देश र समाज

विश्व हिन्दू महासंघ महानगरमा नयाँ कार्यसमिति

पोखरा, ५ जेठ । विश्व हिन्दू महासंघ पोखरा लेखनाथ महानगर समितिको अध्यक्षमा असिलकुमार साई अध्यक्षमा सर्वसम्मत् चयन भएका छन् । पोखरामा शनिबार भएको महासंघको प्रशिक्षण एवं अधिवेशनले साईको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा राजुराज अधिकारी, सविना क्षेत्री र दीपेन्द्र मसारी छन् भने सचिवमा युवराज श्रेष्ठ छानिए । यस्तै चार सहसचिवमा गोपालबहादुर थापा, देवकी बराल, जमुना सुवेदी र दीनानाथ दवाडी… पुरा पढौ

बर्डफ्लू संकटग्रस्त क्षेत्रमा धमाधम पक्षी मारिँदै

चितवन,  ५ जेठ । जिल्लामा बर्डफ्लू देखिएपछि संकटग्रस्त क्षेत्रमा धमाधम पक्षी मारिएको छ। शनिबार बिहानैबाट २ वटा र्फममा कुखुरा मार्न शुरु गरिए पनि स्थानीयको विरोधपछि केही घण्टा कुखुरा मार्न कार्य रोकिएको थियो। साँझबाट पुनः कुखुरा मार्न शुरु गरिएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा ९ र्सुतनीका २ र्फममा बर्डफ्लू प्रमाणित भएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी घरपालुवा पक्षी मार्न शुरु गरिएको हो।… पुरा पढौ

एमाले र माओवादी अन्ततः एक

काठमाडौं, ३ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता-कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । काठमाडौंमा बिहीवार आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नयाँ पार्टीस्थापना भएको… पुरा पढौ

अन्तरघुलित भयौं : अध्यक्ष ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताएका छन् ।पार्टीको घोषणा समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको बताए । अध्यक्ष ओलीले (एमाले) र (माओवादी केन्द्र)बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताए ।एकता प्रक्रियाको महत्व र… पुरा पढौ

हाइड्रोजन र अक्सिजनझैं मिल्यौं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताएका छन् । पार्टीएकता घोषणा समारोहबारे जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल हो भने । अध्यक्ष दाहालले पार्टीएकताका लागि जनतासंग गरेको संकल्प र प्रतिबद्धता… पुरा पढौ

दाङमा स्वतन्त्र पत्रकार संघ, अध्यक्षमा पोखरेल

लमजुङ, ३ जेठ। दाङमा स्वतन्त्र पत्रकार संघ नेपालको नयाँ शाखा गठन भएको छ। जिल्लाका क्रियाशील स्वतन्त्र पत्रकारको घोराहीमा भएकोे भेलाले साक्षी खबर साप्ताहिकका सम्पादक सुनिलकुमार पोखरेलको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति गठन गरेको हो। समिति उपाध्यक्षमा भुवन गौतम, सचिवमा जितसागर जीएम, कोषाध्यक्षमा अनिलकुमार शर्मा र सहसचिवमा सुशीला वली रहेका छन्। यसैगरी, सदस्यमा बंशीकुमार शर्मा, समीक्षा गाह रहेका छन्। समिति गठनपछि… पुरा पढौ

प्रदेश सञ्चार नीति बन्दै

पोखरा, ३ जेठ । प्रदेश ४ ले प्रदेशस्तरीय सञ्चार नीति तयार गर्ने भएको छ । प्रदेशको कानून मन्त्रालयले नीतिको मस्यौदा तयार गरी छलफल थालेको छ । पूर्ण स्वायत्तताका साथ काम गर्ने गरी प्रदेश सरकारले प्रदेश सञ्चार बोर्ड गठनको गर्ने तयारी गरेको छ । पोखरामा बिहीबार भएको छलफलका सहभागीले सरकारले छुट्टै सञ्चार संस्था चलाउन नहुने बताए । पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले छुट्टै सञ्चारमाध्यम… पुरा पढौ

‘एमाले-माओवादी एकता आज’

काठमाडौं, २ जेठ । लामो कसरतपछि नेकपा एमाले र नेकपा -माओवादी केन्द्र) बीच अन्ततः बिहीबार पार्टीएकता हुने भएको छ । दुर्इ दलको कार्यदलले तयार गरेको यसअघिको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीरहने, मार्क्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ । गत असोज १७ गते चुनावी… पुरा पढौ

प्रदेशमा २० अर्बको बजेट तयारी

पोखरा, २ जेठ । प्रदेश ४ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १६ गते ४ बजे बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले आगामी आव २०७५/०७६ को लागि २० अर्ब रुपैयाँको बजेट ल्याउने निर्णय समेत गरेको छ । प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम सभाको अधिवेशन आहृवान र अन्त्य गरेको सूचना सचिवले प्रदेश राजपत्रमा प्रकाशन गराउने र… पुरा पढौ

आगामी बजेटबारे छलफल

पोखरा, २ जेठ। अर्थ मन्त्रालयका सहसचिव हरिप्रसाद बस्यालले प्रदेश र स्थानीय निकायको जनसंख्या, गरिबी, क्षेत्रफल र सो क्षेत्रबाट उठ्ने राजश्वलाई आधार मान्दै आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजन गरिने बताएका छन्। पोखरामा बुधबार आयोजित आगामी आवको बजेट तथा राजश्व नीति सम्बन्धमा भएको छलफलमा उनले भने, 'अहिले स्थानीय र प्रदेश सरकारबाट स्रोतको माग बढेको छ । स्थानीय निकायमा ९ करोडदेखि प्रदेशमा १… पुरा पढौ