देश र समाज

मध्यविन्दु नगरपालिकाको नगर सभा

नवलपुर, १ जेठ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिकाको दोस्रो नगर सभा ९ वटा विधेयक पारित गर्दै सकिएको छ। नगरप्रमुख चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको नगर सभामा नगरप्रमुख रानाले पेश गरेको ती विधेयक पास भएको मध्यविन्दु नगरपालिकाका विकाश रानाले बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार एक आर्थिक वर्षमा २ वटा नगरसभा गर्न पाइने प्रावधान अनुसार मध्यविन्दु नगरपालिकाले आज दोस्रो नगरसभा… पुरा पढौ

‘धार्मिक पर्यटनबाट आर्थिक वृद्धि सम्भव’

खैरेनीटार, १ जेठ।  शुक्लेश्वर बैजनाथ बोल बम समूह, शुक्लागण्डकीको आयोजनामा त्रिवेणीधाम दोभानमा रहेको मन्दिर परिसरमा शिवलि· स्थापना भएको छ। शिवलि· शिलान्यास गर्दै शुक्लागण्डकी नगरपालिका वडा ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले त्रिवेणीधाम दोभानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसको प्रचारप्रसार गरी आर्थिक वृद्धि गर्न सम्भव रहेको बताए। उनले यस क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत… पुरा पढौ

पौरखे कालीमाटी वन उपभोक्ता समितिमा ढकाल

लेर्चेनाथ, १ जेठ। पौरखे कालिमाटी सुन्दरीडाँडा सामुदायिक वन उपभोक्ता समिति पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा ३१ को मंगलवार सम्पन्न ४४ औं वाषिर्क साधारण सभा तथा २१ औं अधिवेशनले वीरेन्द्र ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत् चयन भएको समितिको उपाध्यक्षमा समुन्द्रा भुजेल, सचिवमा दामोदर पाण्डे, सहसचिवमा इन्द्रप्रसाद तिवारी र कोषाध्यक्षमा मणिराम तिवारी रहेका छन्। सदस्य धु्रवप्रसाद लामिछाने, मंगल… पुरा पढौ

‘जेरी’ फिल्मबाट प्रचारमा ढुम्बा ताल

मुस्ताङ, १ जेठ : "ढुम्बा तालको पर्यटकीय आकर्षण 'जेरी' फिल्मको छायाङ्कन पछि मात्र बढेको हो, " ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने। हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका- ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाहृय पर्यटकको आकर्षण बनेको छ। सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ।… पुरा पढौ

प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठी

पोखरा, ३० वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित क्षेत्रीय, जातीय संगठनका क्रियाकलाप नै मुख्य सुरक्षा चुनौती रहेको प्रदेश ४ अन्तर्गतका जिल्लाका सुरक्षाप्रमुखले बताएका छन् । शान्तिसुरक्षा र विपत व्यवस्थापनलगायत विषयमा छलफल गर्न पोखरामा आइतबार आयोजित प्रदेश ४ स्तरीय एकदिने सुरक्षा गोष्ठीमा उनीहरुले विप्लव माओवादीले गरेका गतिविधि नै प्रमुख चुनौतीका रुपमा लिए । संयोगले नेकपा आह्वानमा भएको नेपाल बन्दकै दिन गोष्ठी चलिरहँदा पोखरा… पुरा पढौ

पाँच वर्षमा काठमाडौं-रक्सौल रेलमार्ग

काठमाडौं, ३० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुर्इ देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुर्इ देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सर्न्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी आफ्नो भ्रमण सकेर र्फकने क्रममा… पुरा पढौ

मोदीको मुक्तिनाथ दर्शन

पोखरा, ३० वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुर्इदिने नेपाल भ्रमण विगतको तुलनामा धार्मिक, सांस्कृतिक, राजनीतिक र पर्यटकीय प्रवर्द्धन हिसाबले फरक रह्यो । नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो सम्बन्ध प्रगाढ गराउनुका साथै दुर्इ देशबीच विगतका सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सघाउ त पुग्यो नै साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत निकै टेवा पुर्‍याएको पर्यटन व्यवसायी बताउँछन् । मोदीले यसपालिको भ्रमणमा जानकी, मुक्तिनाथ र पशुपतिनाथको दर्शन… पुरा पढौ

बाह्र वर्षमा २१ हजार हराए

काठमाडौँ, ३० वैशाख । बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन्। बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ। चालु आवको ८ महिनामा मात्र देशभरबाट १ हजार ६ सय ८ बालबालिका हराएको उजुरी परेको छ। केन्द्रका अनुसार ५ देखि १८ वर्ष… पुरा पढौ

भाटभटेनीमा बम प्रहार

चितवन, ३० वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा भरतपुरमा रहेको भाटभटेनी सुपर स्टोरमा बम प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बम प्रहारबाट सुपर स्टोरको बाहिरी सिसामा केही क्षति भएको छ। डिएसपी प्रभुप्रसाद ढकालका अनुसार आइतबार बिहान ३:४५ बजेतिर बम बिस्फोट भएको हो। सुपर स्टोरको कम्पाउण्ड बाहिरबाट सकेट बम प्रहार… पुरा पढौ

महिला संघको सदस्यता वितरण

पोखरा, ३० वैशाख। नेपाल महिला संघ पोखरा लेखनाथ महानगरपालिका वडा ८ ले आइतबार संघको क्रियाशील सदस्यता वितरण गरेको छ। कार्यक्रममा ८० जना महिलालाई क्रियाशील सदस्यता वितरण गरिएको हो। कार्यक्रम प्रदेश ४ का सांसद विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको थियो। त्यस अवसरमा नेता सोभियतबहादुर अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला 'मधु', विजयराज आचार्य, नेपाल महिला संघकी केन्द्रीय… पुरा पढौ