देश र समाज

‘मान्छे बोक्सी हुन्नमा उपाध्याय

हेमजा, ३ भदौं ।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार हेमजामा सम्पन्न भएको छ। अधिवेशनले पुनः कोविदशरण उपाध्यायको अध्यक्षतामा तीन बर्षे कार्यकालका लागि समिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा गोविन्द पौडेल, उपाध्यक्षमा बिष्णु बास्तोला, महासचिवमा श्रीभद्र पौडेल, सचिवमा रमा त्रिपाठी तथा कोषाध्यक्षमा राधा पौडेल  छन् । सदस्यहरुमा बिष्णुकुमारी श्रेष्ठ, कृष्णकुमारी दवाडी, लालबहादुर गायक, धमेन्द्र… पुरा पढौ

जनकल्याण माविमा सीसी क्यामरा

लमजुङ, ३ भदौ । लमजुङको एक सामुदायिक विद्यालयमा सिसिक्यामाराको निगरानीमा पर्ढाई संचालन गरिएको छ । सदरमुकाम बेसीशहर नगरपालिका-११, चितिस्थित जनकल्याण माध्यमिक विद्यालयमा सीसी टिभीको निगरानीमा पर्ढाई सुरु भएको हो । विद्यालय हातामा जडान गरिएको सीसी क्यामराको गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले उद्घाटन गरे । उनले दवाडीले विद्यालयको निगरानी, पारदर्शीता र शैक्षिक गुणस्तरका लागि सीसी क्यामरा आवश्यक भएको बताए । सीसी क्यामेराको उद्घाटनपछि विद्यार्थीले गर्ने गतिविधि,… पुरा पढौ

पहिरोले १० घर बगायो

नुवाकोट, २ भदौ । बाढीपहिरोले नुवाकोटका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा शुक्रबार राति आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ । सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका-३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

कतै भवन अलपत्र, कतै कुर्ची पाउनै मुश्किल ?

पोखरा, २ भदौ । सरकारले चालु आर्थिक वर्षदेखि जिल्लाका अधिकांश कार्यालयहरु खारेज गर्दै स्थानीय तहमा कमचारी समायोजन गर्‍यो। केही कर्मचारीहरु प्रदेश सरकारको मातहतमा पनि छन्। कास्कीका पशु, स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयका अधिकांश कर्मचारीहरु प्रदेश र स्थानीय तहमा हाजिर हुन थाले। तथ्यांक, घरेलु तथा साना उद्योग, खेलकुद, नगर विकास र भूसंरक्षणका कर्मचारी पनि समायोजनको… पुरा पढौ

सरकारको मनोमानी-जनतालाई करको भारी

पोखरा, ३० साउन। 'अघिल्लो वर्ष सिंहदरबार घरघरै भित्र्याएका सोझा नागरिकहरुलाई के थाहा सिंहको आहारा कति महँगो छ भनेर - सिंहले चाहेर पनि घाँस खान सक्दैन। अब यसको विकल्प हो, कि सिंहलाई जंगलमै छोड्ने, कि खोरभित्र थुनेरै मार्ने। र, अन्तिम विकल्प उसको आहारा घटाउने हो। अहिलेको अवस्थामा अन्तिम विकल्प नै सही होला भन्ने ठानेको छु। सन्दर्भ-स्थानीय सरकारले बढाएका कर !’ पोखरा महानगरपालिकाकी… पुरा पढौ

आकार लिँदै प्रदेश सरकार

पोखरा, ३० साउन। गण्डकी प्रदेश सरकारले जिल्ला तहमा आफू मातहतका कार्यालय खोल्ने अधिकार पाएको छ। आयोजना र कार्यक्रमहरु कार्यान्वयन गराउन सरकारले विभाग, निर्देशनालय र जिल्ला तहमा कार्यालयहरु खोल्ने तयारी गरेको हो। संघीय सरकारले कार्यालय खोल्ने स्वायत्तता दिएपछि प्रदेश सरकार तातेको हो। बुधबार बसेको बैठकले ४ वटा मन्त्रालयका विषयगत कार्यालयहरु खोल्ने निर्णय गरेको हो। 'कार्यालय नहुँदा बजेट कार्यान्वयन नै अन्योलमा परेको… पुरा पढौ

आज नागपञ्चमी

काठमाडौँ, ३० साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व विहीबार परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूयोर्दयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले… पुरा पढौ

प्रदेश सरकारले नै कर्मचारी खटाउने

काठमाडौँ, ३० साउन । अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि प्रदेश तहमा सङ्घ(केन्द्र)ले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 'अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ', उनले भने, 'अनि मुख्यमन्त्रीको कार्यालयले आवश्यक पर्ने ठाउँमा कर्मचारी पठाउँछ ।' मन्त्रालयले… पुरा पढौ

अल्लो प्रशोधन प्रविधिबारे तालिम

पोखरा, ३० साउन । नेपाल इन्नोभेसन टेक्नोलोजी इटरप्रेनयर सेन्टर (नाइटेक)ले नेपालका विभिन्न २० वटा गाउँमा अल्लो प्रशोधन प्रविधि पुर्‍याउने योजना ल्याएको छ। प्राध्यापक अजय थापाको नेतृत्वमा पर्वत घुरुङ्गामा अल्लो प्रशोधन प्रविधि सफल भएपछि गाउँगाउँमा विस्तार गर्न लागिएको हो। पोखरा विश्वविद्यालयका विद्यार्थी सम्मिलित नाइटेक नामक एक संस्थाले यो प्रविधिलाई गाउँ गाउँसम्म पुर्‍याउन लागेको हो। प्रविधि विस्तारका लागि पोखरामा भदौ २ देखि ६… पुरा पढौ

आध्यात्मको विकास जरुरी : मुख्यमन्त्री

लमजुङ, २९ साउन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मको विकास जरुरी रहेको बताएका छन्। उनले करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा दर्शन तथा पुनःनिर्माणको स्थिति अवलोकनका अवसरमा आयोजित कार्यक्रममा त्यस्तो बताएका हुन्। 'आध्यात्मिक भावनाको विकास गर्न सकेमात्र वास्तविक रूपमा समृद्धि हासिल हुन्छ’, उनले भने, 'मानवीय विकासका लागि आध्यात्मको जरुरी छ, भौतिक विकासले मात्र समाज समृद्ध हुँदैन’। प्रदेशमा रहेका धार्मिक क्षेत्रको विकास गरी… पुरा पढौ