३ वटा विद्यालयलाई नेपालकै उत्कृष्ट स्कूलको रुपमा पहिचान गरेको छ । सरकारले दिने ४ विधाका पुरस्कारमध्ये ३ विधाको उत्कृष्ट स्कूल पोखराभित्रका छन् । माध्यमिक… पुरा पढौ

कृषिमा कोठे तालिम, झोले कृषक बाधक

हेमजा, २० भदौ । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहरि कडरियाले नेपालको कृषि क्षेत्रमा कोठे तालिम र झोले कृषक बाधक भएको बताएका छन् । शिक्षा दिवस सन्दर्भमा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र, हेमजाले आयोजना गरेको आयआर्जन समूहका लागि सीपमा आधारित पाँचदिने तरकारी खेती तालिम तथा कृषि उपकरण हस्तान्तरण कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। उनले कास्कीको कृषि क्षेत्रमा कोठे तालिम धेरै… पुरा पढौ

विक परिवारलाई आर्थिक सहयोग

हेमजा, २० भदौ। हेमजाको विपन्न विक परिवारलाई ओखलढुंगा निवासी संघर्ष राईको पहलमा सहयोग गरिएको छ । याम्दी निवासी रीना मगर विकको परिवारलाई सिद्धिचरण नगरपालिका-४, ओखलढुंगा हाल बेलायती सेनामा कार्यरत राईको पहलमा संकलित ५० हजार एक कार्यक्रमबीच प्रदान गरिएको हो। नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङ, नेकपाका केन्द्रीय सदस्य दिलु पन्त, वडा २५ का अध्यक्ष शोभाकर तिम्सिना, युवा संघका केन्द्रीय… पुरा पढौ

क्यान्सर अस्पतालमा थपियो २ सय ५० शैय्या

चितवन, २० भदौ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपकरण र शैया थपिएको छ। नयाँ २ सय ५० शैया क्षमताको भवन निर्माण सम्पन्न भएसँगै शैया थपिएको हो। नवनिर्मित भवनको शुक्रबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरे। २०५७ सालमा १०० शैयाबाट शुरु भएको अस्पताल ४ सय ७५ शैयाको हुने भएको छ। हालसम्म अस्पतालमा पोष्टअप सहित १ सय २५… पुरा पढौ

आज श्रीकृष्णजन्माष्टमी

काठमाडौँ, १७ भदौ।भाद्र कृष्ण अष्टमीका दिन मनाइने 'श्रीकृष्णजन्माष्टमी’ आइतवार देशभरी भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई 'श्रीकृष्णजन्माष्टमी’ र रातलाई 'मोहरात्री’ भनिन्छ । यस अवसरमा कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू 'व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् । पुरा पढौ

निर्माण व्यवसायी संघको लोकतान्त्रिक प्यानल घोषणा

पोखरा, १६ भदौ । नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते हुने भएको छ । अधिवेशनलाई लक्षित गरी नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले आफ्नो प्यानल घोषणा गरेको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा प्यानलसहितको उमेद्धारी घोषणा गरेको हो । उता वाम गठबन्धनको तर्फबाट आनन्द बरालको नेतृत्वमा प्यानल बनाएको छ । लोकतान्त्रिक समुहको बरिष्ठ उपाध्यक्षमा बलबहादुर राना, उपाध्यक्षमा दीपेन्द्र… पुरा पढौ

सिद्धी-सेतुलीको छात्रवृत्ति वितरण

पोखरा, १६ भदौ । सिद्धी सेतुली स्मृति प्रतिष्ठानले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग गरेको छ । शनिबार विशेष कार्यक्रमबीच प्रतिष्ठानले ५७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । मैत्री शिक्षा समूहअन्तर्गत सरस्वती आदर्श विद्याश्रमका ३, गण्डकी एजुकेशन फाउण्डेशन, न्यू ग्यालेक्सी र जनप्रिय क्याम्पसका एक/एक तथा विन्ध्येश्वरी माविका २ जनालाई छात्रवृत्ति दिइएको हो । यस्तै, ज्ञानभुमी स्कुलका ४ जना विद्यार्थीलाई शान्तरत्न… पुरा पढौ

गण्डकीका स्थानीय सरकार, डोकोदेखि गाडी छिर्दा कर

पोखरा, १३ भदौ। स्याङ्जा फेदीखोला गाउँपालिकाले डोकोमा सुन्तला र साग बेच्नेलाई पनि करको दायराभित्र पारेको छ । गाउँसभाको निर्णयबाट डोकोमा सामान राखेर बेच्न हिड्नेलाई प्रतिपटक १० रुपैयाँ कर लिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाडीमा घुमाएर सामान बेच्नेले पनि अब कर तिर्नुपर्ने भएको छ । फेन्सी र खाद्यान्नको सामान गाडी घुमाएर बेच्नेलाई प्रतिपटक १ सय रुपैयाँ कर लिने निर्णय भएको फेदीखोला गाउँपालिकाकी सह-लेखापाल… पुरा पढौ

बिमस्टेक आजदेखि

पोखरा, १३ भदौ । आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन विहीवारदेखि शुरु हुँदैछ । सम्मेलनको एजेण्डा निर्धारण गर्दै बुधबार १६औ मन्त्रिस्तरीय बैठक सम्पन्न भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतमा सम्पन्न बैठकले यसअघि पदाधिकारी (परराष्ट्र सचिव) स्तरीय बैठकले तय गरेका एजेन्डामाथि छलफल गर्दै सम्मेलनका एजेन्डालाई मूर्तरुप दिएको हो। बैठकले शिखरसम्मेलनले जारी गर्ने घोषणापत्रको मस्यौदा स्वीकृत गरेको छ। परराष्ट्रमन्त्रालयका… पुरा पढौ

‘हिजो क्रान्तिकारी भइयो, अहिले दुःख पाइयो’

चितवन, १३ भदौ  । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले हिजो निकै क्रान्तिकारी हुँदा अहिले दुःख पाएको बताएका छन्। निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई बुधबार भरतपुरमा सम्बोधन गर्दै उनले हिजोको विषयलाई तानातान गरेर बस्यौं भने अगाडि बढ्नै नसकिने बताए। विगतमा आफूहरु निजी क्षेत्रको विपक्षमा रहेको स्मरण गर्दै उनले भने, "हिजो हामी पनि निजी क्षेत्रको विरुद्धमा थियौं, अब हामी… पुरा पढौ