देश र समाज

सञ्चार सहकारी नयाँ भवनमा

पोखरा, २४ असार । पोखराको न्युरोडबाट बिगत ७ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको सञ्चार बचत तथा ऋण सहकारी संस्था अत्याधुनिक सेवा सुविधासहित नयाँ भवन सरेको छ । चिप्लेढुङगास्थित न्युरोडमा सहकारीले शुक्रबारबाट सेवा सुरु गरेको हो । अत्याधुनिक सुविधासम्पन्न कार्यालयबाट सेयर सदस्यहरुलाई सेवा प्रदान गर्न सुरु गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए । नयाँ भवनको प्रदेश सांसद प्रभा कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । नयाँ… पुरा पढौ

उपकुलपति डा थापाको पहलमा ९ लाखको अक्षयकोष

पोखरा, २५ असार। तनहुँको शुक्लागण्डकी-३, वनकेवास्थित निर्मल आधारभूत प्राविको सहयोग र आफ्ना गुरुको सम्मानमा निर्मल अक्षयकोष स्थापना गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाको सक्रियतामा करिब ९ लाख रुपैयाँको अक्षयकोष बनाइएको हो। अक्षय कोषका लागि विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शुभचिन्तक तथा शिक्षासेवीले रकम प्रदान गरेका हुन्। सो रकमको ब्याजबाट निजी स्रोतका शिक्षकलाई तलब… पुरा पढौ

इनर ह्वील अन्नपूर्णको पदस्थापना

पोखरा, २५ असार । इनर ह्वील क्लब अफ अन्नपूर्णको नवौं पदस्थापनामा अध्यक्ष मीना आचार्यले वर्ष २०१८/१९ का अध्यक्ष सञ्जीना न्यौपानेलाई अध्यक्ष पद हस्तान्तरण गरेकी छन्। कार्यक्रममा संस्थापक अध्यक्ष सर्सिज पालिखेले वेल तथा हेम्मर र प्रमुख अतिथि इनर हृवील डिष्ट्रिक नेपाल ३५० का अध्यक्ष उषा क्षेत्रीले चार्टर सर्टिफिकेट, कलर माला साथै इनर हृवील पिन प्रदान गरी पदस्थापना गरे। कार्यक्रममा अध्यक्ष मीना आचार्यले… पुरा पढौ

बाबुआमा मृत्युले बच्चाको विचल्ली

पोखरा, २३ असार । 'बाबा-आमा जाने बेलामा राम्रोसँग पढ्नू, पकाएर खानू, भाइलाई माया गर्नू भन्नुभएको थियो,’ १२ वर्षीय विवश र्घर्तीमगरले भने । मुस्ताङ लो घेकर दामोदरकुण्ड गाउँपालिका-३ स्याङ्बोचेमा शुक्रबार टिपर दुर्घटनामा परी विवशका बाबुआमा दुबैको मृत्यु भए पनि उनका आफन्त र छिमेकीले अझै उनलाई मृत्युको खबर सुनाउन सकेका छैनन् । बाबाआमा गुमाएका ती नाबालकलाई भेट्ने र देख्ने जो कोहीलाई यतिखेर निकै चिन्तित बनाएको… पुरा पढौ

मादीको आवधिक योजना प्रतिवेदनमा छलफल

पोखरा, २३ असार। मादी गाउँपालिकाले प्रथम पञ्चवषिर्य आवधिक योजनाको प्रारम्भिक प्रतिवेदनमा छलफल तथा अन्तक्रिर्या गरेको छ। प्रतिवेदनका परामर्शदाताले गाउँपालिकाको १२ वटै वडामा पुगेर भौगोलिक, प्राकृतिक, जनसंख्या, कृषि, शिक्षा स्वास्थ्य, यातायात, धार्मिक लगायत विभिन्न पक्षमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार पारेका हुन् । प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले मादी गाउँपालिका नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै यसको विकास गर्नका निम्ति आफू… पुरा पढौ

गर्भवती र सुत्केरी आमालाई कुखुरा

नवलपरासी, २३ असार। कावासोती नगरपालिकामा ३ सय जना गर्भवती र सुत्केरी महिलालाई कुखुरा वितरण गरिएको छ। कावासोती नगरपालिकामा सञ्चालित सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत कुखुरा वितरण गरिएको हो। नगरपालिकामा ३ सय जना सुनौला हजार दिनका आमाहरुका लागि एक जोडीका दरले कुखुरा वितरण गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम कावासोतीका फोकलपर्सन राजेन्द्रप्रसाद सापाकोटाले बताए। सापकोटाले पशु सेवाअन्तर्गत कुखुरा वितरण गरिएको र शिक्षा शाखाअन्तर्गत विद्यालय,… पुरा पढौ

प्रदेश नाम ‘गण्डकी’ पक्का

पोखरा, २० असार । प्रदेश ४ को नाम 'गण्डकी’ हुने पक्कापक्की भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार बैठक बसेर निर्णय गरेपछि यसबारे पक्काजस्तै भएको हो । आइतबारदेखि लगातार नाम र राजधानीको विषयमा नेकपाबीच बैठक चलेको थियो । राजधानी सर्वसम्मतले पोखरा घोषणा गरे पनि नाम विषयमा भने धेरै विवाद र विरोध थियो । ाविक नेकपा माओवादीका सांसदहरुले पहिचानको मुद्दा अघि सारेपछि एमालेतर्फका सांसदहरु… पुरा पढौ

लेउवा संघको स्थापना दिवस

लेखनाथ, २० असार। लेखनाथ उद्योग वाणिज्य संघले बुधवार विविध कार्यक्रमका साथ आफ्नो २२ औं स्थापना दिवस मनाएको छ। समारोहमा लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिने कृषि उपज खरिद बिक्री केन्द्र शिलान्यास र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनअन्तर्गत कृषि प्रविधि सूचना केन्द्र उद्घाटन गरिएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक समृद्धिको यात्रामा सहभागी हुन उद्योग व्यवसायीलाई आग्रह… पुरा पढौ

आचारसंहितापछिका नियुक्ति खारेज

काठमाडौँ, २० असार। मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय… पुरा पढौ

विद्यालय भर्ना अभियानमा चुनौती

लमजुङ, २० असार । लमजुङमा विद्यालय भर्ना अभियानमा चुनौती देखिएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले आयोजना गरेको विद्यार्थी भर्ना विशेष अभियान- २०७५ को दोस्रो चरणको अन्तक्रिर्यामा जिल्लाका ३ दशमलब २ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर रहेको पाइएको बताइएको हो । जिल्लाका १ देखि १२ वर्ष विद्यालय भर्ना हुने उमेर समूहका बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जिल्ला शिक्षा विकास तथा समन्वय… पुरा पढौ