देश र समाज

नेपालद्वारा २० वर्षपछि भारतको राष्ट्रिय टीम पराजित

पोखरा, २० भदौ।२० वर्षपछि नेपाली राष्ट्रिय टीमले डिफेण्डिङ च्याम्पियन भारतको राष्ट्रिय टीमलाई पराजित गर्न सफल भएको छ। सन् १९९३ मा बंगलादेको ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै स्वर्णपदक जितेयता नेपाली टोली भारतसँग सधैँ पराजित हुँदै आएको थियो। सन् २००६ मा भएको नेपालले राष्ट्रिय टीमले भारतको २० वर्षमुनिको टीमलाई ३-० ले हराएको थियो।नियमित जीत भने सात वर्षपछि… पुरा पढौ

अवहेलनाको मुद्दामा अदालतमा उपस्थित हुन दाहाललाई आदेश

काठमाडौं, २० भदौ।सवोर्च्च अदालतले अदालतको मानहानी मुद्दामा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजालसले तीन दिनभित्र अदालतमा उपस्थित हुन अध्यक्ष दाहालको नाममा आदेश दिएको हो। भदौ ५ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा अदालतको मानहानी हुने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले दाहालविरुद्ध भदौ १० गते सवोर्च्चमा रिट दायर गरेका… पुरा पढौ

अस्थायी शिक्षकको धर्नामा प्रहरी हस्तक्षेप

काठमाडौँ, २० भदौ।अस्थायी शिक्षक सङ्र्घष्ा समिति, २०७० ले आयोजना गरेको सिंहदरबार धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। हस्तक्षेपका कारण केही आन्दोलनकारी शिक्षक घाइते भएका छन् भने केहीको गिरप्तारी भएको छ। समितिका अध्यक्ष रामचन्द्र अधिकारीले आफूहरूको जुलुस र धर्नाको कार्यक्रम सिंहदरबार अगाडिको भद्रकालीमा आइपुग्दा हस्तक्षेप भएको र यस क्रममा समितिका सचिव नारायण गौतमलगायत आधा दर्जन शिक्षक घाइते भएको बताए। उनले महिला… पुरा पढौ

पर्वत मिलन समाजको नवौं साधारणसभा

पोखरा, २० भदौ।पर्वत मिलन समाजको नवौं साधारणसभा बिहीबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा पर्वतमा घर वा माइत भई हाल पोखरामा विभिन्न पेसा व्यवसायमा संलग्न रहेका दिदीबहिनीलाई एकै ठाउँमा भेला गराएर दर खुवाइएको थियो। कार्यक्रममा बोल्दै शिक्षासेवी गणेशबहादुर गुरुङले यस्ता कार्यक्रमले दिदीबहिनीबीच एकता हुने र भावनात्मक सम्बन्धसमेत बढ्ने बताए। तीजलाई पछिल्लो समयमा विकृतिका रूपमा बढ्दै गए पनि पर्वतमलिन समाजले भने… पुरा पढौ

स्याङ्जाका विभिन्न स्थानमा तीज विशेष कार्यक्रम

गल्याङ, २० भदौ। नेपाली काङ्ग्रेस रत्नपुर गाउँ कार्य समिति स्याङ्जाको आयोजनामा तीजको अवसरमा दरखाने कार्यक्रम रत्नपुरमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन गर्दै नेपाल महिला सङ्घ क्षेत्रीय सभापति खगिसरा भण्डारीले संविधानसभाको दोस्रो निर्वाचनमा महिलाहरू  हकअधिकारका लागि एक भएर लाग्नुपर्ने र देशमा बढ्दै गएको महिला हिंसाको अन्त्यका लागि सबै एक भएर लाग्नुपर्ने बताइन्। भण्डारीले अब बन्ने सविधानमा महिलाको अधिकार समेट्नु पर्ने र नेपाली… पुरा पढौ

अस्थायी करार र ज्यालादारी कर्मचारी आन्दोलनमा

पोखरा, २० भदौ।दुर्इ सय ४० दिन काम गरेका कर्मचारीलाई स्थायी गरिनुपर्ने कर्मचारीको जागिरको ग्यारेन्टी हुनुपर्ने, स्थायी कर्मचारीले पाएसरह महङ्गी भत्ता र पोसाकलगायतका सुविधा अस्थायी करार र ज्यालादारी कर्मचारीले पनि पाउनुपर्ने भनी काठमाडौंमा केन्द्रित आन्दोलन अब प्रत्येक जिल्लामा समेत गरिने भएको छ। अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रममा जिल्लालाई समेत आन्दोलनमा… पुरा पढौ

धितालमा खुला तीज गीत प्रतियोगिता सम्पन्न

पोखरा, २० भदौ।तीजको अवसरमा मङ्गलबार धिताल गाविसको कालिका प्राविको प्रा·णमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। गाउँ विकास समितिको कार्यालय धिताल, चेस नेपाल कास्की, पारालिगल समिति धिताल, सामुदायिक विकास कोष धिताल र आइसीसीए र डिसिडिओ कास्कीको सहयोगमा संयुक्तरूपमा प्रतियोगिता सञ्चालन गरिएको मूल आयोजक समितिले जनाएको छ। प्रतियोगितामा धिताल गाविस र छिमेकी गाविसका गरी १३ टीमको सहभागिता रहेको थियो। प्रमुख… पुरा पढौ

अवरुद्ध माथिल्लो मस्र्याङ्दी ‘ए’ पाँच दिनपछि खुल्यो

बेसीसहर, १७ भदौ।मजदुर आन्दोलनका कारण अवरुद्ध बनेको उत्तरी लमजुङको भुलभुले गाविसमा निर्माणाधीन माथिल्लो मस्र्याङदी 'ए’ जलविद्युत आयोजना पाँच दिनपछि सञ्चालन भएको छ। आयोजनामा कार्यरत मजदुरहरुले विभिन्न मागसहित बुधबारबाट आयोजनामा अबरोध गरेका थिए। आयोजना र मजुदुर पक्षबिच आइतबार बार्ता भएपछि काम पुनः सञ्चालन भएको निर्माण कम्पनीले जनाएको छ। आन्दोलनरत मजदुरहरुका मागलाई सम्बोधन गर्ने आश्वासनपछि मजदुरहरुले आन्दोलन स्थगित गरेका हुन्। आयोजनाले मजदुरहरुका मागका… पुरा पढौ

सिद्धि-सेतुली स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति वितरण, ५८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग

पोखरा, १७ भदौ।सिद्धि-सेतुली स्मृति प्रतिष्ठान, पोखराद्वारा सञ्चालित बालहित कोषको आयोजनामा सोमबार पोखराका विभिन्न विद्यालय तथा उच्च माविमा अध्ययनरत् विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। प्रतिष्ठानले विभिन्न विद्यालयमा अध्ययनरत् ५८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई तीन लाख ७३ हजार रूपैयाँको शैक्षिक छात्रवृत्ति वितरण गरेको हो। शान्तरत्न शाक्य जेहेन्दार छात्रवृत्ति ज्ञानभूमि मावि नदीपुरमा अध्ययनरत् पूर्वप्रावि, प्रावि, निमावि र मावि तहमा सवोर्त्कृष्ट अंक ल्याउने… पुरा पढौ

अधिकारको खोजी गर्दै तीज मनाउनुपर्नेमा जोड

पोखरा, १७ भदौ।तीजको अवसरमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले तीजलाई भड्किलो तरिकाले नमनाइ अधिकारको खोजी गर्दै साधारण तरिकाले मनाउनुपर्ने आवश्यकता औल्याएका छन्। अनेमसंघ वडा कमिटि वडा नं ५ले तीजका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताले सो औल्याएका हुन्। पूर्वसभासद् रवीन्द्र अधिकारीले महिलाहरूले तीजका नाममा भित्रिएका विकृतिलाई अन्त्य गर्दै आफ्नो अधिकार स्थापित गर्ने चाडका रूपमा साधारण तरिकाले मनाउनुपर्नेमा जोड दिए।… पुरा पढौ