देश र समाज

डायमन्ड उच्च माविको रजत वर्षमा विविध कार्यक्रम सुरू

लेखनाथ, ११ जेठ। रजत वर्षको अवसरमा लेखनाथ-७ तालचोकस्थित डायमन्ड उच्च माविले शनिबारदेखि विविध कार्यक्रम सुरू गरेको छ। विद्यालयले शनिबार प्रभातफेरी गरी रजत वर्षका अवसरमा आयोजना गरिने कार्यक्रमहरूको सुरूवात गरेको हो। विद्यालयबाट सुरू भएको प्रभातफेरी शिशुवा, वेगनासताल, खुदी, भण्डारढिक, तालचोकहुँदै पुनः विद्यालयमा पुगेर टुङ्गएिको थियो। प्रभातफेरीमा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, शुभेच्छुक र  विभिन्न सामाजिक सङ्घ/संस्थाका प्रतिनिधिहरूको सहभागीता थियो। कार्यक्रममा विद्यालयका निर्देशक… पुरा पढौ

मेची-महाकाली उल्टो साईकल यात्राको तयारी

बुटवल ११ जेठ। स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले शान्तिका लागि उल्टो साईकल यात्रा कार्यक्रम गर्ने भएको छ । यही जेठ १५ गते "गणतन्त्र" दिवसको अवसर पारेर आयोजना गरिने साईकल यात्रामा उल्टो साईकल यात्री वीरेन्द्र पाण्डेसहित आठ जनाको टिम सहभागी हुने कार्यक्रम संयोजक विजय पोखे्रलले जानकारी दिएका छन्। बुटवलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना उक्त जानकारी दिइएको हो। उल्टो साईकल यात्रा पूर्वको… पुरा पढौ

बुद्ध जयन्तीमा लुम्बिनीमा विशेष समारोह, निर्वाचनको वातावरण बनाउन सरकार लागिपरेको रेग्मीको दाबी

बुटवल, ११ जेठ। चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन कानूनमा छिटो सहमतिमा आउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। विगतमा संविधानसभाले संविधान बनाउन नसकेको कुरालाई मध्यनजर गर्दै अबको निर्वाचनका लागि गम्भीर हुन पनि उनले दलहरूलाई आग्रह गरे। २५५७ औं बुद्ध जयन्तीका अवसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै चुनावी मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले संविधानसभाको निर्वाचनलाई व्यवस्थापकीय कुशलताका साथ सम्पन्न… पुरा पढौ

दुर्इ दुर्घटनामा १३ को मृत्यु

काठमाडौं, ९ जेठ।दार्चुलाको गोकुलेश्वर- ६ स्थित ठूलीशैनमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ कञ्चनपुरका अन्दाजी ४२ वर्षीय बसमालिक कृष्ण भट्ट, समौर्ली-३ दार्चुलाका २६ वर्षीय बसचालक करन साउद, सोही ठाउँका ३२ वर्षीय गोपालसिंह खत्री, गरेगडा-३ दार्चुलाका काँग्रेस गाउँ कमिटि अध्यक्ष नरसिंह धामी, भारतीय नागरिक ८० वर्षीय मोतीराम भट्ट, ५० वर्षीय माहादेव भट्ट… पुरा पढौ

वारको भवन निर्माणका लागि भेला

पोखरा, ९ जेठ।कास्की जिल्ला अदालत वार एशोसिएसनको भवन निर्माण सम्बन्धमा छलफल गर्न बिहीबार पोखराका कानुन व्यवसायीहरुको वृहत भेला सम्पन्न भएको छ।     जिल्ला वार कास्कीका अध्यक्ष अधिवक्ता कमलप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भेलामा पुनरावेदन अदालत बार एशोसिएसन पोखराका अध्यक्ष मुकुन्द अर्याल, वरिष्ठ अधिवक्ताहरु रामप्रसाद घिमिरे, कृष्णबहादुर गुरुङ तथा नवदत्त उपाध्याय, भूपनिधि पन्त, पूर्व बारका तिलक पराजुली, नेपाल बारका पूर्वउपाध्यक्ष एवं प्रध्यापक… पुरा पढौ

११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आजदेखि

पोखरा, ९ जेठ । नेपाल तेक्वान्दो संघको कार्यक्रम तथा कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि पोखरामा सञ्चालन हुने ११ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगिता सञ्चालन गर्न कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको संयोजकत्वमा ४१ सदस्यीय मूल आयोजक समिति, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाको संयोजकत्वमा २१ सदस्यीय सल्लाहकार समिति तथा विभिन्न ११ वटा… पुरा पढौ

नेपाल वार एशोसिएसनको ४० औं कार्यकारिणी परिषद बागलुङमा

बागलुङ ९ जेठ।नेपालका सम्पूर्ण कानून व्यवसायीको साझा संस्था नेपाल वार एशोसिएसनको ४० औं कार्यकारिणी परिषद बागलुङमा हुने भएको छ। पुनरावेदन वार एकाइ बागलुङले बिहीबार पत्रकार सम्मेलन गरि यही जेठ १७ र १८ गते बागलुङ जिल्लाको सदरमुकाम बागलुङमा गर्ने निर्णय भएको वारका अध्यक्ष राम शर्माले बताए। सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी र नेपाल वार एशोसियसनबीच दुरी बढिरहेको समयमा वारको निर्वाचनपछि आफ्नो पहिलो… पुरा पढौ

जीवात्मा र परमात्माको एकता हुन असली प्रजातन्त्र हो

पोखरा, ९ जेठ।महेश सन्यास आश्रम देवघाट धामका पीठाधीश सवाम डिा. रामानन्द गिरिले शास्त्र पढेर मात्र मुक्ति मिल्दैन सत्गुरूको उपदेश चाहिन्छ भनी बताएका छन्। पुष्करेश्वर महादेव मन्दिर मासबार पोखरामा बिहीबार पाँचौ दिन भएको अध्यात्मक प्रवचनमा स्वामीजीले सो कुराको उपदेश गरेका हुन्। ब्रहमज्ञान गर्न वैराग्यको आवश्यक पर्ने प्रसंग औल्याउँदै स्वामीजीले भने मान्छेले जम्मा गरेको सम्पत्ति मरेपछि काम लाग्दैन बाँच्न पाउनु नै ठूलो… पुरा पढौ

प्रतिष्ठानले धादिङका स्रष्टाहरूको सम्मान गर्ने

पोखरा, ८ जेठ।अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले धादिङ जिल्लाका स्रष्टाहरूको सम्मान गर्ने भएको छ। प्रतिष्ठानले आफ्नो नवौं वाषिर्कोत्सव तथा आदिकवि भानुभक्त आचार्यको दुर्इ शतवाषिर्कीको अवसर पारेर उक्त सम्मान कार्यक्रम गर्न लागेको हो। धादिङवेसीमा शुक्रबार एक समारोहबीच धादिङका साहित्यकारहरू डिल्लीरमण शर्मा अर्याल, दामोदर तिमिल्सिना र हरि  खनाललाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। कार्यक्रमका लागि पोखराबाट प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको नेतृत्वमा… पुरा पढौ

गण्डकी साहित्य पुरस्कारबाट अधिकारी सम्मानित

पोखरा, ८ जेठ।गण्डकी साहित्य पुरस्कार-२०७० बाट प्रगतिशील साहित्यकार डा. रविलाल अधिकारीलाई सम्मान गरिएको छ। ८४ औं गोकुल जयन्तीको अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी साहित्य संगम पोखराका अध्यक्ष नारायण परिश्रमीले अधिकारीलाई सम्मान गरेका हुन्। हरेक दुर्इ वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि नगद रु. १० हजार र प्रमाणपत्र रहेको छ। चार दशकदेखि नेपाली कविता, निबन्ध र समालोचनात्क कृति प्रकाशन गरी… पुरा पढौ