देश र समाज

प्रधानमन्त्रीको चीन भ्रमण सम्बन्ध थप उचाइमा

चीन, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच बुधबार भएको भेटवार्ताले दुर्इ देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बुधबार सम्पन्न दुर्इ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको बताए । मन्त्री ज्ञवालीले भने, "यो भ्रमणको मुख्य उद्देश्य… पुरा पढौ

आज अन्तर्राष्ट्रिय योग दिवस

  काठमाडौँ, ७ असार । ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१ औँ तारिख अर्थात् असार ७ गते बिहीबार देशभर विविध कार्यक्रम गरी चौँथो अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।… पुरा पढौ

योग दिवसमा प्रभातफेरी

पोखरा, ६ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा पोखरामा बुधबार प्रभातफेरी गरियो । पतञ्जली योग समिति, प्रदेश ४ समितिले दिवसको अघिल्लो दिन मानवअधिकारचोक चिप्लेढुंगादेखि न्यूरोड, सभागृहचोकहुँदै सिर्जनाचोकसम्म प्रभातफेरी गरेको हो । समिति अध्यक्ष दीपकराज सिग्देलले विहीबार बिहान ह्वाइटहाउस पार्टीप्यालेसमा निःशुल्क योग कक्षा सञ्चालन गर्ने जनाए । समिति सचिव विश्वमणि तिवारीले कार्यक्रममा सम्पूर्णलाई सहभागिताका लागि अनुरोध गरे। योग विभिन्न विधा माध्यमबाट मानिसको स्वास्थ्यमा… पुरा पढौ

एसओएस दिवसमा सरसफाइ

पोखरा, ६ असार । ३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवस हप्ताव्यापी मनाउनेक्रममा एसओएस बालग्राम नेपालले तनहुँको दुलेगौँडा, जाम्पालिङस्थित लोडिक वृद्घाश्रममा उपहार वितरण तथा सरसफाइ कार्यक्रम गरेको छ । मंगलबार संस्थाका गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो । कार्यक्रममा बालग्रामका कर्मचारीहरु, आमाहरु, बाल क्लब, युवा क्लब पदाधिकारी तथा एसओएस हर्मन माइनर विद्यालय पोखराका स्कूल लिडरहरुको सहभागिता थियो। सोक्रममा वृद्घाश्रमका शौचालयदेखि… पुरा पढौ

ओमको काठमाडौं न्यूरोडमा शाखा विस्तार

पोखरा, ६ असार । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौं न्यूरोडमा शाखा बिस्तार गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गरे। कार्यक्रममा नेपाल आदर्श माध्यामिक विद्यालय न्यूरोडका विद्यार्थीलाई स्टेशनरी प्रदान गरिएको थियो। शाखा उद्घाटन समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष सुशीलकुमार गोशलीले बैंकले जर्मनीको केएफडब्लु बैंकसं'ग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गरेको, ग्राहकलाई निःशुल्क… पुरा पढौ

बजेटजति मन्त्रीका जिल्लामा गएको सांसदको गुनासो

पोखरा, ६ असार । प्रदेश ४ का सांसदहरुले सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । सरकारले सदनमा पेश गरेको विनियोजन विधेयकमाथि छलफल गर्दै उनीहरुले राजधानी र मन्त्रीका जिल्लामा मात्रै बजेट छरिएको गुनासो गरे । काँग्रेस सांसद कृष्णचन्द्र नेपालीले नवलपुर पछाडि पार्ने गरी सरकारको बजेट आएको बताए । 'मन्त्रीका जिल्लामा ५-७ वटासम्म पुलका योजना परेका छन् । ३० वटासम्म सडकका योजना छन्,’ उनले भने, 'नवलपुरमा… पुरा पढौ

प्रधानमन्त्री चीन जाँदै

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा मङ्गलबार बिहान चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी… पुरा पढौ

प्रदेश बजेट आज पास हुँदै

पोखरा, ४ असार । प्रदेश ४ सरकारले प्रस्तुत गरेको आव २०७५/७६ को राजश्व र व्ययको वाषिर्क अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु छलफलमा सोमबार पनि सदस्यले धारणा राख्नेक्रम जारी रह्यो । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेटले गाउँ र नगरपालिकालाई जोड्नका लागि सडकमा प्राथमिकता दिएको बताउँदै आर्थिक वर्षको शुरुमै गाउँगाउँमा विकास निर्माणले गति लिएसँगै बजेटको प्रभावकारिता देखिने उल्लेख गरे । प्रदेशसभा सदस्य ललितकला गुरुङले ग्रामीण क्षेत्रमा… पुरा पढौ

पार्टीअन्तरघात मुक्त बनाउँछु : देउवा

चितवन, ४ असार । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई अन्तरघात मुक्त बनाउने बताएका छन्। नेपाल दलित संघ चितवनले सोमबार भरतपुर आयोजना गरेको प्रदेश ३ को दुर्इदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीलाई अन्तरघातीमुक्त बनाएपछि मात्रै काँग्रेस पुरानै अवस्थामा फर्किने बताए। उनले भने, 'अन्तरघातीलाई सहन सक्ने समय अब छैन।’ आफू काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ हिडेको बताउँदै उनले अन्तरघातीलाई कारबाही… पुरा पढौ

मुहानदेखि चुहानसम्मको खानेपानी शुद्ध हुनुपर्छः जिसी

लेखनाथ, ४ असार। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पानी मुहानदेखि चुहान -धारा) सम्म शुद्ध र खानयोग्य हुनुपर्नेमा जोड दिएका छन् । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १७ औं वाषिर्क साधारण सभाको सोमबार उद्घाटन गर्दै प्रमुख जिसीले सो कुरा बताएका हुन् । उनले उपभोक्ताको घरसम्म शुद्धपानी पुर्‍याउने जिम्मा संस्थाको हो भने घरमा पुगेको शुद्धपानी कस्तो प्रकारले प्रयोग गरी निरोगी… पुरा पढौ