देश र समाज

स्याङ्जा महोत्सव सम्पन्न

स्याङ्जा, ८ फागुन । स्याङ्जा महोत्सव मंगलबार सम्पन्न भएको छ। 'स्याङ्जा महोत्सवको आधार, पर्यटन र कृषि नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने मुल नाराकासाथ स्याङजाको पुतलीबजार १ मालेबगर खेलमैदानमा गत माघ २६ गतेदेखि स्याङ्जा महोत्सव सुरु भएको थियो। समापन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले कृषि र जल क्षेत्रमा प्रचुर संभावना बोकेको स्याङ्जालाई औधोकिरण मार्फत अघि बढाउनु पर्नेमा जोड दिए। सुन्तला, कफी, अदुवाखेती… पुरा पढौ

दुर्घटनाबाट युद्धमा भन्दा वढि धनजनको क्षति

बुटवल, ८ फागुन । नेपाली कांग्रेसका प्रभावसाली नेता तथा पूर्वमन्त्री वालकृष्ण खांणले सवारी दुर्घटनाको क्षति य्द्धको भन्दापनि वढि भएकोले यसको न्यूनिकरणका लागि सामुहिक पहल आवश्यक भएको बताएका छन्। उनले पहिलो तथा दोस्रो विश्वयुद्धमा भन्दा दैनिक वढि मानवीय तथा अन्य क्षति भैरहेको भन्दै यसको न्यूनिकरणका लागि राज्यले तत्काल ध्यान पुर्‍याउनु पर्ने बताए। संसद वैठक शुरु भएपछि यो विषयलाई आफूले सार्वजनिक महत्वको प्रस्तावका… पुरा पढौ

धारापानी माविको हिरक महोत्सव तयारी

हेमजा, ८ फागुन।कास्कीको अन्नपूर्ण गाउँपालिका-३,पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयले आगामि वर्ष हिरक महोत्सव मनाउने भएको छ। विद्यालयले त्यस विषयमा छलफल गर्न शनिवार सरोकारवालाहरुको भेला गरेको थियो। उक्त भेलाले आगामी वर्षभरि नै विभिन्न कार्यक्रम गरी महोत्सव मनाउने निर्ण गरेको छ। भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा महोत्सव मूल आयोजक समिति पनि गठन गरेको छ। सोही भेलाले पूर्व जिविस सभापति पुण्यप्रसाद… पुरा पढौ

यशकुमारी स्मृति पुरस्कारबाट तझ्या पुरस्कृत

पोखरा ५ फागुन।मानवअधिकार पत्रकार संघ हुर्जाद्वारा सञ्चालित प्रदेश ४ स्तरीय यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार शनिवार एक समारोहबीच प्रमिला तझ्यालाई अर्पण गरिएको छ। प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका नि. निर्देशक नीतु गतौर्लाले पुरस्कृत व्यक्तित्वलाई १५ हजार १५, सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गरिन्। गतौर्लाले सामाजिक ससंस्थासँगको सहकार्यले दिदीबहिनीका अवस्थालाई बुझ्न सहज बनाएको बताइन्। सम्मानित व्यक्तित्वका बारेमा… पुरा पढौ

एमाले समर्थनमा माओवादी नेता सभामुख

पोखरा, ३ फागुन। माओवादी नेता नेत्रनाथ अधिकारी नयाँ संरचनाअनुसार प्रदेश नम्बर ४ को पहिलो सभामुखमा निर्वाचित भएका छन्। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र एमाले सांसद किरण गुरुङको समर्थनमा प्रदेशसभाको दोश्रो बैठकले उनलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो। बुधबार अधिकारीले मात्रै सभामुखमा मनोनयन दर्ता गराएका थिए। जेष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ उपदफा ३… पुरा पढौ

ओली दोस्रोपटक प्रधानमन्त्री

[caption id="attachment_59085" align="alignnone" width="690"] gjlgo'Qm k|wfgdGqL cf]nL kbjxfnL ug'{x'Fb}gjlgo'Qm k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL sfof{no l;+xb/af/df laxLaf/ kbjxfnL ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt, /f;;[/caption] काठमाडौं ३ फागुन । निर्वाचन सम्पन्न भएको झण्डै साँढे दुर्इ महिनापछि बाम गठबन्धनका तर्फबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम विहीबार ओलीलाई प्रधानमन्त्री… पुरा पढौ

राष्ट्रपति निर्वाचन फागुन २१ मा

काठमाडौ, ३ फागुन। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ। निर्वाचन आयोगले विहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो। छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले… पुरा पढौ

सिलिङ्गेको रक्तदानमा ३६ युनिट संकलन

लेखनाथ, ३ फागुन । पोखरा लेखनथा महानगरपालिका वडा-२६, कालिकाचोकस्थित सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा राखिएको खुल्ला रक्तदानमा ३६ युनिट रगत संकलन भएको छ। स्थापना दिवसका त्रिदिवसीय कार्यक्रम अन्तरगत दोस्रो दिन राखिएको खुल्ला रक्तदानमा पहिलो रक्तदाता बसुधा भटराईलाई ब्लडब्याग हस्तान्तरण गर्दै जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीले आय आर्जनको साथमा सामाजिक क्षेत्रमासमेत काम गर्दै शेयर सदस्यहरुको… पुरा पढौ

पोले २७ मा कृषि सञ्जाल गठन

लेखनाथ, ३ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का बिभिन्न कृषि पेशामा आवद्ध कृषकहरुलाई संगठित गर्दै १५ सदस्यीय कृषि संञ्जाल गठन गरिएको छ। ब्यवसायिक कृषिलाई प्रबर्द्धन गर्ने उद्देश्यले महानगरको कृषि शाखा अन्तरगत बागवानी  विकास अधिकृत पूर्णबहादुर वानियाँको उपस्थितिमा अर्जुनबाबु आचार्यको संयोजकत्वमा कृषि सञ्जाल गठन गरिएको हो। नवगठित सञ्जालको सह-संयोजकमा इन्दिरा लामिछाने, सचिवमा नारायणप्रसाद राईभाट, सह-सचिवमा मनहरी अधिकारी, कोषाध्यक्षमा शिवमायाँ… पुरा पढौ

लाहाचोकको महाशिवरात्री मेला सकियो

हेमजा, २ फागुन ।'पहिचान माछापुच्छे्र गाउँपालिकाको, जगेर्ना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मूल नाराका साथ माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकस्थित बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समितिको आयोजनामा भएको महाशिवरात्री मेला बुधवारबाट सकिएको छ। समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य बिन्द्रा रानाले धर्म संस्कृति सबैको सम्पति भएको चर्चा गर्दै त्यस्तो धर्म संस्कृतिको जगेर्ना गर्नु सबैको समान दायित्व भएको औल्याइन्। सदस्य रानाले माछापुच्छे्र गाउँपालिका पर्यटन र… पुरा पढौ