देश र समाज

आश्वासनसहित मतदाता फकाउँदै

पोखरा, ३१ भदौ। पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशन मिति नजिकिँदै जाँदा उम्मेदवारले विभिन्न आश्वासन सहित मतदातासमक्ष भोट मागिरहेका छन् । संघमा रवीन्द्रबहादुर प्रजु (रविन्सन) को प्यानल र दामु अधिकारीको प्यानलले आगामी महाधिवेशनमा आफूहरुलाई मतदान गर्न आग्रह गर्दै घरदैलो गरिरहेका हुन् । यसैक्रममा रवीन्द्रबहादुर प्रजूको प्यानलले पोखराको ट्राफिक व्यवस्थापन आफ्नो प्राथमिकता रहेको जनाएको छ । सो प्यानलले पार्किङ र ट्राफिक व्यवस्थापनले… पुरा पढौ

निर्मला हत्याकाण्ड : छानबिन गर्न अधिकारसम्पन्न समिति

काठमाडौँ, ३१ भदौ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वषीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका बेला प्रहरीबारे नै छानबिन गर्न प्रहरी प्रधानकार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उत्तमराज सुवेदी र नीरजबहादुर शाही तथा विभिन्न क्षेत्रका व्यक्ति… पुरा पढौ

मुख्यमन्त्रीको विरोधदेखि बलात्कारको कटाक्ष

पोखरा, ३१ भदौ । गण्डकी प्रदेशको आइतबार बसेको बैठकमा पछिल्ला घटनाक्रमबारे सांसदको गुनासो र प्रश्न छ । सांसदहरुले बलात्कारका घटनादेखि मुख्यमन्त्रीको अभिब्यक्तिसम्मको विरोध गर्न भ्याए । केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीलाई परिचयपत्र दिएर कर लिने कुरालाई बहसमा ल्याउनुपर्ने बताएका थिए । अधिकांशले उनको अभिव्यक्तिलाई स्वागत गरे । तर केहीले भने त्यसको विरोध गरेका छन् । आइतबारको केन्द्रिय संसद र प्रदेश संसदमा पनि सांसदहरुले… पुरा पढौ

दबाबमूलक कार्यक्रम घोषणा

काठमाडौं, ३१ भदौ।नेपाल पत्रकार महासंघले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । महासंघले विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेको छ। महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त… पुरा पढौ

शुक्लागण्डकी महायज्ञको आयव्यय सार्वजनिक

हेमजा, ३१ भदौ। माछापुच्छे्र गाउँपालिका-३, घाचोकस्थित शुक्लागण्डकी माध्यमिक विद्यालयले गत बैशाखमा संचालन गरेको शैक्षिक श्रीमद्भागवत धनधान्याचल महायज्ञको आयव्यय सार्वजनिक गरेको छ। महायज्ञमा १ करोड ५२ लाख ७८ हजार ५५ नगद संकलन, विभिन्न शीर्षकमा २० लाख ७७ हजार २ सय ५८ उठ्न बाँकी तथा विभिन्न भक्तजनहरुले ११ रोपनी ४ आना २ दाम जग्गा दान गरेको सहकोषाध्यक्ष स्थानेश्वर लम्सालले जानकारी दिए। यज्ञ… पुरा पढौ

‘निर्मलाका निम्ति न्याय’ भन्दै प्रदर्शन

पोखरा, ३० भदौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपूरकी १३ वषिर्या बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै पोखरामा शनिवार ‘निर्मलाका निम्ति न्याय’ भन्दै प्रदर्शन गरिएको छ । घटना भएको ५२ दिन बितिसक्दा पनि घटनाको छानबिन र दोषीलाई कारवाहीका लागि सरकार उदाशिन बनेको बिरोधमा कालो कपडा नै लगाएर प्रदर्शन गरिएको हो । प्रदर्शनमा ‘सरकारले देखायो लाचारी, त्यसैले खबरदारी’,  ‘सरकार देखाउँ इच्छा, खै त महिलाई… पुरा पढौ

अलमल्ल प्रदेश सरकार

पोखरा, २८ भदौ । गण्डकी प्रदेश सरकार गठन भएको ६ महिना कट्यो । यो अवधीमा दुइवटा नीति तथा कार्यक्रमसहित दुवै पटक बजेटसमेत बनायो । पहिलो बजेटले विकास निर्माणको काम नै भएन । १ अर्व ३ करोड बजेटमध्ये केही प्रशासनिक क्षेत्रमा खर्च गरेर ६५ लाख हाराहारी पैसा दोश्रो बजेटमा अख्तियारी सारेर ल्याइयो । असार १ गते २४ अर्व २ करोडको बजेट सार्वजनिक गरेको सरकारले तीनमहिनासम्म पैसा खर्च… पुरा पढौ

खैरेनीटारमा धयरे आमा समूह प्रथम

खैरेनीटार, २८ भदौ। तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई समिति, शुक्लागण्डकी नगरपालिका, खैरेनीटारको आयोजनामा खैरेनीटार बजारमा भएको तीज गीत प्रतियोगितामा धयरे आमा समूह प्रथम भएको छ। यस्तै, दोस्रो स्थान राधाकृष्ण संगीनी समूह गगनगौंडा, तेस्रो स्थान दुलेगौंडा बाल समूह र सान्त्वना दिदी बहिनी आमा समूह अकलाले प्राप्त गरेका छन्। प्रतियोगितामा रुपा क्षेत्री दिदीबहिनी समूह खैरेनीटारले उत्कृष्ट नृत्यको उपाधि पाएको छ।… पुरा पढौ

यौनकर्मीलाई कार्ड दिऔं : मुख्यमन्त्री

पोखरा, २६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मी व्यवसायीलाई कार्ड व्यवस्था गर्नुपर्ने नयाँ योजना ल्याएका छन्। लुकीछिपी गर्ने व्यवसायलाई सरकारले करको दायरामा ल्याउन सके थप व्यवस्थित हुने उनको भनाइ छ। ‘रोकौं भने पनि भित्रभित्रै चलिरहेकै छ, त्यो धन्दा। कि रेड एरिया भनेर छुट्याउनुपर्‍यो। नभए कार्ड होल्डर हुनुपर्‍यो,’ उनी भन्छन्, ‘होटलवालालाई समातेर लग्यो पैसा तिर्नुपर्‍यो। अर्कोलाई समातेर लग्यो पैसा तिर्नुपर्‍यो।… पुरा पढौ

आज हरितालिका तीज

काठमाडौ, २७ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बुधबार उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने  तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ। सत्ययुगमा हिमालयपुत्री… पुरा पढौ